टाटा मोटर्स प्रस्तुत गर्दछ नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड अनुरुप बनेको नयाँ विंगर एम्बुलेन्स

AIS 125 र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड अनुसार नेपालको एक मात्र एम्बुलेन्स

लाइफ सपोर्टका आधारमा ३ वर्गहरुमा उपलब्ध छन्

क्याटगोरी  सी (कमन लाइफ सपोर्ट),  Category C (Common Life Support)
क्याटगोरी बि  (बेसिक लाइफ सपोर्ट), Category B (Basic Life Support)

क्याटगोरी-ए (एड्भान्स लाइफ सपोर्ट), Category A (Advanced Life Support)

२.२ लिटर DiCOR BSIV Engine द्वारा संचालित, Flat Torque को अतुलनीय प्रदर्शन र ईन्धन दक्षता सुनिश्चित रहेको

विश्वको अग्रणी अटोमोबाइल ब्रान्ड टाटा मोटर्सले विंगर एम्बुलेन्स नेपाली बजारमा ल्याएको छ, जसको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. रहेको छ । टाटा विंगर एम्बुलेन्स, यस्तो पहिलो एम्बुलेन्स हो जुन पूर्ण रूपमा AIS 125 र नेपाल सरकार स्वास्थ्य र जनसंख्या मन्त्रालयको मान्यता अनुरुप बनेको छ र जसले बिरामीहरूको सुरक्षा र सुविधाको लागि उच्च मापदण्डहरू पनि पूरा गरेको छ ।

विंगर एम्बुलेन्स बिरामीको सुरक्षा र देखभालका लागि उत्तम सहयोगीको रूपमा डिजाइन गरिएको छ र यो तीन भिन्न वर्गहरूमा उपलब्ध छ: क्याटगोरी - सी (कमन लाइफ सपोर्ट), क्याटगोरी - बि  (बेसिक लाइफ सपोर्ट) / क्याटगोरी-ए (एड्भान्स लाइफ सपोर्ट)

क्याटगोरी-सी:

दुई AC र a stretcher-cum-bed सहित यसमा सहयोगीहरूको लागि बस्ने ठाउँ पर्याप्त हुनेछ ।

क्याटगोरी-बि:

त्यसबाहेक, ECG Monitor र Oxygen Monitor, CPR Board, Catheterization Sets, Splints र OB Kit, Manual Suction Set, Nebulizer Set र अन्य धेरै सुविधाहरू यसमा रहेको छ ।

क्याटगोरी-ए:

यात्रा गर्दा ventilator जस्तो अति आवश्यक सुविधाको साथसाथै यसमा Automated External Defibrillator (AED), chest drainage tubes, hemostatic sets जस्ता अन्य सुविधाहरु पनि उपलब्ध हुनेछन् ।

टाटा विंगर एम्बुलेन्स अन्तर्गत क्याटगोरी ए र बि मा ३४८८ mm wheelbase BSIV Platform मा आधारित स्वचालित स्ट्रेचर र बिरामीको लागि ड्राइभर क्याबिनबाट छुट्टै Isolated Patient Compartment रहेको छ जसमा बिरामी हेरचाह गर्न चाहिने पर्याप्त ठाउँ सुनिश्चित गरिएको छ ।

यस २.२ लिटर DiCOR इन्जिनसँग Flat Torque Curve जडान गरिएको छ जसले एक समान गति प्रदान गर्दछ र बारम्बार शिफ्ट डाउनको आवश्यकतालाई बेवास्ता गर्दै, ईन्धन दक्षता बढाउँदछ । McPherson Strut Independent Front Suspension मा भएको Anti-Roll Bars, Hydraulic Shock Absorbers र Radial Tyre हरुमा भएको सेटअपले बिरामीहरुका लागि सुविधायुक्त यात्रा मात्र प्रदान नगरी ड्राइभरहरुलाई समेत एकदम सहज बनाउँदछ।

३ वर्ष वा ३ लाख किलोमिटर(जुन पहिला हुन्छ त्यही)को वारेन्टी प्रदान गर्ने टाटा विंगर एम्बुलेन्स अरुभन्दा भरपर्दो र विश्वाशिलो छ । टाटा को अन्य सवारीहरु जस्तै यो विंगर पनि सिप्रदी ट्रेडिंगको ३२ ओटा बिक्रेता टचपोइन्ट्समा उपलब्ध हुनेछ ।

