टाटा मोटर्स कार मेला सिजन– ६ सम्पन्न

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बार्षिक रुपमा आयोजाना गर्दै आइरहेको टाटा मोटर्स कार मेला को सिजन ६, आइतबार बेलुका सम्पन्न भएको छ्र ।

३ हजार भन्दा बढी दर्शकले अबलोकन गरेको सो कार मेलामा अबलोकनाकर्ताहरु टाटाका विभिन्न कारबारे जानकारी लिई टेस्ट ड्राइभ लगायत मनोरन्जनात्मक कार्यक्रम मा सहभागी भएका थिए । आयोजक सिप्रदी ट्रेडिङका अनुसार सो कार मेलामा उपस्थित दर्शकमध्ये ६०० भन्दा बढीले टाटाका विभिन्न मोडलका गाडीको टेस्ट ड्राइभ गरेका थिए ।

जस मध्ये ९८ जनाले बुकिंग गरेका पनि गरेका छन् । ४५० भन्दा बढी दर्शकले एक्सचेन्जका लागि आफ्नो पुरानो गाडीको मुल्यांकन गराएका थिए । कार मेला सिजन ६ का मुख्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, एक्सेंज सुबिधा, अन द स्पट फाइनान्स र बिमा सुबिधा, टेस्ट ड्राइभ लगायत बिभिन्न सांगीतिक एबं मनोरन्जनात्मक कार्यक्रमहरु रहेका थिए ।

पूर्व घोषणा गरिए अनुसार टेस्ट ड्राइभ गरेर लक्की ड्र मार्फत सुमन श्रेष्ठ ले होलिडे प्याकेज पएका छन् । गाडी बुक गरेर भुवन के सी र टिका दत्त पाण्डेले २ वर्षको लागि फ्री सर्विसिङ्गको कुपन पाए, सुनिल कुमार श्रेष्ठ र ट्रान्स सोलुसन्सले ६ महिनाका लागि फ्री इन्धन पाएका छन् ।

साथै संजीभ कुमार शर्मा नेपाल, प्राचिन श्रेष्ठ र सुरेश भुसाल ले फ्री कम्प्रिहेंसिव इन्सुरेन्स हात पार्न सफल भए । राधिका अर्याल दाहाल, सुनिल श्रेष्ठ र सरोज श्रेष्ठ ले क्रमस हिरा को औठी, थाइल्याण्ड टुर र युरोप टुर जित्न सफल भएका छन् । त्यसैगरी भ्यालुएसन गर्नेे ग्राहक मध्ये रोशना आचार्य र सैलेश लामिछाने ले फ्री वासिंग कुपन र फुल ट्यांक इन्धन प्राप्त गरे ।

त्यसैगरी कृष्ण ख्युजु, सुनिल कुमार श्रेष्ठ र शिखर इन्स्योरेन्स ले प्रत्येक दिन बुकिंग गर्ने ग्राहकमध्ये एकलाई दिने भनिएको मोबाइल लक्की ड्र मार्फत जितेका छन् । बिशेष गरी कारका पारखीहरुका लागि लक्षित गरेर आयोजना गरिएको यस कार मेलामा सम्पूर्ण दर्शकहरुका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको थियो । कम्पनि ले आशा गरे बमोजिम मेलामा ३००० भन्दा बढी दर्शकहरुको उत्साहाजनक सहभागिता रह्यो ।

 

Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001