नेपाल टिपर तथा ट्रक व्यवसायी संघको अनलाईन मार्फत BSIV र BSVI सम्बन्धी टाटा गाडीको तालिम
सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र टाटा मोटर्सको आयोजनामा नेपाल टिपर तथा ट्रक व्यवसायी संघ, कलंकी काठमाडौंमा आवद्द आफ्ना ग्राहकहरुलाई BSIV र BSVI सम्बन्धी तालिम अनलाईन मार्फत गराएको छ । उक्त तालिममा संघका विभिन्न ग्राहकहरु गरेर १५ जनाको सहभागितामा रहेको थियो । टेक्नोलोजीका गाडीहरुमा के कस्ता नयाँ टेक्नोलोजी भित्रिएका छन् , गाडीका नयाँ प्रविधीलाई कसरी सहजीकरण गर्ने र यसका फाईदाहरु के के छन् भन्ने विषयमा तालिममा छलफल गरिएको थियो । आगामी दिनमा यस किसिमका महत्वपूर्ण तालिमहरु आफ्ना चालक तथा सहचालकलाई पनि दिनुपर्ने कुरा उक्त तालिममा व्यवसायीहरुले राख्नुभयो ।
 
सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र टाटा मोटर्स नेपालका ग्राहक सेवा महाप्रबन्धक श्री सामदेन लामाले अबको युग भनेको नविनतम प्रविधीको युग भएको र आउने दिनहरुमा आफ्ना ग्राहकहरुलाई विश्वस्तरिय प्रविधीको साथ निरन्तर उच्चस्तरिय सेवा दिने बारेमा विश्वास दिलाउनुभयो । 
 
उक्त तालिममा नेपाल टिपर ट्रक व्यवसायी समिती, कलंकीका अध्यक्ष श्री राम कुमार चापागाइ पनि सहभागी हुनुहुन्थ्यो र यसरी अनलाइन मार्फत ग्राहक, व्यवसायी तथा देशभित्र विभिन्न प्राबिधिकहरुलाई दिईरहनु भएको BSVI तालिमका लागि धन्यवाद दिनुभयो ।
 
यो तालिममा BSIV गाडीहरुको प्राविधिक तथा सैद्धान्तिक ज्ञान विस्तृत रुपमा दिएको थियो भने निकट भविष्यमा आइरहेका BSVI गाडीहरुको भने परिचित कार्यक्रम रहेको थियो ।  
 
यसका साथै सिप्रदीले सरकारद्वारा जारी गरिएको लकडाउनको नियम पालना गर्दै आकस्मित सेवा प्रदान गर्दै आएका सवारी साधनहरुको लागि २४सै घण्टा सेवा दिइरहेको छ । केही परि आएको अवस्थामा १६६००१५५७७७ NTC वा ९८०१५७५७७७ NCELL मा सम्पर्क गरेर २५ स्थानबाट सेवाका लागि परिचालित कम्पनीको डेडिकेटेड अधिकारीहरूलाई फोन सम्पर्क गर्न सक्नुहुन्छ ।
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001