नेपालस्थित एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ग्राहकको चाहना र प्रविधिको विकासलाई आत्मसात गर्दै यू.पि.एस. ट्युब्लर ब्याट्री बजारमा भित्र्याएको छ। मंगलवार आयोजित एक कार्यक्रममा, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत श्री राजनबाबु श्रेष्ठ ज्यू र एक्साइड इन्डस्ट्रियल इन्डियाका जनरल म्यानेजर अमिताभ बाक्क्षी ज्यूले संयुक्त रुपमा सार्वजनिक गर्नुभयो।
उक्त कार्यक्रममा बोल्दै श्री राजनबाबु श्रेष्ठ ज्यू ले भन्नुभयो "आगामी दिनमा यस ब्याट्रीले नयां उचाई र आयाम छुने कुरामा विश्वस्त हुन सम्पूर्ण डिलरहरुलाई आग्रह गर्न चाहन्छु।" साथै अमिताभ बाक्क्षी ज्यूले नयाँ र अत्याधुनिक रोबस्ट स्पाईन टेक्नोलोजी जडित भएकाले यस ब्याट्रीले लामो समय सम्म ब्याकअप दिने र कम समयमै चार्ज हुने विशेषताका कारणले आउने दिनमा यो ब्याट्री ग्राहकहरुको पहिलो रोजाई हुनेमा प्रा.लि. विश्वस्त पार्नुभयो।
४८ महिना वारेन्टी भएको यस ब्याट्रिमा डिप डिस्चार्ज गर्न मिल्ने, विशेष प्रकारको फ्लोट ले गर्दा पानी हाल्दा सजिलो र पोखिने जोखिम कम हुने, एसिड लेभल उच्च भएको हुँदा बारम्बार रिफिल गरी रहने झमेला नहुने लगायतका विशेषताहरु रहेको कुरा कम्पनीले जानकारी गराएको छ।