टाटाको १३ औं च्याम्पियन जोन हेटौंडामा

टाटा मोटर्सले १३ औं च्याम्पियन जोन हेटौंडामा स्थापना गरेको छ । यातायात व्यवसायी उपभोक्ता सहकारी संस्था लि. ले मंगलबार आयोजना गरेको एक कार्यक्रममा टाटा मोटर्सका आईभी प्रमुख जयदीप मटकरले च्याम्पियन जोनको उद्घाटन गरेका हुन् । सहकारीका अध्यक्ष किरण पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा सिप्रद्धी अटो प्रालिका सहायक महाप्रबन्धक युवराज बुढाथोकीले यातायात व्यवसायीलाई टाटा मोटर्सका स्पेयर पार्टस् सहज र सरल रुपमा उपलब्ध गराउन च्याम्पियन जोनको अवधारणा अघि सारेको बताए ।

यस अघि नेपालका बिभिन्न सहरमा १२ वटा च्याम्पियन जोन स्थापना भइसकेको र यसै आर्थिक बर्षभित्र नेपालमा ३० वटा स्थापना गर्ने योजना रहेको बुढाथोकीले जानकारी दिए । सहकारी संस्थाबाट दैनिक १८ घण्टा यातायात व्यवसायीले गुणस्तरीय स्पेयर पार्टस् सहज रुपमा खरिद गर्न सक्ने व्यवस्था मिलाइएको बताइएको छ । कार्यक्रममा नारयणी यातायात व्यवसायी संघका पूर्बअध्यक्ष गोकर्ण पराजुलीले अटो हवको रुपमा रहेको हेटौंडामा ८० प्रतिशत टाटा कम्पनीका सवारीसाधन चलिरहेको भएपनि स्पेयर पार्टस् सहज रुपमा उपलब्ध हुन नसकेको बताए ।

सहकारीले एक दसकदेखि यातायात व्यवसायीलाई मिसावटरहित पेट्रोलियम, गुणस्तरीय मोटर पार्टस् उपलब्ध गराउँदै आएको बताए । सहकारीले वार्षिक २ करोड ५० लाख रुपैयाँभन्दा बढीको मोटर पार्टस् बिक्री गरिरहेको सहकारीका अध्यक्ष पौडेलले बताए । नेपालमा ६ सय भन्दा बढी मोटरपार्टस् बिक्रेता र २ हजार भन्दा बढी टाटा कम्पनीका सवारीसाधन मर्मत गर्ने मेकानिक्स छन् । कार्यक्रममा सिप्रद्धीले टाटा गुरु गणेश बानियाँ, रमेश थिङ र बाबु स्याङ्तानलाई उपहार सहित सम्मान गरेको थियो । 

 

 

 

Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001