‘टाटा नेपालमा हिजो पनि एक नम्बरमा थियो, आज पनि छ, भोलि पनि एक नम्बरमै हुन्छ’
‘कमर्सियल भेइकलमा टाटाको बजार हिस्सा ६४ प्रतिशत छ । प्यासेञ्जर कारमा पनि हामी १२ प्रतिशत बजार ओगट्न सफल भैसकेका छौं । उपभोक्ताले नयाँ प्रोडक्ट खोज्नुभन्दा अघि नै हामी त्यस्तो प्रोडक्ट बजारमा ल्याई सक्छौं ।’ यो भनाई हो टाटा मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठको । श्रेष्ठ पछिल्लो तीन वर्षदेखि टाटा मोटर्स बेच्ने सिप्रदीको नेतृत्व गरिरहेका छन् । सैंतिस वर्षअघि सिप्रदीले नेपालमा टाटा मोटर्सका गाडी बेच्न थालेपछि सधै एक नम्बरको बजार हिस्सा ओगट्दै आयो । यतिबेला दर्जनौं कम्पनीका सवारी साधन नेपाल छिरिसकेका छन् । फेरि पनि श्रेष्ठ भने आफ्नो एक नम्बरको ताज खोस्न कसैले नसक्नेमा ढुक्क देखिन्छन् । उनी भन्छन् ‘टाटा नेपाली बजारको एक नम्बर कम्पनी थियो । छ । र, रहिरहनेछ । हामी उहिल्यै एक नम्बर, जहिल्यै एक नम्बरमा हुनेछौं ।’ टोयोटादेखि टाटासम्म सन् १९९३ मा टोयोटा कम्पनीका मोटर बेच्ने युनाइटेड ट्रेडर्स सिण्डिकेटबाट अटो मोबाइल क्षेत्रमा प्रवेश गरेका श्रेष्ठ पछिल्लो २० वर्षदेखि टाटा मोटर बेच्ने सिप्रदीमा आवद्ध छन् । भारतको चण्ढीगढबाट मेकानिकल इञ्जिनियरिङ अध्ययन गरेका उनले अटोमोबाइलसम्बन्धी अन्य केही महत्वपूर्ण अध्ययन पनि गरेका छन् । श्रेष्ठ पछिल्लो तीन वर्षदेखि सिप्रदीको कमाण्ड सम्हाल्दै बजार विस्तारका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
 
सैंतिस वर्षदेखि निरन्तर सिप्रदीले ३७ वर्षदेखि नेपालमा टाटा मोटर्सका सवारी साधन बेच्दै आएको छ । उसले अहिलेसम्म कमर्सियल भेइकल नै एक लाख भन्दा बढी बेचिसकेको छ । प्यासेञ्जर कार पनि थप्ने हो भने त त्यो संख्या अझ धेरै छ । आजकै दिनमा सडकमा हेर्ने हो भने ८० देखि ८५ हजारको संख्यामा टाटाका गाडी गुडिरहेको देख्न सकिने श्रेष्ठ बताउँछन् । कमर्सियल भेइकलमा टाटा मार्केट लिडर मात्रै नभएर प्रतिस्पर्धी विनाको खेलाडी जस्तै देखिन्छ । टाटाले कमर्सियल सेगमेन्टमा विश्वकै ठूलो कम्पनीका रुपमा आफूलाई स्थापित गरिसकेको छ । प्यासेञ्जर कार सेगमेन्टमा पनि नेपालमा टाटा टप ३ मा पर्ने उनको भनाई छ ।
 
टाटा किन रोजाईमा ? सीईओ श्रेष्ठको उत्तर छ, ‘सबै भन्दा ठूलो कुरा विश्वास हो । उपभोक्ताको हामी माथिको विश्वास नै हाम्रो सफलताको आधार हो । र, हामीले पनि उपभोक्ताको चाहनालाई पहिलो प्राथमिकता दिन्छौं । टाटाले दिएको सर्भिसमा कहिल्यै प्रश्न गर्नुनपर्ने गरि सेवा दिइरहेका छौं । अर्को कुरा भनेको प्रोडक्ट नै हो । हामी त्यस्ता प्रडक्ट ल्याउँछौं जुन नेपाली उपभोक्ताका लागि आवश्यक होस् । उनीहरुको रोजाई अनुसार होस् । र, नेपाली माटो सुहाउँदो होस् ।’ टाटाले आफ्ना उत्पादन नेपालको माटो, बाटो र उपभोक्ताको रुचीको गहिरो अध्ययन गरेर मात्रै तयार पार्ने उनको दावी छ । डिलर र सर्भिस सेन्टर सिप्रदीले देशभर ५३ वटा सर्भिस सेन्टर र ५० वटा डिलर सञ्जाल विस्तार गरिसकेको छ । स्पेयर पार्टस् महंगो भएको भन्ने गुनासोलाई पनि श्रेष्ठ अस्विकार गर्छन् । ‘हामीले अपरेटिङ इनकम हेर्ने हो । टाटाका सवारीहरुको कुल लगानी स्वामित्व अनुपात (कस्ट अफ अनरशिप) सबैभन्दा थोरै छ । नक्कली स्पेयर्स पार्टससँग तुलना गरेर महंगो भयो भन्न मिल्दैन् । हामीले जेन्युन पार्टस् न्यूनतम् मूल्यमा उपलब्ध गराउँदै आईरहेका छौं’, उनीले दावी पेश गरे । टाटा कस्का लागि ? प्यासेञ्जर कारका सवालमा टाटा प्रिमियम सेगमेन्टमा नगएको श्रेष्ठको भनाई छ । उनी भन्छन्, ‘हामीले मिडियम र अपर मिडियम क्लासका लागि टाटाका कार ल्याएका छौं । आजका दिनमा गाडी चड्ने आर्थिक हैसियत बनाएका नेपाली नागरिकले टाटा कार चढ्न सक्छन् ।’ कमर्सियल भेइकल भने कमाउन चाहने सबैका लागि उपयुक्त हुने श्रेष्ठको भनाई छ ।
 
इलेक्ट्रिक गाडी टाटाले यसअघि नै इलेक्ट्रिक गाडी ल्याईसकेको छ । यसअघिको नाडा अटो शोमा नै टाटाले टाटा टिगोर नामको इलेक्ट्रिक कार सार्वजनिक गरेका थियो । भारतमा टाटा टिगोरको बिक्री राम्रो छ । तर पनि नेपालमा त्यसलाई व्यवसायीकरुपमा आफूहरुले भित्राइनसकेको श्रेष्ठले बताए । उनका अनुसार गाडी ल्याएर बेचिसकेपछि उपभोक्ताले त्यसबाट फाइदा लिन सक्नुपर्छ । अहिलेकै अवस्थामा इलेक्ट्रिक गाडीमा त्यो सम्भव नभएको उनको तर्क छ । श्रेष्ठ भन्छन् ‘अहिलेकै अवस्थामा इलेक्ट्रिक गाडी किनेर उपभोक्ताले लाभ लिन सक्नेगरि पूर्वाधार तयार भएको छैन । पूर्वाधार राम्रो बनोस् भन्ने हो । त्यसपछि इलेक्ट्रिक सवारी साधन ल्याउँछौं ।’ हाइब्रिड ब्रिफिङ हाइब्रिडका सवालमा व्यवसायी र सरकारबीच केही कन्फ्युजन देखिँदै आएको छ । हाइब्रिडबारे अटोमोवाइल व्यवसायीहरुको संगठन नाडाले जुन ढंगले सरकारसँग कुरा गर्यो, सुरुमा सरकार कन्भिन्स भएको थियो । पछि कन्फ्युजन भएपछि सरकारले सुविधा फिर्ता गर्यो । तर, टाटाले भने अहिलेसम्म हाइब्रिडका सवारी साधन नल्याएको उनले बताए । एक वर्षमा कति बिक्छन् टाटा ? टाटा भनेको नेपालको सबैभन्दा ठूलो मार्केट सेयर भएको कम्पनी हो । कम्पनीले गत वर्ष ११ हजार गाडी बेच्यो । तर यो वर्ष केही चुनौती रहेको सीईओ श्रेष्ठ स्वीकार गर्छन् । सरकारी नीतिले केही अप्ठेरो भइरहेको बताउँदै श्रेष्ठ भन्छन्, ‘फेरी पनि मार्केट बढाउने नै हाम्रो योजना हो ।’ एसेम्ब्लिङ प्लान्ट ? नेपालमा गाडीको एसेम्ब्लिङ प्लान्ट खोल्ने चर्चा पूरानै हो । टाटाले आठ दश वर्षअघि नै यसका लागि अध्ययन गरिसकेको छ । तर अहिलेसम्म यस्तो प्लान्ट लगाएको छैन् । श्रेष्ठको विचारमा एसेम्ब्लिङ प्लान्ट लगाउनुभन्दा पहिले बजारको राम्रो अध्ययन गर्नुपर्छ । आज ठूला ठूला विदेशी कम्पनी नेपालमा गाडी बनाउँछौं भन्दै आईरहेका छन् । उनीहरुले राम्रोसँग बजारको अध्ययन गरेजस्तो उनलाई लागेको छैन् । श्रेष्ठ भन्छन्, ‘अहिलेको अवस्थामा नेपालमा गाडीको एसेम्बल प्लान्ट लगाउने कुरा एउटा लगानीकर्ताका रुपमा हामीले उपयुक्त छ भन्ने देखिरहेका छैनौं । हामी पनि अध्ययन गरिरहेका छौं । केही प्रोडक्ट यतै बनाउन सकिन्छ कि ? भनेर सोचिरहेका छौं । तर अहिले सरकारले लिएको नीतिकै आधारमा प्लान्ट लगाउन सकिन्न भन्ने हाम्रो निष्कर्ष हो ।’ एसेम्ब्लिङ प्लान्टका लागि करको दरमा परिमार्जन, जमिनको सहज उपलब्धता र आवश्यक मात्रामा विद्युतको आपूर्ती न्यूनतम् शर्त भएको श्रेष्ठको भनाई छ । तर नेपालमा बनाईएका गाडीहरु दक्षिण एसिया, अफ्रिका र दक्षिण अमेरिकासम्म लगेर बेच्न सकिने श्रेष्ठको विश्लेषण छ । तर, त्यसका लागि सरकार सकारात्मक हुनुपर्ने उनी बताउँछन् ।
राष्ट्र बैंकको ‘अफर’ले अटोमोबाइलमा ‘सफर’ नेपाल राष्ट्र बैैंकले व्यक्तिगत प्रकृतिको आवधिक कर्जामा गरेको कडाईले अटोमोबाइल क्षेत्रमा नकारात्मक प्रभाव देख्न थालिसकेको व्यवसायीहरुको गुनासो रहँदै आएको छ । नागरिकको सबै आम्दानी करको दायरामा आएको छ की छैन् ? भन्ने कुरा नहेरी नयाँ व्यवस्था ल्याईएकाले समस्या आएको श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘कतिपय अवस्थामा नागरिकले आफ्नो सबै आम्दानीबाट कर चुक्ता गर्न सकिरहेको हुन्नन् । राष्ट्र बैंकले केही व्यवहारिक पक्ष हेरिदिनुपर्ने हो । रेमिटेन्स वा कृषिको आम्दानीलाई कसरी कर चुक्ता गराउने ? भन्ने प्रश्न पनि छ । त्यसकारण आजको दिनमा अटोमोबाइलको बजार ओरालो लाग्ने क्रममा छ ।’ झण्डै दुई तिहाईको नियत झण्डै दुईतिहाई बहुमतको सरकारप्रति सीईओ श्रेष्ठको टिप्पणी छ । उनी भन्छन्, ‘सरकारले आफ्नो ढंगले योजना बनाएर काम गरिरहेको छ । जति पनि नीति नियमहरु आईरहेका छन, ती राम्रा छन् । तर समय ठिक भएन् । अहिलेको अवस्थालाई मध्य नजर गरेर क्रमिक रुपमा नयाँ नियमहरु ल्याउनुपर्ने थियो । तर सरकार अहिले हतार गरेर पहिला बिग्रेका सबै कुरा अहिले एकै पटकमा सुधार्छु भन्ने तर्फ लागेको छ । त्यसलाई क्रमिक रुपमा अघि सार्नु पर्ने थियो ।’ एक नम्बरमा टिकिरहने योजना यतिबेला बजारमा दर्जनभन्दा बढी विश्वप्रसिद्ध मोटर कम्पनीहरुले आफ्ना उत्पादनको आक्रामक बजारीकरण गरिरहेका छन् । तर, श्रेष्ठ भने टाटाको ताज खोस्न कसैले नसक्नेमा दावी गछ्र्रन् । ‘नेपालका लागि टाटा पहिले पनि एक नम्बर थियो, अहिले पनि एक नम्बर छ र जहिल्यै एक नम्बर मै रहिरहन्छ । हामी उपभोक्ताको इच्छालाई मुल केन्द्रमा राख्छौं । हामी उपभोक्ताको चाहनाको गहिरो अध्ययन गरेर प्रडक्ट ल्याउँछौं । उपभोक्ताले अर्को नयाँ प्रडक्टबारे सोच्नुभन्दा पनि पहिले नै हामी त्यस्तो प्रडक्ट ल्याईसक्छौं’, श्रेष्ठले भने ।
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001