टाटा मोटर्स द्वारा "TATA MOTORS Valentine Week Wheels Of Love" कार्यक्रमको आयोजना
टाटा मोटर्स नेपालको लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि ले भ्यालेनटाइन डेलाइ लक्षित गरेर  "TATA MOTORS Valentine Week Wheels Of Love" नामक विशेष कार्यक्रमको आयोजना गरेको छ । टाटा मोटर्सको थापाथली स्थित सोरुममा फेबु्रअरी १३ देखि १५ सम्म यस कार्यक्रमको आयोजना भईरहेको छ । यस अवधि भित्र सोरुममा आउन्हुने ग्राहकहरुलाई टाटा मोटर्सले मनोरञ्जनात्मक प्रस्तुति सहित विभिन्न उपहारहरुले स्वागत गरिरहेको छ । ग्राहक महानुभावहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ आकर्षक तथा अत्याधुनिक डिजाइनका टाटाको गाडिहरु एच फाईभ नेक्सन, टियागो र टिगोर लगाएतका गाडिहरुको अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नुहुनेछ । यस अवधि भित्र सोरुममा आएर टाटाको जुनसुकै मोडलको गाडिहरु खरिद गर्नुहुने ग्राहकहरुलाई कपल टुर टु माल्दिभस, बुकिङ्ग गर्नुहुने ग्राहकहरुलाई डाइमण्ड रिङ्ग, प्रत्येक भ्याल्युएसनमा पफ्र्यूम को साथै निःशुल्क जेन्युइन एसेसरिज, डोर प्राइज, एक वर्षको निःशुल्क रोड टयाक्स तथा टेस्ट ड्राइभ गर्नुहुने ग्राहकहरुलाई पनि आकर्षक उपहारहरु प्रदान गर्नेछ ।
सुवर्ण अवसरको फाइदा उठाउँदै सु–सज्जित सोरुममा पाल्नुभई गाडि टेस्ट ड्राइभ, बुकिङ्ग तथा खरिद गर्नुहुन टाटा मोटर्सले सवैलाई आग्रह गरेको छ ।
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स् र सिप्रदी अटोपार्टसद्वारा ‘टाटा गुरु भेला’ सम्पन्न
टाटा मोटर्स् र सिप्रदी अटोपार्टसद्वारा हालैमात्र टाटा गुरु कार्यक्रम सम्पन्न भएको छ । पोखरामा आयोजित उक्त कार्यक्रममा जनकपुर देखि महेन्द्रनगर र पोखरा सम्म ... 06 January 2019
टाटाको नयाँ ‘विंगर मिनीबस’ नेपालमा
टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङले “विंगर मिनिबस“ सार्वजनिक गरेको छ । नेपालमा बढ्दो टुर र ट्राभललाई लक्षित गरेर नयाँ उत्पादन ... 06 January 2019
सिप्रदी अर्थमुभर्सले ल्यायो नयाँ प्रोडक्ट
नेपालका लागी टाटा हिटाचीको अधिकृत बिक्रेता सिप्रदी अर्थमुभर्स प्रालीले हालैमात्र एक कार्यक्रममा आफ्नो नयाँ प्रोडक्ट टाटा EX- १३० र EX-७० सार्वजनिक गरेको ... 06 January 2019