टाटाको कमर्सिअल गाडीहरुमा निशुल्क वारेन्टी अवधिमा थप
16 April 2020
चिन्ता नलिनुहोस् । तपाईंको गाडीको खयाल राख्ने जिम्मेवारी हाम्रो हो ।
टाटा मोटर्सको नेपालका लागि एक मात्र अधिकारक बिक्रेता सिप्रदी टेडिङ्ग प्रा.लि.ले लकडाउनको कारण ग्राहकवर्गमा पर्न गएको असरलाई मध्य नजर गर्दै टाटाको सबै कमर्सिअल (ठूला) गाडीमा वारेन्टी अवधि दुई महिना थप गरेको छ । यदि टाटा कमर्सिअल गाडीेको वारेन्टी अवधिको म्याद १५ मार्च, २०२० भन्दा पछि सकिएको छ भने, स्ट्यान्डर्ड वारेन्टीको नियम तथा शर्तहरु अन्तर्गत सवारीको वारेन्टी अवधि ६० दिनको लागि थप गरिएको भनी जानकारी प्राप्त भएको छ । कम्पनिले जनाए अनुसार अहिले महामारीको रुपमा विश्वभरि फैलिदै गरेको कोरोना भाइरस (कोभिड १९) को कारण भएको लकडाउन र अत्यावश्यक बाहेकको आवागमन प्रतिबन्धका कारण ग्राहकहरुले गाडी मर्मत गराउन नपाएको हुनाले निशुल्क वारेन्टीको अवधि बढाएको हो ।
छोटो सन्देश दिदैं सिप्रदी टेडिङ्ग प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत श्री राजन बाबु श्रेष्ठ ज्यूले भन्नुभयो, “हामी हाम्रा ग्राहकहरुलाई चिन्ता नलिई आफू र आफ्ना परिवारजनको ख्याल राख्नुहोस् भन्न चाहन्छौं । तपाईंको गाडीको खयाल राख्ने जिम्मेवारी हाम्रो हो । ”
यसका साथै सिप्रदीले हालै सरकारद्वारा जारी गरिएको लकडाउनको नियम पालना गर्दै आकस्मित सेवा प्रदान गर्दै आएका सवारी साधनहरुको लागि २४सै घण्टा सेवा दिइरहेको छ । हालसम्म २३० भन्दा बडी आकस्मिक स्वास्थ्य सेवा तथा सुरक्षामा खटिएका सवारीसाधनहरु सेवा दिइ सकेको कम्पनीले जनाएको छ । केही परि आएको अवस्थामा सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ (NTC) वा ९८०१५७५७७७ (NCELL) मा सम्पर्क गरेर २५ स्थानबाट सेवाका लागि परिचालित कम्पनीका डेडिकेटेड अधिकारीहरूलाई फोन सम्पर्क गर्न सक्नुहुन्छ ।
अहिलेको अवस्था असहज परिस्थिति हो तर पनि साहस र सावधानीका साथ सामना गर्नु पर्दछ । हामीलाई विश्वास छ कि हामी हाम्रा सरोकारवालाहरू निम्ति जिम्मेवार एउटा संस्थाका रुपमा हरसम्भव सबै गरिरहेका छौँ । एकजुट भई हामी यो परिस्थितिका विरुद्ध लड्न सक्छौँ र यसबाट पार पाउन सक्छौँ । आफ्नो ख्याल राख्नुहोस् ,सुरक्षित रहनुहोस् ।