सानाे बजार हिस्साबाट १० वर्षमा सबै प्रतिस्पर्धीको लागि खतरा बन्दै टाटा
नेपालमा अहिलेपनि मुस्कीलले वार्षिक १०/१२ हजार यूनिट प्यासेन्जर कार बिक्री वितरण हुँदै आएको छ । यो तथ्यांकमा पिकअप र भ्यानको संख्या जोडिएको छैन । नेपालमा प्यासेन्जर कार सेग्मेन्टमा एक दशक (सन् २०१०) पछि धेरै ब्राण्डले प्रबेश गरेको छ । जसमा फोर्ड, रेनो, डाट्सन, एमजी, प्यूजो, जीप, स्याङ्योग, फियाट, डोङ्फेङ जस्ता ब्राण्डले प्रबेश पाए । साथै, केही चिनीयाँ  तथा सेभ्राेले जस्ताे अमेरिकन ब्राण्ड यहाँ गाडी बिक्री गर्न नसकेर बन्दपनि भए ।
यस्तोमा कमर्शियल सेग्मेन्टमा पहिलो स्थानमा रहेको टाटा मोटर्स प्यासेन्जर कारमा सन् २०१० ताका नेपाली बजारमा खासै जम्न सकेको थिएन, त्यसका विविध पाटाहरु छन् । त्यतिबेला पनि धेरै ब्राण्डका बाबजुद मारुती सुजुकी, हुन्डाई र टायोटा सर्वाधिक सफल ब्रान्डको रुपमा रहेका थिए भने महिन्द्राले आफ्ना अफरोड एसयूभीले ग्राहकलाई लोभ्याउन सुरु गरेको थियो ।
सन् २०१० ताका टाटासँग इन्डिका, इन्डिगो, माञ्जाजस्ता मोडलका कार थिए । ती कारले नेपाली बजारमा केही बजार हिस्सा ओगटेता पनि  संख्यात्मक रुपमा अत्यन्त न्यून उपस्थिति थियो । यद्यपी टाटाको लागि सबैभन्दा राम्रो अन्तर्राष्ट्रिय बजार मानिएको नेपालमा त्यतिबेला वार्षिक मुस्कीलले  २ सय यूनिट कार बिक्री हुन्थ्यो होला ।
भारतीय बजारमा प्यासेन्जर सेग्मेन्टमा निकै सफल मानिएको एसयूभी सूमो नेपालमा निजी प्रयोग भन्दापनि भाडामा यात्रु बोक्न प्रयोग भयो । यसबाट कम्पनीले बिक्री संख्या त पायो तर, प्यासेन्जर कार दाबी गर्न सकेन । साथै टाटा सुमोले एम्बुलेन्सको रुपमा पनि नेपालमा अत्याधिक सफलता पाउन सक्यो । यसलाई हामीले यहाँ प्यासेन्जर कारको रुपमा उल्लेख गरेनौं ।
टाटाको सर्वाधिक सस्तो कार नानोले सुरुवातमा केही संख्या दिएपनि त्यसको बिक्री लामो समय टिक्न सकेन । यसका बाबजुत कम्पनी बजारको खोजीमा रहिरह्यो ।कसरी जम्यो टाटा नेपालमा ?
टाटाको गाडी नेपालमा बिक्री गर्दै आएको सिप्रदी ट्रेडिङले आफ्नो बलबुतामा गाडी बिक्रीको संख्या बढाउँदै लगेको भएपनि उत्कृष्ट डिजाइन र प्रिमियम फिचर भएका गाडी नेपाली ग्राहकले मन पराउने गर्थे जुन अहिलेपनि जारी छ । यस्तोमा टाटालाई कुनै आकर्षक प्रडक्टको खाँचो थियो ।
जब कम्पनीले ह्याचव्याक डिजाइनमा बोल्टलाई बजारमा ल्यायो त्यसले कम्पनीलाई केही राहत प्रदान गरेको कम्पनीका उच्च व्यवस्थापनमा रहेका अधिकारीहरु बताउँछन् ।
‘हामी कुनै उत्कृष्ट प्रडक्टको खोजीमा थियौ, त्यति बेला बोल्ट आयो । यसले समग्र टाटाको प्यासेन्जर कार सेग्मेन्टमा सकारात्मक प्रभाव छाडेको थियो’, कम्पनीका अधिकारीले विगत सम्झिए । बोल्टपछि टाटाका हरेक मोडल नयाँ डिजाइनमा आउन थाले । त्यसपछि आएका टियागो र टिगोरले आफ्नो सेगमेन्टमा निकै राम्रो सफलता प्राप्त गरेको उनिहरुको भनाई छ ।
टाटा माेटर्सका इन्टर्नेसनल बिजनेस हेड सुजन राेयका अनुसार ‘केहि वर्षदेखि टाटा कार ब्राण्डको रुपमा एकदमै राम्रोसँग सुधार भएको छ । टाटाका कारहरुको लुक्स, विश्वसनीयता तथा छिटो छिटो समयमा नयाँ मोडलहरु लन्च गरेकाे छ। जसका कारणले टाटा ब्राण्डको विश्वास बढ्दै छ । प्रत्येक पटकको नयाँ लन्चमा टाटाले नयाँ वेन्चमार्क स्थापना गर्दै आएको  छ । पछिल्ला प्रत्येक नयाँ मोडलहरु स्टाइलिस, रिलाएविलीटी तथा उत्कृष्ट फिचर थपिएका छन् । जसको सहयोगमा टाटाले नेपाली बजारको  कार सेग्मेन्टको हिस्सा बढाउँदै जान सफल भएको हाे ।’कम्पनीले सन् २०१८ फेब्रुअरीमा नेपाली बजारमा ल्याएको सब फोर मिटर एसयूभी नेक्सनले प्यासेन्जर कार बिक्रीमा टाटालाई निकै दह्रोसँग खडा गरायो । सार्वजनिक भए यताको करिब २२ महिनामा १५०० नेक्सन बिक्री भएको कम्पनीले दाबी गरेको छ ।
अहिले प्रिमियम सेग्मेन्टमा पनि टाटाले उत्कृष्ट गाडी ल्याएको छ । एच५ त्यसैको उदाहरण हो । ज्यागुअर/ल्याण्डरोभरको समेत मालिक रहेको टाटा मोटर्सले आफ्ना पछिल्ला एसयूभीको डिजाइन र प्ल्याटफर्म त्यहिबाट लिन सुरु गरेको छ । यसले कम्पनीलाई नेपाल लगाएत विश्व बजारमा स्थापित गराउन सफलता प्रदान गरेको छ ।
 
