टाटा मोटर्स नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रा. लि.ले टाटा H5 गाडीमा विभिन्न अफर सहितको “H5 वन डे वन्डर, इट्स नाउ ओर नेभर” नामक एकदिने बृहत कार्यक्रमको आयोजना गर्दैछ । यो कार्यक्रम यहि मंसिर २१ गते टाटा मोटर्स थापाथली शोरुममा हुँदैछ ।
योजना अन्तर्गत उक्त दिन टाटाको H5 गाडी बुकिङ तथा प्रि - बुकिङ गर्नुहुने ग्राहकहरुलाई टाटाको तर्फबाट भारी छुट सहित आकर्षक बोनस तथा आकर्षक उपहारहरु प्रदान गरिनेछ । त्यस दिन H5 बुकिङ गर्नु हुने ग्राहकहरुले रु ३,५०,०००/- सम्मको नगद छुट्, प्रत्येक बुकिङमा आइ फोन ११, रु १,५०,०००/- सम्मको एक्सचेञ्ज लोयल्टी बोनस, रु १,००,०००/- सम्मको एक्सचेञ्ज बोनस प्राप्त गर्नुहुनेछ । साथै कम्पनीले जनाए अनुसार EARLY BIRDS REGISTRATION अन्तर्गत मंसिर १९ सम्म कम्पनीद्वारा उल्लेखित लिंकमा - https://bit.ly/H5Offer गएर अनलाइन मार्फत प्रि-बुकिङ गर्नुहुने ग्राहकहरुले अझै रु २५,०००/- थप नगद छुट र रु २५,०००/- सम्मको थप एक्सचेञ्ज लोयल्टी प्राप्त गर्न सक्नुहुनेछ ।
बृहत आकर्षक उपहार सहित टाटा H5 किन्न इच्छुकहरुलाई लक्षित गरिएको यस योजनामा सहभागी भएर मौकाको फाइदा उठाउनु हुन टाटा मोटर्स हार्दिक आमन्त्रण गर्दछ ।
Download