टाटा मोटर्स कार्निभल सफलतापूर्वक सम्पन्न
नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि ले हरेक बर्ष आयोजना गर्दै आएको कार मेलालाई यस बर्ष अझ बढि परिमार्जित रुपमा टाटा मोटर्स कार्निभल नाम दिई टाटा मोटर्सको शोरुम थापाथली काठमाण्डौंमा भव्यताका साथ सम्पन्न गरको छ । ग्राहकहरुको बाक्लो उपस्थितिमा उक्त कार्निभल ४ दिन सम्म चलेको थियो ।
 
नेपालमै पहिलो पटक सिप्रदी ट्रेडिङ्ग प्रा.लि ले भव्य एंव सभ्य रुपमा टाटा मोटर्स कार्निभल आयोजना गरेकोे थियो । यस अघि पनि सिप्रदी ट्रेडिङ्ग प्रा.लिले टाटा कार मेलाको आयोजना गर्दे आएको थियो जसको छैठँौ संसकरण सम्म आयोजना सफलतापूर्वक नै सम्पन्न गरिसकेको थियो । टाटा मोटर्स कार्निभल नेपालमा आयोजना हुने सबै भन्दा ठूलो र भब्य कार्यक्रम थियो र जसलाई सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले पूर्णरुपमा सफल समेत गरेको छ । प्रत्येकवर्ष टाटा मोटर्सले आयोजना गर्ने कार्यक्रमबाट टाटा मोटर्सले ग्राहकहरुबाट निकै नै राम्रो प्रतिक्रिया समेत प्राप्त गर्न सफल भएको छ । बिशेष गरी बार्षिक रुपमा आयोजना हुने यस्ता कार्यक्रमहरु ग्राहकहरु र सर्वसाधारण ब्यक्तिहरुका लागि  गाडि हेर्न र किन्नका लागि यो कार्यक्रमको बिशेष प्रतिक्षा रहन्थ्यो, ग्राहकहरु यस अवधिको प्रतिक्षा गरी कम्पनीले प्रदान गर्ने बिभिन्न अफरहरु  र विशेष छुट प्रति आकर्षित भइ लाभ समेत लिएका छन् । 
 
यो कार्यक्रमले सुस्ताइरहेको अटोमोबाइल बजारलाई जाग्रुक बनाइ ग्राहक माझमा एउटा नयाँ हर्ष र उल्लास सहित कार्यक्रम सम्पन्न भएको नेपालका लागि टाटा मोटर्स लिमिटेडका कन्ट्री म्यानेजर अजित नारायण सिंहले बताउनु भयो । उक्त कार्यक्रम मार्फत १००० भन्दा बढि ग्राहकहरुको आगमन भएकोे उहाँले बताउनु भयो ।
 
आजको प्रतिष्पर्धी बजारलाई ध्यानमा राखि बजारमा रहेको भन्दा फरक र आकर्षक छुट, अन्तराष्ट्रिय स्तरका उत्पादन र सेवा उपलब्ध गराई ग्राहकहरुलाई पूर्णरुपमा सन्तुिष्ट र लाभ प्राप्त भएको सिप्रदी र्टेडिङ प्रा.लि का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताउनु भयो  । 
 
उक्त टाटा कार्निभल कार्यक्रममा ग्राहकहरुको उल्लेखिय उपस्थितिले गर्दा नै कार्यक्रम एकदमै सफल भएको कम्पनीको दावी रहेको छ  । उक्त कार्यक्रम मार्फत विभिन्न मोडलका १०३ थान नयाँ गाडी बुकिङ्ग भएको कम्पनीले जनाएको छ । आगामी दिनहरुमा समेत हर्ष र उल्लाशका साथ यस्ता किसिमका कार्यक्रम गर्दै ग्रहकहरुलाई अझ बढि सेवा र सुविधा दिने र ग्राहकहरु सँग अझ नजिक हुने समेत कम्पनीले जनाएको छ ।
 
टाटा मोटर्स कार्निभलमा निम्न अफरहरु समेत रहेको थियो –
- एक भाग्यशाली जोडिलाई यूरोप भ्रमण÷एप्पलको सेट - ३ लाख सम्मको नगद छुट
- १ लाख सम्मको लोएल्टी बोनश
- एक वर्षसम्मको लागि रोड टयाक्समा छुट
- डोर प्राईज एकजनालाई ब्याङकक भ्रमण
- बुकिङ्गमा लक्की ड्र मार्फत एक स्यामसुङ्गको ३२ ईन्च टिभी उपहार,
- परिक्षण ड्राईभमा एक भाग्यशालीलाईलक्की ड्र वाट हुवाईको स्मार्ट फोन ।
- प्रत्येक टेष्ट ड्राईभमा २ जनालाई फिल्मको टिकट 
- प्रत्येक गाडिको डेलिभरीमा आकर्षक उपहारहरु
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001