विश्वास जगाउन आफ्नै सिप्रदी एस्योर्ड
शुरूवाती दिनहरूमा टाटाका गाडी रिकन्डिसन बजारमा होल्डिङ पिरियड धेरै हुनेभन्दै रिकन्डिसन हाउसहरुले लिन हिच्किचाएको चाल पाएको कम्पनीले आफ्ना पुराना गाडी आफैँ किन्ने गरी सिप्रदी एस्योर्ड खोल्यो । परिणाम त कम्पनीले टाटाको गाडी एक्स्चेन्ज गर्ने मानिसलाई सहजै र तत्कालै गाडी एक्स्चेन्ज सुविधा प्रदान गर्न थाल्यो । यसले कम्पनीको बिक्रीमा सकारात्मक सहयोग गरेको कम्पनीको बुझाई छ ।
अहिले मासिक ४० यूनिट हाराहारीमा गाडी एक्स्चेन्ज गर्दै आएको सिप्रदी अस्योर्डका डिजीएम ध्रुव रेग्मी बताउँछन् । उनका अनुसार अस्योर्डले टाटाका गाडी बिक्री मात्र बढाएको छैन । ग्राहकलाई कन्फिडेन्ससमेत प्रदान गरेको छ ।
 
सर्भिसमा मनग्य लगानी
सिप्रदी ट्रेडिङले प्यासेन्जर कारको सर्भिसमा पनि लगातार लगानी वृद्धि गर्दै लगेको छ । कम्पनीले देशका ठूला सहरमा सेल्स, सर्भिस र स्पेयरको सुविधायुक्त शोरुमहरु संचानमा ल्याएको छ भने सर्भिस अन्तर्गत ‘संजिवनी’ नामक क्याम्पेनबाट आफ्ना ग्राहकलाई वाँध्ने काम गरिरहेको छ । यसले कम्पनीको बिक्रीपछिको सेवालाई चुस्त बनाएको छ ।सन् २०१० मा कम्पनीले देशभर १२ वटा सर्भिस सेन्टर संचानमा ल्याएको थियो । अहिले २५ सर्भिस सेन्टर संचालनमा रहेका छन् ।
 
अगामी दिन
टाटाले भारतीय बजारमा अबकाे ४ वर्षमा १२ नयाँ मोडलका प्यासेन्जर कार ल्याउने घोषणा गरेको छ । जसमा इलेक्ट्रीक कार र एसयूभी तथा हाइड्रोजन कार समेत रहेका छन् ।
सन् २०१७ पछि कम्पनीले नयाँ मोडल उत्पादन र डेभलपमेन्टमा ठूलो लगानी गरिरहेको छ । त्यसैले अब टाटाका कार नेपाली बजारमा अन्य कार बिक्रेता कम्पनीको लागि खतरा बन्दै गएको छ भने सिप्रदीको लागि नयाँ सुखद अवशर लिएर आएको छ ।

(News covered in MeroAuto.com)
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001