१८ वर्ष पूरा भई २५ वर्ष ननाघेका जोकोहीले दर्खास्त दिन सक्ने छन् । सीमित सिटमा लिइने यस कार्यक्रमका लागि टीएसएलसी उत्तीर्ण गरेको वा औपचारिक शिक्षामा १० कक्षा उत्तीर्ण गरेकालाई कार्यक्रममा समावेश गर्ने नीति हो । त्यस्तै, राष्ट्रिय सीप परीक्षण समितिबाट अटोमोबाइल विषयमा लेभल वानरलेभल टु उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरुलाई तालिममा सहभागी हुन कम्पनीले आग्रह गरेको छ । यस्तो प्रावधान राख्नुमा प्राविधिक पक्षको तालिम भएकाले कम्पनीले शिक्षित व्यक्तित्व खोजेको हो ।
सैद्धान्तिक शिक्षा लिएर प्रयोगात्मक तालिमको खोजीमा रहेकाहरुका लागि यो उत्तम अवसर हो । त्यसैले त्यस्ता इच्छुक व्यक्तिहरुका लागि यस्तो सुवर्ण अवसरको फाइदा उठाउन हुन हामी आग्रह गर्छौं । इच्छुक व्यक्तिहरुले यही पौष २९ गतेसम्ममा दरखास्त बुझाउन सक्नुहुनेछ भने, सिप्रदीको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुबाट तालिमका लागि दरखास्त खुल्ला गरिएको छ ।
अटो मेकानिक्स वा अटो वर्कसपसम्बन्धी विविध तालिमहरु त हामीले बेलाबेलामा दिइ नै राखेका हुन्छौँ । तर प्राविधिक पक्षको यस्तो तालिम भने समय अनुकूल राख्ने गर्छौं । अहिले सञ्चालन गर्न गइरहेको अटो इलेक्ट्रिसियन तालिम चौथो संस्करणको तालिम हो । योभन्दा अघि हामीले यस्ता तीनवटा तालिम सञ्चालन गरिसकेका छौँ ।
हाम्रो लक्ष्य तालिमका लागि तालिम मात्र होइन उपलब्धिमूलक तालिम हो । अहिलेको बजारको माग अनुरूप दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो ध्येय हो । त्यसमा हामीले सञ्चालन गरेका कार्यक्रमहरु प्रभावकारीमूलक नै रहेको पाएका छौँ ।
विगतमा हामीले सञ्चालन गरेका कार्यक्रमबाट प्रशिक्षित भएका व्यक्तित्वहरुले अहिले कुनै न कुनै क्षेत्रमा रहेर काम गरिरहेका छन् । कसैले आफ्नै व्यवसाय सञ्चालन गरिरहेका छन् त कसैले अरूकोमा जागिर गरिरहेका छन् । कतिले त हाम्रै कम्पनीमा जागिर खाइरहेका छन् । जे होस् यो तालिमले मुलुकमा दक्ष प्राविधिक जनशक्ति उत्पादनमा सहयोग गरिरहेको छ । जसले गर्दा हाम्रो ग्राहकहरुलाई समयमा उत्कृष्ट सेवा दिनु नै हो । अहिलेको हाम्रो लक्ष्य पनि यही हो ।
हामीले चलाएको प्राविधिक तालिमले कम्तीमा बजारको माग पूरा गरोस् र यस्तो खालको तालिमको खोजीमा रहेकाहरुको अपेक्षा पूरा होस् भन्ने हो । यस्तो खालको तालिमले मुलुकमा रोजगारीको सिर्जना गरोस् भन्ने उद्देश्य पनि हो । यो हाम्रो अपेक्षा पूरा हुनेमा ढुक्क छौँ ।
तालिमपछि प्रशिक्षार्थीका लागि कुनै जब ग्यारेन्टी छ र?
