गुणस्तरीय सेवाको लागि सिप्रदी वर्कशप

02 Jul , 2020

नयाँ तथा पुराना सम्पूर्ण टाटा कमर्शियल गाडीहरुको लागि सिप्रदी वर्कशप नै किन जाने ?

 

१. गुणस्तरीय सर्भिसिङ्ग :

नयाँ  गाडीको मात्र हैन पुराना गाडीहरुको पनि समय तालिका बमोजिम सर्भिसिङ्ग गर्नु आवश्यक हुन्छ । कम्पनिले तोकेको बमोजिमको जेन्यूइन पार्टस् तथा ल्यूब्रिकेन्टस्को प्रयोग गरी गाडीको सर्भिसिङ्ग गर्दा गाडीको कार्य क्षमतामा वृद्धि हुनुको साथै गाडीको आयु पनि लामो हुन्छ । सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरुमा नयाँ तथा पुराना टाटा कमर्शियल गाडीहरुको साधारण चेक जाँचको साथमा ल्यूव तथा फिल्टर चेन्ज, हब ग्रिजिङ्ग, वासिङ्ग आदि सुविधाहरु उपलब्ध छन् ।

 

२. इन्जिन तथा एग्रिगेट्स ओभरहल :

गाडीको इन्जिन, गियर बक्स, क्राउन, कल्च प्लेट, प्रेशर प्लेट आदि प्रमुख अंग हुन र यस्तो चिजको मर्मत गर्दा धेरै विचार पुर्याउनु पर्छ । अरु ठाउँहरूमा बनाउँदा धैरै खर्चको साथै धैरै समय पनि लाग्न सक्छ र बारम्बार समस्या पनि आउन सक्छ । सिप्रदीका सर्भिस सेन्टरहरुमा टाटा जेन्यूइन स्पेयर पार्टस् को  प्रयोग गरी दक्ष टेक्निशियन तथा अटोमोवाइल इन्जिनियरको प्रत्यक्ष निगरानिमा इन्जिन तथा एग्रिगेटस् ओभरहल गर्ने सुविधा छ । यसका साथै पुराना गाडीहरुको ६ दिनमा इन्जिन बनाएर २ वर्ष सम्मको वारेन्टि सुविधा पनि रहेको छ ।

 

३. एक्सिडेन्टल तथा डेन्ट पेन्ट सेवा :

सिप्रदीका सर्भिस सेन्टरहरुमा एक्सिडेन्टल तथा डेन्ट पेन्ट सम्बन्धि सम्पूर्ण सुविधा उपलब्ध छन् । एक्सिडेन्टल कामहरुको लागि नेपालमै पहिलो पटक नगद रहित बिमा सुविधा पनि उपलब्ध रहेको छ ।

 

४. इलेक्ट्रिकल वर्क :

BSIII तथा BSIV गाडीहरु बनाउँदा धेरै ध्यान दिनु पर्छ । यी गाडीहरुमा धेरै इलेक्ट्रिकल सिस्टम छन् र यस्ता गाडीहरु बनाउँदा ल्यापटप, सफट्वयेर तालिम प्राप्त टेक्निसियन तथा इन्जिनियरको आवश्यकता हुन्छ । सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरुमा  इलेक्ट्रिकल कामहरुको लागि पूर्ण सुविधा र दक्ष जनशक्ति उपलब्ध छ ।

 

५. ब्रेकडाउन एसिस्टेन्स् :

नयाँ तथा पुराना कुनै पनि टाटा कमर्शियल गाडीमा यदि बाटोमा कतै कुनै समस्याहरु भएमा तत्काल सेवा प्रदान गर्नका लागि सिप्रदीमा २० वटा मोवाइल सर्भिस भ्यान तथा ६९ वटा आकस्मिक मर्मत सेवा पनि उपलब्ध छन् ।

नयाँ तथा पुराना सम्पूर्ण टाटा कमर्शियल गाडीहरुको सर्भिस बुकिङ्ग अथवा मर्मत  गर्न

NTC भए 16600155777 वा

Ncell भए 9801575777 मा सम्पर्क गर्न सक्नुहुन्छ ।

 

SIPRADI Commercial Vehicles Repair and Servicing

 

9802333150 9801123001