BSIV र BSVI सम्बन्धी टाटा गाडीको तालिम सम्पन्न

टाटा मोटर्सको नेपालको लागि एक मात्र अधिकारक बिक्रेता सिप्रदी टेडिङ्ग प्रा. लि.ले आफ्ना कर्मचारीहरुको लागि अनलाईन मार्फत तालिम कार्यक्रम सञ्चालन गरियो ।

उक्त BSIV र BSVI सम्बन्धी तालिम टाटा मोटर्स नेपाल र टाटा मोटर्स भुटान गरेर ५६ कर्मचारीहरुको सहभागितामा रहेको थियो । यस तालिमलाई अन्तर्रा्ष्ट्रिय ट्रेनर तथा (Cummins Engine India) कमिन्स इन्जिनका विज्ञ श्री श्रीनिवास सिंहले टाटा मोटर्सको सहयोगमा भारतबाट संचालन गर्नु भएको थियो । सो तालिम माइक्रोसफ्टको टीम्स भन्ने एपको प्रयोगबाट भएको थियो ।
 
यो दुइ दिने तालिममा BSIV को गाडीहरुको प्राविधिक तथा सैद्धान्तिक ज्ञान विस्तृत रुपमा दिएको थियो भने निकट भविष्यमा आइरहेका BSVI गाडीहरुको भने परिचित कार्यक्रम रहेको थियो । यस अटो प्राविधिक प्रशिक्षण कार्यक्रममा ग्राहक सेवा विभागमा कार्यरत आधिकारिक सर्भिस सेन्टर र वर्कशपमा संलग्न प्राविधिकहरुले सहभागिता जनाउनु भएको थियो ।
 
छोटो सन्देश दिदैं सिप्रदी टाटा मोटर्स कमर्शियल गाडीका ग्राहक सेवा प्रमुख साम्देन लामाले भन्नुभयो,
“टाटा मोटर्सलाई धेरै धन्यवाद दिन चाहन्छु । म लगायत मेरो सम्पूर्ण टिमलाई यो लकडाउनको बेलामा समयको सदुपयोग हुनुको साथ साथ अब आउने प्रबिधीको बारेमा महत्वपूर्ण जानकारीहरु पनि प्राप्त भयो । ”
 
यसका साथै सिप्रदीले हालै सरकारद्वारा जारी गरिएको लकडाउनको नियम पालना गर्दै आकस्मित सेवा प्रदान गर्दै आएका सवारी साधनहरुको लागि २४सै घण्टा सेवा दिइरहेको छ । हालसम्म १६० आकस्मिक स्वास्थ्य सेवा तथा सुरक्षामा खटिएका सवारीसाधनहरु सेवा दिइ सकेको कम्पनीले जनाएको छ ।
 
केही परि आएको अवस्थामा १६६००१५५७७७ (NTC) वा ९८०१५७५७७७ (NCELL) मा सम्पर्क गरेर २५ स्थानबाट सेवाका लागि परिचालित कम्पनीको डेडिकेटेड अधिकारीहरूलाई फोन सम्पर्क गर्न सक्नु हुन्छ ।
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001