यस्तो व्यवस्था चाहिँ छैन । हामीले दिने तालिमपश्चात प्रशिक्षार्थीहरुका लागि जब ग्यारेन्टी भनेका छैनौँ । तर राम्रो, उत्कृष्ट गर्नेले अवसर नपाउने भन्ने चाहिँ होइन ।
तालिममा उत्कृष्ट गर्नेले अवसर पाउन पनि सक्छन् । त्यस्ता व्यक्तिलाई हाम्रै कम्पनीमा अवसर प्रदान गर्न सकिन्छ । जुन पहिला चलाइएका तालिमहरुबाट आएका प्रशिक्षार्थीहरुले पनि पाएका थिए । कतिले अहिले टाटा कम्पनीमा नै काम गरिरहेका छन् ।
तालिमको उद्देश्य बजारमा दक्ष जनशक्ति उत्पादन गर्ने हो । उत्पादनपछि जो जहाँ पनि जान सक्छन् । जुन जनशक्तिहरुलाई काम लाग्न पनि सक्छ र हामी आफैलाई काम लाग्न पनि सक्छ । यो तालिमलाई यसरी बुझौँ प्रशिक्षार्थी वा आवेदकको छनोट कसरी गर्नुहुन्छ र?
अहिलेको समय प्रतिस्पर्धीको युग हो । जुन क्षेत्रमा जो सक्षम हुन्छ उसैले अवसर पाउने हो । तर यसो भन्दैमा बन्देज हुँदैन । अटो इलेक्ट्रिसियन तालिमका लागि हामीसँग सीमित सिट छ । ६ महिने कोर्सका लागि जम्मा १० जनालाई तालिम प्रदान गर्दै छौँ । त्यसमा बेसिक कोर्सदेखि इन्टरमिडिएट र डिप्लोमासम्मको कोर्सको सिकाइ हुन्छ । यसका लागि उपयुक्त प्रशिक्षार्थी छनोट गर्नुपर्ने हुन्छ । त्यसैले हामीले शैक्षिक कन्डिसन ९प्रावधानहरु० राखेका छौँ । त्यसबाहेक अन्तरवार्तालाई पनि प्रशिक्षार्थी छनोटको आधार बनाएका छौँ । यदि तालिमका लागि आवेदन माग गरेभन्दा बढी परे मात्र यसो गरिनेछ ।
तपाईंसँग लामो अटो अनुभव छ । करिब दुई दशक अटोमोबाइल क्षेत्रमा नै विताइसक्नु भएको छ । अहिलेको समग्र अटोमोबाइलको सिनारियोलाई कसरी अनुभव गर्दै हुनुहुन्छ र?
अहिलेको समय उपभोगको समय हो । जो कोहीका लागि नयाँ नयाँ प्रयोग र चाहनाले पिरोलेको छ । त्यसैले पछिल्लो समय अटोमोबाइल क्षेत्रमा तीव्र विकास, विस्तार र प्रयोग बढेर गएको छ । आफ्नै उत्पादन नभएको नेपाल आज अटो हब बन्दै छ ।
पहिले पहिले साधारण सवारी साधनहरु मात्र आउँथे । जुन परम्परागत तरिकाले सेवा सर्भिस गरे पनि कुनै कठिन थिएन । तर अहिले बढ्दो प्रविधिसँगै उच्च टेक्नोलोजीमा आधारित सवारी साधनहरु देशमा भित्रिरहेका छन् । सोही अनुरूप टेक्निकल पक्ष सुधार्नु र व्यवस्थित गर्नु अहिलेको चुनौती बनेको छ । अहिले हामीले त्यसको सम्बोधनको पहल गरिरहेका छौँ ।
अटोमोबाइल इन्डस्ट्रीमा टेक्निकल मेनपावरको मागको परिपूर्तिका लागि सिप्रदी ट्रेडिङ तथा टाटा मोटर्सले अटो इलेक्ट्रिसियन तालिम सञ्चालन गर्दैछ ।
(In conversation with Ratopati)