सिप्रदी र एन आई सी एसिया बैङ्कबीच ६ महिनासम्म बिना किस्ता सवारी कर्जा उपलब्ध गराउने सम्झौता

सिप्रदीले ६ महिनासम्म बिना किस्ता सवारी कर्जा उपलब्ध गराउने

 
अब टाटा मोटर्सको प्यासेंजर गाडीहरुको खरिदमा ४ देखि ६ महिनासम्मको किस्ता वापतको रकम तिर्नु नपर्ने । 
 
 

टाटा मोटर्सको नेपालका लागी एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र एन आई सी एसिया बैंक बिच सवारी कर्जा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिप्रदीका तर्फबाट भाइस प्रेसिडेन्ट श्री सौरभ राज थपलिया ज्यु तथा बैकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठी ज्युले हस्ताक्षर गर्नुभयो ।

यस सम्झौता अन्तर्गत अब टाटा गाडिका खरीदकर्ताहरुले पहिलो ४ देखि ६ महिना सम्मको किस्ता वापतको रकम नतिर्नु पर्ने भएको छ, भने पहिलो वर्षको वार्षिक व्याजदर  परिवर्तन हुने छैन । साथै मात्र ८.२५५ वार्षिक व्याजदरमा सवारी कर्जा प्राप्त गर्न सक्नेछन् । यस कर्जाको अवधि ८ वर्षसम्मको हुनेछ ।

सरल र सहज कर्जा उपलब्ध गराउने उदेश्यका साथ यो सुविधा सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का देशभरी रहेका सम्पुर्ण डिलरहरुबाट उपलब्ध हुनेछ ।

यी अतुलनिय सेवा सुविधा टाटा मोटर्सका अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरुमा उपलब्ध रहेका छन ।

आफ्ना ग्राहक महानुभावहरुको सुविधाका लागि कम्पनीले यसप्रकारको विशेष किस्ता प्याकेज १ वर्षसम्म उपलब्ध गराउने छ ।

साथै यो योजना स्टक रहुन्जेल सम्म मात्र लागु हुनेछ । 

 

SIPRADI Online Car Booking
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001