एक्साइड ब्याट्रीको लागि पेपरलेस वारेन्टी

एक्साइड ब्याट्री खरिदकर्ताहरुले वारेन्टीको विवरण सिप्रदी एपमा स्टोर गरेर सजिलै वारेन्टीको दावी गर्न सक्नु हुनेछ ।

 

एक्साइड ब्याट्रीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले ग्राहकहरुको सहजतालाई ध्यानमा राखेर पेपरलेस वारेन्टीको सुरुवात गरेको छ । पेपरलेस वारेन्टी मार्फत् एक्साइड ब्याट्रीको वारेन्टी अवधिमा पाउने सुबिधाको लागि अब वारेन्टी कार्ड खोजि राख्नुपर्दैन । अब ग्राहकहरुले एक्साइड ब्याट्री खरिद गर्दा पाउने वारेन्टी सिप्रदी एप डाउनलोड गरी त्यसमा रेजिस्टर गरेर वारेन्टीको दाबी गर्न सक्नुहुनेछ ।

 

एक्साइड ब्याट्री नेपालका जेनेरल म्यानेजर सुरेश कुमार तिवारीका अनुसार, “एक्साइड ब्याट्रीलाई नेपालको नम्बर १ ब्याट्री बनाउनुमा हाम्रो ग्राहकहरुको ठुलो भुमिका रहेको छ । ग्राहकहरुको हामीप्रतिको उदारता र विश्वासले हामीलाई सधैं हाम्रा ग्राहकहरुको हितमा काम गर्ने उर्जा र हौसला प्रदान गर्दछ । त्यही कार्यलाई निरन्तरता दिदैं हामीले अहिले पेपरलेस वारेन्टीको सुरुवात गरेका छौँ ।

धेरै ग्राहकहरुबाट वारेन्टीको दावी गर्दा वारेन्टी कार्ड हराएको वा नभेटिएको गुनासो आइराख्ने भएकोले त्यस झन्झटबाट मुक्त हुन पेपरलेस वारेन्टीको सुरुवात गरेका छौँ । यसको प्रयोगले हाम्रा ग्राहकको साथै विक्रेताहरुलाई पनि सहज हुनेमा हामीलाई पूर्ण विश्वास छ ।”

 

पेपरलेस वारेन्टी अन्तर्गत एक्साइड ब्याट्रीको वारेन्टी स्टोर गर्न, ग्राहकहरुले आफ्नो स्मार्टफोनमा सिप्रदी एप डाउनलोड गरेर, एक्साइड ब्याट्री वा वारेन्टी कार्डमा भएको QR कोड स्क्यान गरी रेजिस्टर गर्न सक्नुहुन्छ । यसको बारेमा थप जानकारीको लागि सिप्रदीको टोल फ्री नम्बर NCELL भए १६६००१५५७७७ वा एनसेल भए ९८०१५७५७७७ मा सम्पर्क गर्न सक्नु हुन्छ ।

 

पेपरलेस वारेन्टीबाट ग्राहकहरूले झन्झट रहित वारेन्टी सजिलै प्राप्त गर्न सकिने भएकोले यसलाई ग्राहकहरूले मनपराई दिनुहुनेछ भन्ने कुरामा कम्पनी विश्वस्त रहेको छ ।

 

सिप्रदी एपमा एक्साइड ब्याट्री रेजिस्टर कसरी गर्ने ? क्लिक गर्नुहोस्

 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001