नयाँ टाटा सफारी अब नेपालमा
टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले नेपालमा प्रमुख प्रिमियम एसयूभी नयाँ टाटा सफारीको आजदेखि नेपाली अटो बजारमा सार्वजनिक गरेको छ । यस नयाँ टाटा सफारीको शुरुवाती मूल्य ८१ लाख ९९ हजार रहेको छ । ७ सिट क्षमताको यस गाडी आरामदायी, उत्कृष्ट कार्यक्षमता र शानको बेजोड सम्मिश्रण हो । आधुनिक युगका शक्तिशालि एवं आकर्षक एसयूभी रुचाउने ग्राहकहरुलाई नयाँ सफारीले आकर्षित गर्ने कम्पनीले जनाएको छ ।
 
 
साहसिक व्यक्तित्व ( एडभेन्चर पर्सोना ) झलक दिने नयाँ सफारीको डिजाईन ग्राहकहरुको ईच्छा र आकांक्षा अनुरुप आकर्षक, बलियो र “स्पोर्टी” रहेको छ । “ट्रोपिकल मिस्ट” रंग स्किममा उपलब्ध नयाँ सफारी भारतका विविध प्रकारका भू–भागमा प्रशस्त पाइने वनस्पतिहरुको सौन्दर्यबाट प्रभावित/प्रेरित छ । नेपाल पनि यस्तै वनस्पतिहरुले भरिपुर्ण भएकोले नयाँ सफारी यहाँको लागि पनि अत्यन्त सुहाउदो रहेको छ । 
 
 
सिप्रदीको नेपालभर रहेका टाटा मोटर्सका  शो–रुमहरु मार्फत नयाँ सफारी अवलोकन तथा टेस्ट ड्राइभको लागि उपलब्ध रहेको छ ।
 
 
नयाँ टाटा सफारीको नेपालमा विक्री वितरण बारे टाटा मोटर्सका प्यासेन्जर भेहिकल इन्टरनेशनल विजनेसका प्रमूख मायांक बाल्डी भन्नुहुन्छ, “हामी नेपाली बजारमा प्रिमियम फ्लैगशिप एसयूभी नयाँ सफारीको विक्री वितरण गर्न पाउँदा अत्यन्त हर्षित भएका छौं । उत्कृष्ट डिजाइन, सुरक्षित र आरामदायी टाटा “फरेभर रेञ्जका” गाडीहरुको तीन आधार स्तम्भहरु हुन् र यी आधार स्तम्भहरु हाम्रो दृढ प्रतिवद्धताको उपज हो । (OMEGARC) ओमेगा आर्किटेक्चरमा तयार पारिएको यस गाडीको डिजाईन कार्य क्षमताको दृष्टिकोणले उत्कृष्ट छ भने यसमा प्रख्यात जेएलआर (JLR) पेडिग्री जस्तो उच्च कोटीको प्राविधिक गुणहरुको प्रयोग गरिएको छ । यसैगरी, आकर्षक डिजाइन भएको यस गाडीका अन्य विशेषताहरु पनि सर्वोत्कृष्ट रहेका छन् । नयाँ टाटा सफारीले अत्यन्त द्रुत गतिमा अगाडि बढिरहेको एसयूभी बजारमा टाटा ब्रान्डको छविलाई अझै नँया उचाइमा पुर्याउनेछ । भारतमा ६ महिना भन्दा पनि कम अवधिमा नै १०,००० वटा भन्दा बढी नयाँ टाटा सफारीको उत्पादन भैसकेको छ । ग्राहकहरुको टाटा प्रतिको यस्तो अटुट माया र विश्वासबाट हामी धेरै खुसी र उत्साहित छौं । नेपाली बजारमा पनि ग्राहकहरुको अगाध माया र प्रशंसा प्राप्त गर्ने हाम्रो आशा र चाहना छ ।”
 
