कोरोना महामारीबाट कसरी बच्ने ?

28 Aug , 2020

हाल विश्वभरी फैलिरहेका कोरोना भाइरसको संक्रमण हामीसंग लामो समयसम्म रहने अनुमान गरिएको छ । त्यसैले हामी आफै सतर्क र सावधान भएर बच्न जरुरी छ ।

 

कोरोना भाइरसको संक्रमणबाट बच्न अब के गर्ने त ?

सरसफाई र एकआपस बीच भौतिक दुरीमा ध्यान दिनु बाहेक अरु केहि विकल्प छैन ।

 

के हामीले अपनाएको विकल्पहरु सहि छ त ?

अहिले अधिकांश मानिसहरू घरभित्रै सीमित रहेर यो भाइरस फैलिने जोखिमको न्यूनीकरण गर्ने प्रयासमा छन् । तर यसको साथै यी उपायहरुमा पनि अवलम्बन गर्न जरुरी छ :

 

१ .  फेस मास्कको सहि रुपमा प्रयोग गरौँ

साधारणतया मास्क नाक र मुख छोप्ने गरी लगाउनुपर्छ, जसले हामीलाई हावामा भएका किटाणुहरु नाक र मुख हुँदै फोक्सोसम्म जानबाट रोक्छ ।  जब हामीले नाक र मुख छोप्नेगरी मास्क लगाएर बाहिर निस्कन्छौ र संयोगबस हामी कोही कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आयौ भने त्यतिबेला भाइरस हाम्रो नाक र मुखको बाटो हुदै फोक्सोसम्म पुग्न सक्दैन्न तर हाम्रो शरीरको कपडाले नढाकेको भाग मुख्यतः घाँटी टासिएर बस्छ । जब हामी लामो समयसम्म मास्क लगाएर थाकछौ अथवा मास्कलाई घाँटीमा झारछौ, त्योबेला घाँटीमा टाँसिएर बसेको कोरोना भाइरस मास्कको भित्रि भागमा टाँसिन्छन् र फेरी केही समयपछि जब हामीले मास्क घाँटीबाट तानेर नाक र मुख छोप्छौ, त्यसपछि कोरोना भाइरस सजिलै नाक र मुख हुँदै फोक्सो सम्म पुग्छ ।

 

२.  मास्क निकालेर बोल्ने बानी छोडौं 

अरुसँग बोल्दा बुझिएन होला भनेर मास्क तल तानेर बोल्दा यदी हामीले गफ गारिरहेको व्यक्ति संक्रमित छ भने त्यही समय कोरोना भाइरस सर्न सक्छ, किनकी कोरोना भाइरस सर्न लामो समय लाग्दैन ।

 

३.  बाहिरका व्यक्ति  भेट्न जाँदा

एकै घरमा संगै बस्ने परिवारजन भन्दा बाहिरका व्यक्ति घरमा आउदा आफ्नो घर भित्र पसे पछि मास्क खोलेर र १ मिटर भन्दा थोरै दुरिमा संगै बसेर गफ गर्ने गर्दा कोरोना को संक्रमणको संभावना बढ्छ। त्यसैले अर्काको घर जाँदा हात सफा गरौ र मास्क लगाएर कुरा गरौ ।

 

४.  मास्क नलगाई नबोल्ने

मास्क नलगाएको व्यक्तिबाट आफुले मास्क लगाए तापनि कम्तीमा २ मिटर पर बस्ने । मास्क लगाएको २ व्यक्तिबीच भौतिक दुरी पनि १ मिटर भन्दा कम हुनु हुदैन ।

 

५.  निजी सवारी साधनमा छिर्नसाथ गफ गर्न मास्क खोल्ने

निजी सवारी साधनले मानिसमा भएको कोरोना मार्दैन । हामी एकै घरमा संगै बस्ने परिवार गाडीमा हिड्दा मास्क खोल्दा फरक नपर्ला तर परिवार भन्दा बाहिर व्यक्तिसँग सिसा बन्द गरेर तथा AC चलाएर सवारी साधनमा हिड्नु भनेको झनै असुरक्षित हुनु हो ।

 

६.  हामीलाई सर्दैन भन्ने मानसिकता त्यागौं 

आफु र आफ्नो परिवारलाई कोरोना लाग्न सक्ने सम्भावना नभएको र अरुलाई मात्र कोरोना भाइरस लाग्न सक्ने भएकोले स्वास्थ्य सतर्कता अरुले मात्र अपनाउनुपर्ने मानसिकता राख्नु ।

 

७.  पारिवारिक जमघट भएपनि अनुशासन पालना गरौँ 

संगै बस्ने परिवारमा बुढापाका तथा बच्चा सदस्य हुनुहुन्छ भने बाहिर काममा निस्किने युवाहरुले झन् अनुशासित हुनुपर्छ । युवाहरु बाहिर जाँदा कोरोना भाइरसबाट संक्रमित भएपनि लक्षण नदेखिन सक्छ तर त्यही युवाले घरमा अपनाउनुपर्ने पालना गरेन भने घरमा भएका बुढापाका तथा बच्चाहरु अथवा अरु कुनै रोग भएका सदस्यलाई सार्यो भने ती व्यक्तिहरुमा कोरोनाले भयाभह रुप लिन सक्छ ।

 

८.  मेडिकल ग्लोब्सको प्रयोग गर्ने

साधारणतः हाम्रो हातमा केही फोहोर लाग्यो भने हामी हात धुन्छौँ अथवा सेनीटाइजर लगाउछौं तर पन्जा (Medical Gloves) लगाएपछि हामी हाम्रो हातलाई सुरक्षित ठान्छौं त्यसैले जहाँतहिं छुन्छौँ र थाहै नपाई एकछिनपछि आफ्नो शरिरको अन्य भाग अथवा आफ्नो सरसामान जस्तै मोबाइल, पर्स, चस्मा छुन्छौँ र असुरक्षा बढाउँछौँ । त्यसैले Medical Gloves लगाउँदा झन् असुरक्षा बढाउँछ ।

 

९. अनुशासित बनौं

एकैछिनको लागि त्यहाँबाट तरकारी किनेर ल्याउन पनि किन मास्क चाहिन्छ भनी मास्क नलगाई हिड्नाले जोखिम झन् बढ्छ ।

 

How to prevent from COVID19

 

If Mental Health is one of your priority, please do read our article that has few activities to ensure your mental and emotional well-being.

9802333150 9801123001