सिप्रदीले ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम दिने
23 March 2021
सिप्रदीले ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम दिने
तालिम लिन इच्छुकहरुले सिप्रदीको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयमा यहि चैत्र १८ गते भित्र दरखास्त बुझाउन आग्रह ।
सिप्रदी ट्रेडिङ्ग प्रा लि ले हालै पाँचौ ब्याच ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम कार्यक्रम सञ्चालन गर्न लागेको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरेको छ । यस ६ महिने तालिम सिप्रदीको तालिम केन्द्र, चन्द्रागिरी, काठमाडौँमा हुनेछ भने तालिम अवधिभर तालिम भत्ताका साथै उत्कृष्ट एवं सफल प्रशिक्षार्थीहरुलाई सिप्रदीले नेपालभरि फैलिएका विभिन्न वर्कशपहरुमा रोजगारीको अवसरहरुमा प्राथमिकता दिइनेछ ।
उक्त कार्यक्रम अन्तर्गत १८ वर्ष पूरा भई २५ वर्ष ननाघेका १० जना अटोमोबाईल विषयमा TSLC उत्तीर्ण वा १० कक्षा उत्तीर्ण गरी राष्ट्रिय सीप परिक्षण समितिबाट अटोमोबाईल विषयमा Level 1 उत्तीर्ण गरेका इच्छुकलाई सहभागी हुन कम्पनिले आग्रह गरेको छ । दरखास्त बुझाउन अन्तिम मिति २०७७ चैत्र १८ गतेसम्म र दरखास्त बुझाउने स्थान सिप्रदीको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरु रहेको सिप्रदीले जनाएको छ । यो नि:शुल्क तालिममा काठमाडौँ उपत्यका बाहिरका स्थानहरु नेपालगञ्ज, महेन्द्रनगर, दाङ्ग, सुर्खेत, इटहरी, विर्तामोड, हेटौडा, विरगञ्ज, त्रिशुलीका प्रशिक्षार्थीहरुलाई विशेष ग्राहयता दिइनेछ ।
विस्तृत जानकारीको लागि ०१ – ४३११५०१ Ext No: १६३ मा सम्पर्क गर्न सक्नु हुन्छ ।