थापाथलीको टाटा शो-रुममा ‘जनवरी फेस्ट’को रौनक

टाटा मोटर्स र यसको नेपालका लागि अधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नयाँ वर्षको उपलक्ष्यमा ‘जनवरी फेस्ट’ कार्यक्रम सुरु गरेको छ । कार्यक्रम टाटा मोटर्सको थापाथलीस्थित अत्याधुनिक शो-रुममा शुक्रबारदेखि सुरु भएको हो । आइतबारसम्म सञ्चालन हुने कार्यक्रममा टाटा प्रेमीहरुको भीड लागेको छ । यसमा ग्राहकले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु जेस्ट, टियागो, टिगोर, केक्जा, स्ट्रोम लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न र जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेञ्ज गर्न सकिने व्यवस्था गरिएको छ ।

‘जेन फेस्ट’मा गाडीको अवलोकनको साथसाथै इन्सुरेन्सको सुविधा, अन द स्पट फाइनान्सको सुविधा, म्याजिक शो, मनोरञ्जनात्मक नृत्यहरु तथा फुडहरुको मज्जा लिन सकिन्छ । फेस्ट अवधिभर बुकिङ गर्नुहुने ग्राहकहरुलाई आर्कषक उपहारको पनि व्यवस्था गरिएको टाटाको असिस्टेन्ट जनरल म्यानेजर अर्जुन कार्कीले अनलाइनखबरलाई जानकारी दिए । बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म चल्ने कार्यक्रममा ग्राहकहरुको उल्लेख्य सहभागिता देखिएको छ । 

नयाँ वर्षमा गाडी किन्नेहरुलाई हामीले उत्कृष्ट अफरका साथमा नयाा शो-रुममा स्वागत गर्न पाउँदैछौं,’ कार्की भन्छन्,’टाटाका ग्राहकले हाम्रो शो-रुममा टाटाका उत्कृष्ट उत्पादनलाई उत्सवका बीच नजिकबाट हेर्न, किन्न र एक्सचेन्ज गर्न माका पाउनुहुनेछ ।’ टाटाले आफ्नो नयाँ कार शो-रुमलाई भब्य र शानदार रुपमा प्रस्तुत गरेको छ । ६ हजार २ सय स्क्वायर फूटमा फैलिएको टाटाको शो-रुम नेपालकै सबैभन्दा ठूलो आधुनिक अटो शो-रुम भएको दावी कम्पनीको छ ।

यही भव्य शो रुममा कम्पनीले जनवरी फेस्ट आयोजना गरेर नयाँ वर्षमा गाडी किन्ने ग्राहकलाई विशेष सुविधा दिएको छ ।

Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001