सिप्रदीयन सहायताद्वारा राष्ट्रयव्यापि निशुल्क अटो प्राविधिक प्रशिक्षण कार्यक्रम
४ दिने कार्यक्रममा ८१६ जना अटो प्राविधिकहरुको उल्लेखनीय सहभागिता  
सिप्रदी ट्रेडिङ प्रालि अन्तर्गतको सिप्रदीयन सहायता संस्थाले हालै राष्ट्रव्यापी अटो प्राविधिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । मंसिर १ गतेदेखि ४ गतेसम्म देशभरीका मुख्य मुख्य शहरका अटोमेकानिकहरुलाइ निशुल्क प्रशिक्षण दिइएको थियो। नैकाप, इटहरी, कोहलपुर, नेपालगन्ज, हेटौडा, बनेपा, धरान, सुर्खेत, पर्सा, चितवन, भक्तपुर  दमक, दाङ, पोखरा, धादिङ, बिर्तामोड, भालुवाङ, चनौटा र बुटवल गरि २३ ठाउँहरुमा अटो प्राविधिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नयाँ प्रविधिका गाडीहरुलाई बिना ल्यापटप कसरी चेक गर्ने, गाडीमा आएका समस्याहरु कसरी समाधान गर्ने लगायतका विषयमा सैद्धान्तिक तथा प्राविधिक ज्ञान दिइएको थियो। यसका साथै कार्यक्रममा बि.एस.फोर गाडीहरुमा आएका नयाँ प्रविधि र यसमा आउने समस्या र सहज समाधानका उपायहरुका बारेमा बताइएको थियो र साथै नयाँ गियर बक्स ५५० सम्बन्धि प्रशिक्षण दिइएको थियो ।
उक्त ४ दिने प्रशिक्षणमा देशभरी ८१६ जना अटो प्राविधिकहरुको उल्लेखनीय सहभागिता थियो ।
यस भन्दा अघि पनि सिप्रदी सहायताद्वारा सामाजिक उतरदाईत्व अन्तरगत अटो मेकानिक बन्न ईच्छुक युवाहरुलाई निशुल्क रुपमा ६ महिने तालिम दिदै आएको छ। यो बाहेक सिप्रदी सहायताद्वारा विभिन्न स्कूलहरुमा प्रशिक्षण र विद्यालयको सामग्री वितरण, सरसफाई कार्यक्रम, योग शिविर, स्वास्थ्य शिविर आदि को आयोजना गरेको छ ।  
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001