कोरोना महामारीको यो समयमा टाटा मोटर्सले नेपालमा आफ्नो सम्पर्क रहित बुकिङ्ग वेब पोर्टलको शुरुवात गरेको छ । https://tatacars.sipradi.com.np/ मा गएर हेर्न सकिने यो वेब पोर्टललाई लकडाउनको कारण टाटा मोटर्सका पेसेन्जर भेहिकलका अन्तर्राष्ट्रिय बिजनेस हेड सुजन रोय र सिप्रदीका सीईओ राजन बाबु श्रेष्ठले संयुक्त रुपमा डिजिटल माध्यमबाट शुरुवात गर्नुभएको हो।
टाटा मोटर्सका पेसेन्जर कार खरिद गर्न चाहनुहुने सम्पूर्ण ग्राहक महानुभावहरुलाई यो वेब पोर्टल एउटा सजिलो माध्यम बन्ने विश्वास लिइएको छ । त्यसबाहेक इच्छुक ग्राहक महानुभावहरुले यस पोर्टलमा सिप्रदीका दक्ष कर्मचारीहरुसँग लाइभ च्याट गरेर पनि टाटा मोटर्सको सवारीहरुको बारेमा विस्तृतमा जानकारी लिन सक्नुहुनेछ र फोनपे या इ-सेवाको माध्यमबाट सवारीको बुकिङ्ग समेत गर्न सक्नुहुनेछ । प्रयोगकर्ताहरुलाई सजिलो होस् भन्ने हेतुको साथमा यो पोर्टल दुवै कम्प्युटर र मोबाइलमा समेत हेर्न सहज हुने ढंगमा बनाइएको छ ।
यो पोर्टलको मुख्य विशेषताहरु अनलाइन बुकिङ्ग, क्याटलगहरू सहितको सवारीका विवरणहरु, सवारीको डेमो भिडियोहरु, टेस्ट ड्राइभ बुकिङ्ग, पुरानो सवारीको तत्काल मुल्यांकन, ऋण मुल्यांकन, सर्भिस बुकिङ्ग, रेफरल योजना र ग्राहकहरुको सुझावहरु रहेका छन्।
साथै, यस वेब पोर्टल प्रयोगकर्ताहरुलाई प्रोत्साहन गर्नका लागि यस पोर्टलबाट गाडी बुकिङ्ग गरेमा एक वर्ष नि:शुल्क सर्भिसिंग र कन्सुमेवल प्रदान गरिनेछ भने फ्रन्ट-लाइनमा काम गर्नुहुने सम्पूर्ण स्वस्थकर्मीहरुलाई अहिले चलिआएको योजना भन्दा थप रु.५०,००० छुटको व्यवस्था गरिएको छ ।