नयाँ तथा स्मार्ट विशेषताहरु सहित नेक्सन इभी प्राइम अब नेपालमा
21 September 2022
टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि.ले नेपाली बजारमा नेपाल कै पहिलो नाडा ईभी एक्सपोमा नेक्सन इभीको नयाँ अपडेटसहित प्राइम सार्वजनिक गरेको छ । “न्यु फरेभेर“ को अवधारणा अनुरुप निर्माण गरिएको यो गाडीमा मल्टी–मोड रिजेन, रिजेनमा स्वचालित ब्रेक ल्याम्प एक्टिभेसन, क्रुज कन्ट्रोल, टायर प्रेसर मनिटरिंग सिस्टम र ११० सेकेन्डको चार्जिंग टाइम आउट जस्ता समुन्नत विशेषताहरु छन् ।
टाटा मोटर्स अन्तर्गतको पेसेन्जर भेहिकल इन्टरनेसनल बिजनेसका प्रमुख मायांक बाल्दी भन्नुहुन्छ,“नेपाली ग्राहकहरुको वातावरण मैत्री उत्पादनहरु प्रतिको बढ्दो सचेतना एवं आकर्षणको फलस्वरूप नेपालमा टाटाको विद्धुतीय गाडीहरुले (इभी) निरन्तर लोकप्रियता हासिल गरिरहेका छन् । दुई हजार भन्दा बढी बुकिङ्ग र एक हजार भन्दा बढी विक्री सहित टाटा नेक्सनले नेपाली इभी बजारमा अग्रणी स्थान हासिल गरिसकेको छ। र नेक्सन इभी प्राइम हाम्रो यो अग्रताको यात्रामा एक अर्को कोशे ढुंगा सावित हुने हाम्रो पूर्ण विश्वास छ ।
सिप्रदी ट्रेडिंग प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ भन्नुहुन्छ,“नेक्सन इभीको सफलतापूर्वक विक्री वितरण सुरु गरेको एक वर्ष पश्चात आज यस नेपालकै पहिलो नाडा इभी एक्स्पोमा नेक्सन इभी प्राइमको लन्च गर्न पाउँदा हामी अत्यन्त हर्षित छौ । १५ वटा सुविधा केन्द्रहरुको सबैभन्दा ठूलो इभी सुविधा संजाल र १७ वटा डिसी फास्ट चार्जिंग लगायत १२० वटा स्लो चार्जिंग केन्द्रहरु भएको सिप्रदी नेपाली ग्राहकहरुलाई निरन्तर उत्कृष्ट भन्दा उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न कटिवद्ध छ“ ।
एक पटक चार्ज गरेपछि नेक्सन इभी प्राइमले ३१२ किलोमिटर लामो यात्रा (एआरएआइद्वारा प्रमाणित ) विना कुनै झन्झट गर्दछ। ३०.२ किलोवाटको लिथियम –आयन ब्याट्रीबाट संचालित १२९ पीएस एसी मोटर भएको यो एसयूभी कार्यक्षमता एवं शक्ति उच्च छ। आइपी६७ मापदण्ड अनुसार तयार परिएको यसको ब्याट्रीलाई धुलो र पानी कुनै असर गर्दैन। नेक्सन प्राइम इभीको ब्याट्री र मोटरमा ८ वर्ष वा १,६०,००० किलोमिटरको वारेन्टी प्रदान गरिएको छ । यो गाडी तिन विभिन्न आकर्षक रंगहरुमा उपलब्ध छ ।
नेक्सन इभी ग्राहकहरुको यससँगको अनुभवलाई नयाँ उचाईमा पुर्याउन टाटा मोटर्सले सफ्टवेयर अपडेटको नितान्त नवीन एवं निःशुल्क सुविधा८ आफ्ना आधिकारिक ग्राहक सेवा केन्द्रहरु बाट दशैं पश्चात प्रदान गर्ने जानकारी दिएको छ ।