टाटाको नयाँ ‘विंगर मिनीबस’ नेपालमा

टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङले “विंगर मिनिबस“ सार्वजनिक गरेको छ । नेपालमा बढ्दो टुर र ट्राभललाई लक्षित गरेर नयाँ उत्पादन ल्याइएको सिप्रदीले जानकारी दिएको छ।

सार्वजनिक समारोहमा बोल्दै सिप्रदीका प्रमुख कार्यकारी राजनबाबु श्रेष्ठले नेपालमा आकर्षक मूल्यमा विकसित विशेषतासहित टाटा विंगर मिनिबसलाई परिचित गराउन पाउँदा खुसी भएको बताए। यी बसहरू साँघुरो सडकमा आरामदायी यात्राका लागि बढ्दो मागलाई सम्बोधन गर्न सफल हुने उनको विश्वास रहेको छ।

रूट एप्लिकेसन र टुर र ट्राभल्स खण्डका लागि विशेष रूपमा विकास गरिएको विंगर मिनिबसले यात्रुहरूका लागि आराम र अपरेटरका लागि किफायती भएको कम्पनीको दावी छ। ५४५८ मिमी लामो छ र १५ इन्चको ह्विल क्याप, ग्राउन्ड क्लियरेन्स १८० मिमी दिने यो बसको मूल्य ३० लाख ८० हजारदेखि शुरु हुने कम्पनीले जानकारी दिएको छ।

विंगर मिनिबस काठमाडौं, इटहरी र बुटवल गरी तिन वटा बजारमा चरणवद्ध रूपमा सार्वजनिक गरेको छ ।

 

Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001