सिप्रदीद्वारा ६० हाईवे टेक्निसियनहरुलाई ३ हप्ते विशेष तालिम
25 June 2021
विशेष तालिम अन्तर्गत टाटा मोटर्सका नयाँ प्रविधि र गाडी मर्मत सम्बन्धि थप प्राविधिक जानकारी लिन चाहनुहुने च्यानल पार्टनरहरुलाई समावेश गरिएको थियो ।
सिप्रदी ट्रेनिङ्ग सेन्टरले लकडाउनको समयमा ६० हाईवे (टेक्निसियन) च्यानल पार्टनरहरुलाई ३ हप्ते विशेष तालिम सम्पन्न गरेको छ । टाटा गाडीमा आएका नयाँ प्रविधि, विशेषतः बि.एस.फोर, एस.सि.आर र ए.बि.एस सम्बन्धित विषयहरु यस तालिममा समावेश गरिएको थियो । कार्यक्रममा टाटा गाडीको बारेमा नयाँ जानकारी लिन चाहनु हुने र गाडी मर्मत सम्बन्धि थप प्राविधिक जानकारी लिन चाहनुहुने राजमार्गका च्यानल पार्टनरहरुलाई लक्षित गरी संचालन गरियो ।
यस असहज परिस्थितिलाई ध्यानमा राख्दै सिप्रदीले यो तालिम अनलाईन प्राविधिक माइक्रोसफ्ट टिम्स मार्फत संचालन गरेको थियो ।
कम्पनीले जनाएको अनुसार तालिममा सबै च्यानल पार्टनरहरुको उत्साहजनक सहभागिता थियो र आगामी दिनहरुमा पनि सिप्रदीले गाडीहरुमा आउने नयाँ प्रविधिहरुलाई ध्यानमा राखेर टेक्निसियनहरुको सिप वृद्धिमा काम गर्दै जाने प्रतिबद्धता जनाएकोे छ ।
यसका साथै कुनै पनि ठाउँमा गाडीको मेक्यानिकल तथा ईलेक्ट्रिकल सम्बन्धी तालिम, गाडी मर्मत, पार्टपुर्जा, ईन्जिन आयल वा ब्याट्री सम्बन्धि तालिम चाहिएमा, सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ (NTC) वा ९८०१५७५७७७ (NCELL) मा सम्पर्क गर्न सक्नु हुन्छ ।