नेपालको लागि टाटा मोटर्स् को आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. द्वारा टाटाको बहुप्रतिक्षित गाडीहरुको नेपाली बजारमा प्रि-बुकिङ खुल्ला गरिएको छ । भारतीय स्टयाण्डर्ड सिक्सको मान्यता प्राप्त टाटा नेक्सन, टिगोर, अल्ट्रोज, टिएगो, र एच फाइभ गाडीहरुको प्रि–बुकिङ खुल्ला गरिएको हो । न्यु फरेवरको अवधारणासहित अत्याधुनिक प्रविधियुक्त, परिमार्जित शक्तिशाली इन्जिनको साथ ग्लोबल एन क्यापबाट सेफ्टिमा फाइभ स्टार र फो स्टार रेटिङ्ग पाएका टाटाको यी गाडीहरुले सबैको मन जित्ने विश्वास लिइएको छ ।
साथै यहि शुभ अवसर पारेर प्रि–बुकिङ गर्नु हुने पहिलो १०० जना ग्राहकहरुलाई विभिन्न आकर्षक उपहारहरु प्रदान गरिने कम्पनीले जनाएको छ । उपहारहरु अन्तर्गत ग्राहकहरुले आइफोन १२, आकर्षक नगद छुट, आकर्षक एक्सचेञ्ज बोनस, १ वर्षको निः शुल्क सर्भिसिङ्ग र निः शुल्क जेन्युइन एसोसेरिजहरु प्राप्त गर्नुहुनेछ ।
इम्प्याक्ट २.० डिजाइनमा तयार गरिएका टाटाका यी गाडीहरु हरेक उमेर समुहका ग्राहकहरुको रोजाइमा पर्ने अपेक्षा गरिएको छ । ग्लोबल एन क्यापको रेटिङ्ग अनुसार नेक्सन र अल्ट्रोज फाइभ स्टार तथा टिएगो र टिगोर फोर स्टार सेफ्टी रेटेट सबैभन्दा सुरक्षित गाडीहरु हुन । उत्कृष्ट ड्राइभिङ प्लेजरको अनुभुती गर्न सकिने यी गाडीहरु अझै शक्तिशाली इन्जिन एवं उच्च भारवहन क्षमता सहित विशेष रुपमा तयार पारिएको कम्पनीले जनाएको छ ।
नेपाल अधिराज्यभरका सबै टाटाको शोरुमहरुबाट ग्राहकहरुको सुविधाको लागि प्रि–बुकिङको व्यवस्था मिलाइएको छ ।