टाटा मोटर्सको पाँचौ ग्लोबल सर्भिस क्याम्पको तेस्रो चरण आजबाट शुरु

टाटा मोटर्सको पाँचौ ग्लोबल सर्भिस क्याम्पको तेस्रो चरण आजबाट शुरु

नेपाल अधिराज्यभरि ४८ वटा सिप्रदीका आधिकारिक सर्भिस सेन्टरबाट कमर्शियल गाडीका लागि एकैसाथ आयोजित हुदै ।
 
नेपालका लागि टाटा मोटर्स् को  आधिकारीक बिक्रेता सिप्रदी टेडिङ्ग प्रा.लि.ले ग्लोबल सर्भिस क्याम्प  यही फाल्गुन ५ देखि १६ गते सम्म बिहानको ९ः३० देखि साँझको ५ः३० सम्म संचालनमा ल्याएको छ । कम्पनिका अनुसार टाटाका कमर्सियल गाडी धनिहरुलाई सहजता प्रदान गर्न यो ग्लोबल सर्भिस क्याम्पको आयोजना गरेको हो ।  २८ मंसिर देखि सुरु भएको ५औ टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्पको यो तेस्रो चरणको सर्भिसिंग क्याम्प हो ।  
 
सिप्रदीका कमर्सियल गाडीको ग्राहक सेवाका प्रमुख साम्देन छिरिंग लामाका अनुसार टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प हाम्रा ग्राहकवर्गहरुलाई निकै नै लाभदायी साबित भएको र ग्राहकहरुको आग्रहमा यो  सर्भिस क्याम्पलाई तेस्रो चरणबाट निरन्तरता दिइरहेको जानकारी दिनु भयो । साथै यो सर्भिस क्याम्प  १० दिनको भएको र अघिल्लो चरणको सर्भिस क्याम्प छुटाउनु भएको ग्राहकहरुलाई यो अवसरको फाइदा उठाउन आग्रह गर्नु भएको छ ।   
 
गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्प, विश्वभरि ४५ राष्ट्र लगायत नेपालका ४८ विभिन्न स्थानहरुमा आयोजित गरिएको छ । यस ग्लोवल सर्भिस क्याम्प अन्तर्गत टाटा मोटर्स सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुनेछ । लेवर चार्जमा २५% छुट,  निःशुल्क इन्जिन आयल टप अप, निःशुल्क इन्जिन आयल टप अप, टाटा जेन्यूइन स्पेयर पार्टसमा १०% छुट, लुब्रिकेन्टस्मा १८% छुट, टाटा जेन्यूइन स्पेयर पार्टसमा ६ महिनाको वारेन्टीका साथै निःशुल्क ४७ प्वाइन्ट चेक जाँच, निःशुल्क कम्प्युटर डाइग्नोसिस र सर्भिस क्याममा सहभागी ग्राहकहरुलाई निःशुल्क रु. २०० को मोबाइल रिर्चाज यो सर्भिस क्यामका आकर्षणहरु रहेका छन् । यसको साथै टाटा गाडी सम्बन्धी केहि जिज्ञाशा वा गुनाशो छ भने, यो सर्भिस क्याम्पमा अनलाइन परामर्शको सुबिधा पनि  रहेको छ ।    
 
सर्भिस बुकिङ्गको लागि ९८०१२२३३४४ मा मिसकल दिन सक्नुहुन्छ ।    
 
 
 
 
 
 
 
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001