टाटा मोटर्स् बि.एस.सिक्स रेन्जका नयाँ गाडीहरु अब नेपालमा

टाटा मोटर्स् बि.एस.सिक्स रेन्जका नयाँ गाडीहरु अब नेपालमा


मुख्य बिशेषताहरु:

- शक्तिशाली बि.एस. सिक्स ईन्जिन, इम्प्याक्ट २.० अन्तर्गत आकर्षक डिजाईनमा निर्मित ।

- विश्वसनिय र लोकप्रिय मोडलका टाटा टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ पाँचवटा नयाँ मोडलका गाडीहरु ।

- टाटा नेक्सन जसले हालैमात्र ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गर्न सफल भएको छ । हृयाचब्याक सेगमेन्टमा टाटा अल्ट्रोजले ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गरेको छ भने टियागो र टिगोरले फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त गरेका छन् ।


टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले फरेवर रेन्ज अन्तर्गत पर्ने पाँच वटा नयाँ गाडीहरु आज राजधानीमा भव्य कार्यक्रम गरी सार्वजनिक गरेको छ । यी गाडीहरु टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ – बि एस सिक्स प्रविधिले सम्पन्न छन् । यो संगै टाटा कम्पनी उक्त ईन्जिन प्रविधि भएको पाँच मोडलहरु एकैपटक सार्वजनिक गर्ने पहिलो कम्पनी भएको छ । यी गाडीहरुको बनावट अत्यन्तै सुन्दर छ, किनकी यो टाटाको इम्प्याक्ट २.० डिजाईन ल्याङ्ग्वेज अनुसार तयार पारिएको कम्पनीले जनाएको छ । बदलिदो समयको माग अनुसार पुनः डिजाईन गरिएको टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ कार्य क्षमता, आरामदायी र सुरक्षाको दृष्टीकोणले पनि अरु भन्दा अग्रस्थानमा रहेको छ ।


उक्त सार्वजनिक कार्यक्रममा बोल्नुहुदै टाटा मोटर्स् इन्टरनेशनल बिजनेश हेड (प्यासेन्जर भेहिकल्स्) श्री मायकं बाल्डी ज्यु ले भन्नुभयो “टाटा मोटर्स का विविध रेन्जका गाडीहरु नेपाली ग्राहकवर्गले निरन्तर रुपमा अत्यन्त रुचाईरहनुभएको छ र यसैक्रममा टाटाका नयाँ जेनेरेशनका प्यासेन्जर गाडीहरु सार्वजनिक गर्न पाउँदा हामीलाई अत्यन्तै खुशी लागेको छ । डिजाईन, सुरक्षा र आरामदायी टाटा गाडी निर्माणका मुख्य तीन आधारहरु हुन् । यसै सन्दर्भमा इम्प्याक्ट २.० डिजाईनमा निर्मित बि.एस. सिक्स रेन्जका गाडीहरुमा पनि डिजाईन, सुरक्षा र आरामको लागि उच्चस्तरिय विशेषताहरु छन् । यसैले यी गाडीहरुले  हाम्रो ग्राहक महानुभावहरुको मन जित्न सफल हुने विश्वास हामीले लिएका छौं । टाटा नेक्सन ग्लोबल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गर्न सफल गाडी हो । टाटा अल्ट्रोजले हृयाचब्याक सेग्मेन्टमा ग्लोबल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गरेको छ । टाटा टियागो र टिगोर दुबैले फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त गरेका छन् ।”

यसैगरी सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत श्री राजन बाबु श्रेष्ठ ज्यु ले भन्नुभयो “ हामी नेपालमा एक प्रतिष्ठित ब्राण्ड भएको हुदा हाम्रा ग्राहकवर्गहरुका लागि विश्वस्तरीय उत्पादन ल्याउन सदैव प्रयासरत रहेका छौं । विगत लामो समयदेखि ग्राहकवर्गमा उत्कृष्ट गाडीहरु मार्फत सुविधा प्रदान गर्न पाउँदा टाटा मोटर्स् संग हाम्रो सहकार्य फलदायी बन्न पुगेको छ । अत्याधुनिक प्रविधिको साथमा डिजाईन गरिएको न्यु फरेवर रेन्जले टाटा मोटर्सको अति रुचाईएको गाडीहरुको नयाँ रुप दर्शाउनुका साथै उत्कृष्ट ड्राईभिङ्ग डाईनामिक्स् र उत्कृष्ट कम्फर्ट दिएको छ । नेपालमा विश्वास गरिएको ब्राण्ड हुँदा नेपाली ग्राहकवर्गहरु माझ फरेवर रेन्ज सफल हुने हामीले विश्वास लिएका छौं । ”


