सिप्रदीकाे टाटा प्राेटेक्ट कार्यक्रम : विभिन्न सेवा सुविधाहरु अब एकै ठाउँमा
टाटा मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ३७ वर्षदेखि नेपालमा टाटा मोटर्सका गाडी बेच्दै आएको छ ।
 
अहिले नै सडकमा हेर्ने हो भने ८५ हजारभन्दा बढीको संख्यामा टाटाका गाडी गुडिरहेको देख्न सकिन्छ । कमर्सियल भेइकलको कुरा गर्दा टाटाले कमर्सियल सेगमेन्टमा विश्वकै ठूलो कम्पनीका रुपमा आफूलाई स्थापित गरिसकेको कम्पनीको दावी छ । टाटाले अहिलेसम्म कमर्सियल भेइकल नै एक लाखभन्दा बढी बेचिसकेको कम्पनीले जनाएको छ ।
 
अटोमोबाइल्स क्षेत्रमा आबद्ध कम्पनीहरुको दायित्व गाडी बेच्नु मात्रनभएकोले बिक्रिपछिको सेवालाई ध्यानमा राखेर सिप्रदी अघि बढीरहेको छ । सिप्रदीले आफ्ना ग्राहकलाई दिने विभिन्न सेवा सुविधाहरु अब एकै साथ पाउन सकिने व्यवस्था गरेको छ जसलाई टाटा प्रोटेक्ट भनिन्छ । यसैबारे उज्यालो सहकर्मि मल्लिकाथापाले सिप्रदीको कमर्सियल भेहिकल, मार्केटिङतर्फका डेप्युटी म्यानेजर विकास ढकालसँग कुराकानीगर्नुभएको छ ।
 
टाटा प्रोटेक्ट भनेको के हो ?
 
टाटा प्रोटेक्ट विभिन्नसेवाहरु समावेश भएको एकप्याकेज कार्यक्रमहो जसले टाटा कमर्शियल गाडीका ग्राहकहरुलाई पूर्ण सुरक्षाको प्रत्याभूतिप्रदान गर्छ ।
 
ग्राहकहरुलाई गाडी किन्नुभन्दा पहिले कुन प्रयोजनको लागि गाडी किन्न लागेको र कुन गाडी किन्दा उपयुक्त हुन्छ भनेर सही परामर्श दिने , गाडी किन्दा फाइनान्स, बीमालगायतको सहज व्यवस्था मिलाइदिने र गाडी खरिदपछि गाडीको सर्भिस तथा मर्मतको ग्यारेन्टी गर्नु लगायतका कार्यक्रम टाटा प्रोटेक्ट अन्तर्गत पर्दछन् ।
 
टाटा प्रोटेक्टकार्यक्रम टाटा कमर्शियल गाडीका ग्राहकले एकचोटी गाडी किनेपछि जीवनभरी निःशुल्कपाउने सुविधाहो ।
 
टाटा प्रोटेक्ट कार्यक्रमको मुख्य उदेश्यके हो ?
 
ग्राहकहरुलाई झन्झटबिना नै छिटो , छरिटो र  गुणस्तरीय सेवा दिनु टाटा प्रोटेक्टको मुख्य उद्देश्य हो । गाडीको ब्रेकडाउन टाइम कम गर्ने, गाडी सञ्चालन खर्चलाई कम गरी ग्राहकको आम्दानी तथा मुनाफा वृद्धि गर्ने पनि टाटा प्रोटेक्टको उद्देश्य हो । टाटा कमर्सियल गाडीका ग्राहकलाई एउटै छाताभित्र विभिन्न कार्यक्रमको सुविधा उपलब्ध गराउनु नै टाटा प्रोटेक्ट हो ।
 
यस कार्यक्रमअन्तर्गत कस्ता – कस्ता खालका सेवा सुविधा पर्दछन् ?
 
कमर्सियल अथवा व्यवसायिक प्रयोजनका लागि प्रयोग गर्ने गाडीका ग्राहकहरुको मुख्य आवश्यकता भनेको छिटो तथा गुणस्तरीय सेवा, कम सञ्चालन खर्च, कम्पनीसँग सहज सम्पर्कका माध्यमहरु; यी चारवटा कुराको समायोजन नै टाटा प्रोटेक्ट हो ।
 
ग्राहकहरुलाई सरल तथा छिटो सेवा दिन सिप्रदीको नेपालभर विस्तारित सर्भिस सेन्टर तथा स्पेयर पार्टस् आउटलेटहरु छन् ।त्यसैगरी सिप्रदी एक्सप्रेस सेवामार्फत ४८ घण्टाभित्र गाडी नबनेमा प्रत्येक दिन ११ सय रुपैयाँका दरले क्षतिपूर्ति प्रदान गरिन्छ ।
 