यसबारेमा कुरा गर्दै टाटा मोटर्सको कमर्सियल सवारीका अन्तर्राष्ट्रिय व्यापारका प्रमुख रुद्ररूप मैत्र भन्छन्, “टाटा मोटर्सलाई नेपाली मनले निक्कै मायाको साथ स्वीकारेका छन् र त्यसैले टाटा मोटर्स नयाँ मोडल र विविध किसिमका सवारीहरु नेपालमा भित्र्याउने चाहना राख्दछ। अनि यो टाटा विंगर एम्बुलेन्स मार्फत टाटा मोटर्सले नेपालमै पहिलो पटक सबै सुविधाले युक्त AIS125 र नेपाल सरकार स्वास्थ्य र जनसंख्या मन्त्रालयको मापदण्ड अनुरुप एम्बुलेन्स ल्याएको छ । यो लाइफ सपोर्टको आधारमा ३ वर्गहरूमा उपलब्ध छ, क्याटगोरी  सी (कमन लाइफ सपोर्ट), क्याटगोरी बि  (बेसिक लाइफ सपोर्ट) / क्याटगोरी-ए (एड्भान्स लाइफ सपोर्ट) मा उपलब्ध छ । नयाँ विशेष विशेषताहरु अनि नेपालको सडक यात्रालाई सुहाउदो हुनेगरी तयार भएको यो एम्बुलेन्सले नेपालमा नयाँ सम्भावनाहरु लिएर आउँनेमा म विश्वस्त छु। हामीलाई विश्वास छ कि सिप्रदी ट्रेडिङ्ग प्रा ली ले कैयौं दशकदेखि  हाम्रा अन्य सवारीहरुलाई दिएको साथ र उत्साह जसरी नै यो एम्बुलेन्सको बिक्रि गराउनको लागि हामीलाई सहयोग गर्नेछ । त्यसबाहेक, हामीलाई यो पनि विश्वास छ कि टाटा विंगर को यो एम्बुलेन्सले नेपालको सेवा र यहाँको स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रमुख भूमिका खेल्नेछ।”

त्यसैगरि, टाटा विंगर एम्बुलेन्सको कुरा गर्दा सिप्रदी ट्रेडिङ्ग प्रा ली का सीइओ राजन बाबु श्रेष्ठ भन्नु हुन्छ, ”अहिलेको अवस्थालाई हेर्ने हो भने हामी सबैले आफ्नो स्वास्थ्य र समृद्धिको चाहना राखेका छौं । टाटा मोटर्ससँगको साझेदारी र सामाजिक दायित्व बोकेको एउटा कम्पनी भएको हिसाबले हामीले समग्रमा समाजको कल्याण हुने सवारी साधनहरु प्रस्तुत गर्नमा सधैँ प्रतिबद्दता देखाएका छौं । त्यही हौशलाको साथ हामीले तपाईंहरु माझ टाटा विंगर एम्बुलेन्स ल्याएका छौं र हामीलाई विश्वास छ कि यो एम्बुलेन्स “नेपालको औपचारिक सेवाको लागि विशेष” भएर प्रस्तुत हुनेछ। टाटा विंगरको स्कुल सवारी, सार्वजनिक सवारी र पर्यटन क्षेत्रको सवारीको सफलताले विंगर नेपालमा एउटा चिरपरिचित र स्थापित सवारी भएको छ। हामीलाई विश्वास छ कि यो एम्बुलेन्स हाम्रो स्वास्थ्य क्षेत्रको लागि अत्यन्तै लाभकारी सावित हुनेछ । नेपाल सरकारको अनुसार एम्बुलेन्स जस्ता आकस्मिक सवारीहरुमा भन्सार छुट हुन्छ । असल उद्देश्य लिएर निर्माण भएको यो उत्कृष्ट सवारी तपाईंहरु माझ पुर्याउने माध्यम हामी हुन पाउँदा हामी निक्कै खुशी छौं ।”

 

Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001