.२ लिटर रिभोट्रन पेट्रोल ईन्जिन भएको नयाँ टाटा टियागो म्यानुअल र एटिएम अप्सन सहित एटभान्स डुअल सस्पेन्सन सिस्टममा उपलब्ध रहेको छ । सुरक्षित र आरामदायी तथा आकर्षक (स्पोर्टी) डिजनइनका साथै  एन्ड्रोइड अटो र एप्पल कार प्ले कनेक्टिभिटी सुविधाहरु  रहेको छ । यो गाडी रातो, पहेलो, निलो लगाएत ६ वटा रङ्गहरुमा उपलब्ध रहेको छ । जसको सुरुवाती मुल्य रु २८ लाख रहेको छ ।

यसैगरी, टाटा टिगोर पनि १.२ लिटर रिभोट्रन पेट्रोल ईन्जिनमा निर्मित उत्कृष्ट गाडी हो । यसमा उच्च सुरक्षा, आरामदायी र उन्नत किसिमको ईन्फोटेन्मेन्ट सुविधाहरु रहेका छन् मनमोहक बनावट सहित उत्कृष्ट सुरक्षाको बिशेषता भएको यो गाडी पाँचवटा रङ्गहरुमा उपलब्ध रहेको छ । यसको सुरुवाती मुल्य ३२ लाख ५० हजार रहेको छ ।


यसैगरी, टाटा नेक्सन पनि १.२ लिटर रिभोट्रन पेट्रोल ईन्जिनमा निर्माण गरिएको छ । यसमा १२० पि एस पावर, इलेक्ट्रिक सनरुफ, इलेक्ट्रिक स्ट्याबिलिटी र कनेक्टेड कार टेक्नोलोजी लगाएतका बिशिष्ट बिशेषताहरु रहेका छन् । यसमा भएको मजबूत प्ल्याटफर्म जस्तोसुकै अवस्थाको बाटोको लागि पनि उपयुक्त हुने गर्दछ र स्टेट अफ द आर्ट प्रविधि युक्त यस गाडी सुरक्षित र आरामदायी रहेको छ । टाटा नेक्सन नेक्सन ६ वटा रङ्गहरुमा डुअल टोन विकल्प सहित उपलब्ध रहेको छ ।  यसको सुरुवाती मुल्य ३९ लाख ९५ हजार रहेको छ ।


यहि क्रममा टाटा अल्ट्रोज पनि १.२ लिटर बि एस सिक्स पेट्रोल ईन्जिनमा अल्फा (ALFA Architecture) वास्तुकलामा निर्माण गरिएको छ जुन अत्यन्तै मजवुत रहेको छ । टाटा अल्ट्रोज यस सेग्मेन्टको सुरक्षित गाडी हो जसले ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गरेको छ । यो गाडी एक्स एम प्लस भेरिएन्टमा उपलब्ध छ भने यसको मुल्य ३५ लाख ५० हजार रहेको छ ।


अन्तत, एच फाईभको पछिल्लो संस्करण नेक्स्ट जेनेरेशन क्रायोटिक १७० बि एस सिक्स डिजल ईन्जिन,  १७० पि एस पावर, ३५० एन एम टर्क र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध रहेको छ । यस गाडीमा (OMEGA ARC  Architecture) वास्तुकला, ल्यान्डरोभर लेजेन्डरी D8 प्लेटफर्म, एसयुभिको उत्कृष्ट डिजाईन र सुरक्षाको संयोजन रहेको छ ।  यसमा रोमाञ्चक बिशेषताहरु जस्तै पानोरोमिक सनरुफ र ६ वटा तरिकाले समायोजन गर्न सकिने ड्राईभर सिट लगाएत रहेका छन् । यो गाडी पाँचवटा फरक फरक रङ्गहरुमा उपलब्ध रहेको छ । जसको सुरुवाती मुल्य ८४ लाख ९९ हजार रहेको छ ।

 

CLICK to watch the Launch of TATA Motors New Forever Range of Cars LIVE Video

Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001