अति आवश्यक गाडीहरुको आकस्मिक मर्मतका लागि सिप्रदीको टोल फ्री नम्बर
09 May 2021
यस आपतकालीन समयमा कुनै पनि ठाउँमा आकस्मिक सेवा पुर्याउदै आएका गाडीहरुको मर्मत, पार्टपुर्जा, ईन्जिन आयल वा ब्याट्री सम्बन्धि सेवा चाहिएमा, सिप्रदीको टोल फ्री नम्बरमा सम्पर्क गर्न सक्नु हुन्छ ।
वर्तमान अवस्थामा देशभरि प्रतिदिन बढ्दो दोश्रो लहर COVID 19 संक्रमणको रोकथाम गर्न विभिन्न जिल्ला प्रशासन कार्यालयहरुबाट अति आवश्यक गतिबिधि बाहेक सम्पूर्ण क्रियाकलापहरु निषेध गरी जारी गरिएको आदेशलाई ध्यानमा राख्दै सिप्रदीको सबै शाखाहरु बन्द गरिएको भए पनि राष्ट्रको स्वास्थ्य, सुरक्षा तथा अत्यावश्यक सवारी साधनहरुलाई कुनै पनि किसिमको आकस्मिक मर्मत सेवा दिईरहेको जानकारी दिन चाहन्छौं । हाल सिप्रदीबाट एम्बुलन्स, आकस्मिक स्वास्थ्य सेवा तथा सुरक्षामा खटिएका सवारीसाधनहरुलाई सेवा दिइरहेकोे जानकारी दिन चाहन्छौ ।
यस आपतकालीन समयमा पनि कुनै पनि ठाउँमा गाडी मर्मत, पार्टपुर्जा, ईन्जिन आयल वा ब्याट्री सम्बन्धि सेवा चाहिएमा, सिप्रदीको टोल फ्री नम्बरमा सम्पर्क गर्न सक्नु हुन्छ । यो सेवा अति आवश्यक सेवा प्रदान गरिरहेका गाडीहरुलाई २४ औ घण्टा सेवामा समर्पित रहेको छ । केही परि आएको अवस्थामा हामीलाई १६६००१५५७७७ (NTC) वा ९८०१५७५७७७ (NCELL) मा सम्पर्क गर्न अनुरोध गर्दछौं । यसका साथै अन्य जानकारीको लागि सिप्रदीको २४ विभिन्न स्थानबाट सेवाका लागि परिचालित हाम्रा डेडिकेटेड अधिकारीहरूलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ ।
सिप्रदी आफ्ना ग्राहक, कर्मचारी, डिलर, रिटेलर, प्राविधिक र समुदायको सुरक्षाका निम्ति सदैव सजग छ र जस्तोसुकै विषम परिस्थितिमा सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता अनुरुप हामी सेवा प्रदान गर्न तत्पर छौँ ।
साथै अब सिप्रदीका ग्राहकहरुले सिप्रदी एप्स डाउनलोड गरेर पनि सर्भिस बूकिंग गर्न सक्नुहुनेछ ।