यस्तै सञ्जीवनी योजनाअन्तर्गत कम खर्चमा वारेन्टीसहित ६ दिनमा गाडीको इन्जिन बनाउने सुविधा छ । यो सुविधा दिन नसकेमा मोडल अनुसार ५ सयदेखि १ हजार रुपैयाँ प्रतिदिनका दरले क्षतिपूर्ति प्रदान गरिन्छ ।
 
२४ घण्टा ७ दिन उपलब्ध रहने निःशुल्क फोन सेवा जस अन्तर्गत एक कलफोन गर्दा हरेक समस्याको छिटोभन्दा छिटो समाधान पाइन्छ । 
यसैगरि प्रि–बुकिङ सुविधा, टोकन सुविधा, स्कूल बस विशेष सेवा,सर्भिसिङ गर्ने निश्चित ठाउँ (डेडिकेटेड सर्भिस बे वा क्विक सर्भिस बे), आकस्मिक मर्मत सेवा केन्द्र ग्राहकहरुलाई छिटो सेवा दिन डिजाइन गरिएका सेवाहरु हुन् ।
 
ग्राहकको गाडी सञ्चालन खर्च कम गर्न मोबाइल सर्भिस वर्कशप, ४ वर्षसम्मको सर्वाधिक वारेन्टी सुविधा, वर्कशपमा फेरिएका पार्टसहरुमा ६ महिनासम्मको वारेन्टी, कि एकाउन्ट कस्टमरहरुका लागि लोयल्टी प्रोग्राम, एक्सिडेन्टल गाडी मर्मतका लागि क्यासलेस इन्सुरेन्सको सुविधा, अनसाइट सर्भिस सपाेर्ट, चालकहरुका लागि सुरक्षित तथा किफायती ड्राइभिङसम्बन्धी तालिम कार्यक्रमहरु टाटा प्रोटेक्ट अन्तर्गतका सुविधाहरु हुन् ।
 
टाटा प्रोटेक्टबाट ग्राहकहरु कसरी लाभान्वित हुन्छन् ?
 
यसको  प्रमुख उद्देश्य भनेको नै गाडीको ब्रेकडाउन टाइमलाई कम गराइ ग्राहकको आम्दानी र मुनाफा अभिवृद्धि गर्ने हो । कमर्सियल गाडीहरु एक दिन पनि ब्रेकडाउन भएमा ग्राहकले नोक्सानी ब्यहाे‍र्नु पर्ने हुनसक्छ । हाम्रो प्रयत्न भनेको त्यस्तो नोक्सनीबाट ग्राहकलाई जोगाउने हो ।
 
त्यसैगरी टाटा प्रोटेक्ट अन्तर्गतका सेवाहरुले ग्राहकलाई एउटै छातामुनि विभिन्न खालका सेवा र सुविधा प्रदान गर्ने हुँदा ग्राहक र कम्पनीबीचको  सम्बन्धलाई नजिक बनाउँछ ।
 
टाटाले आफ्ना ग्राहकलाई कसरी गुणस्तरीय सेवा दिइरहेको छ ?
 
ग्राहकहरुलाई अन्तर्राष्ट्रिय स्तरको उच्चकोटीको गुणस्तरीय सेवाको प्रत्यभूति गर्नका लागि विभिन्न ठाउँमा नयाँ प्रविधिको उपकरणसहितका वर्कशपहरु जहाँ जेन्यूइन स्पेयर पार्टसहरुको प्रयोग गरी तालिमप्राप्त अनुभवी प्राविधिक तथा इन्जिनियरहरुले काम गर्दछन् । सिप्रदी आफैँमा अन्तर्राष्ट्रियस्तरको  ISO 9001 :2015 सर्टिफाइड कम्पनी हो र यसले वर्कशपको सुरक्षाको लागि OHSAH 18001:2007 मान्यता प्राप्त गरेको छ । 
 
कम्पनी तथा ग्राहकबीचको सम्बन्ध सहज र सुमधुर बनाउन सिप्रदी एप्स् , कर्पेारेट वेबसाइट, टोल फ्री सेवा, पोस्ट सर्भिस फीडब्याक, फेसबुक पेज, यूट्युब च्यानल, कि एकाउन्ट पोर्टल, एस.एम.एस सेवालगायतका माध्यम प्रयोगमा छन् । ग्राहकलाईआफू अनुकूल कुनै पनि माध्यमबाट आफूलाई आवश्यक जानकारी, गुनासो तथा सेवाहरु पाउने सुविधा छ ।
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001