 
त्यसैगरी, सिप्रदी ट्रेडिङ्गका प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरी भन्नुहुन्छ, “नेपालमा नयाँ सफारीको आगमन टाटासंगको सिप्रदीको व्यापारिक साझेदारीमा एक अर्को कोशे ढुंगा हो । नेपाली ग्राहकहरुको बदलिंदो आकांक्षा एवं जीवनशैलीसंग मेल खाने यस गाडीले नेपालमा एसयूभी प्रयोगलाई वृद्धि गर्ने हामीले आशा राखेका छौं । यस वर्षको चाडपर्व पूर्व नयाँ सफारी जस्तो उच्चतम विशेषता भएको “आइकोनिक” ब्राण्ड नेपाली ग्राहकवर्ग सामु प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित छौं ।”
 
 
“ग्राहकहरुलाई उत्कृष्ट भन्दा उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो उद्देश्य अनुसार नयाँ सफारीलाई ललितपुर शहरको मुटुमा अवस्थित लबिम मलको विशेष “एक्स्पीरिएन्स जोनमा” पनि डिस्प्ले गरिनेछ । यस जोनमा टाटा मोटर्सका ग्राहकहरुले “प्रिभिलेज पार्किङ्ग” सुबिधा मात्र नभई आफुलाई मनपर्ने ताजा कफीको स्वादसंगै टाटा मोटर्सका सेवा र उत्पादनहरुबारे विस्तृत जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।”
 
 
आफ्ना ग्राहकहरुलाई आराम र सुरक्षाको साथै उत्कृष्ट कार्य क्षमता प्रदान गर्न टाटा सफारीको डिजाइन र इन्जिनियरिङ्ग गरिएको हो । २.० लिटरको टर्बोचार्जड् काइरोटेक इन्जिन भएको यस गाडीमा शहरको बाटो, एक्सप्रेस वे वा विकट क्षेत्रका कच्ची सडकहरुमा नँया र रोमान्चकारी अनुभवका साथ् यात्रा गर्न सकिन्छ । २७४१ मिलिमिटर चौडा व्हिलबेस, म्याजिस्टिक प्यानोरोमिक सन् रुफ, यासवुड फिनिस्ड् ड्यासबोर्ड सहित ओइस्तर सेतो रंग भएको भित्री भाग र अत्याधुनिक ८.८ इन्चको फ्लोटिङ आईज्ल्यान्ड इन्फोटेन्मेन्ट सिस्टम जडित नयाँ टाटा सफारी नेपाली ग्राहकहरुको लागि एक पूर्ण र प्रशंसायोग्य प्याकेज हुनेछ ।
 
  
सफारीको नयाँ अवतारमा टाटा मोटर्सले  ओएमइजीएआरसी अन्तर्गत इम्प्याक्ट २.० डिजाईन ल्यांग्वेजमा आधारित रहि ल्याण्ड रोभरको प्रख्यात डि ८ प्ल्याटफर्ममा निर्माण गरेको हो । 
 
 
उत्कृष्ट सुरक्षाको लागि उन्नत इएसपी र बोस मोड जस्ता विशेषताहरु पनि यस ६/७ सिट क्षमताको गाडीमा पाइन्छ । यो कारणले नयाँ सफारी द्रुत गतिमा विकास भइरहेको नेपाली अटोमोबाइल बजारको लागि अत्यन्त उपयोगी छ ।
 
 
निलो , सेतो र खरानी रंगमा पाइने यस एसयूभीको एक्सइ देखि एक्सजेटए+ सम्म ९ वटा मोडेलहरु छन् । भारतमा गत वर्ष देखि मात्र विक्री वितरण थालनी गरिएको यस गाडीले छोटो समयमै ग्राहकहरुको मन र मस्तिष्कमा अमिट छाप छोडिसकेको छ । भारतीय एसयूभी बजारमा १८ प्रतिशत अंश ओगट्न सफल नयाँ सफारी आज त्यहाँको सबैभन्दा बढी विक्री हुने एसयूभी मध्ये एक हो ।
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001