टाटा मोटर्सद्वारा रूट एप्लिकेसन र टुर र ट्राभलका लागि उपयुक्त नयाँ विंगर मिनीबस सार्वजनिक
भारतको सबैभन्दा ठूलो व्यापारिक सवारीसाधन निर्माता टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा।लि। ले नेपालमा बढ्दो टुर र ट्राभललाई लक्षित गरेर नयाँ उत्पादन विंगर मिनिबसू सार्वजनिक गरेको छ । ३६ लाख ३० हजारबाट शुरू हुने विंगर मिनिबस काठमाडौं, इटहरी र बुटवल गरी तिन वटा बजारमा चरणवद्ध रूपमा सार्वजनिक गरेको छ । 
 
सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै टाटा मोटर्सका (भि पि - प्रडक्ट लाइन एस सि भि), बिनय पाठकले भन्नुभयो, नेपाल व्यापक शहरीकरण, ट्राफिक संकुचन र वातावरणीय चिन्ता भएको देश हो । टाटा विंगर मिनिबस एक कायापलट गर्न सक्ने उत्पादन हुने जसले नेपालमा रूट एप्लिकेसन र टुर र ट्राभल अपरेटरहरूका लागि उत्पादन कार्यसम्पादन र इन्धनको क्षमताको बढ्दो आवश्यकतालाई सम्बोधन गर्नेछ । यसले स्टाइल, फराकिलो स्थान, आराम र सुरक्षा प्रदान गर्दछ र हामी यो मिनिबस ठूलो परिवार, व्यापारहरू र सटल अपरेटरहरूमाझ चर्चित हुने कुरामा ढुक्क छौं ।ू
 
समारोहमा बोल्दै सिप्रदी ट्रेडिङ प्रा। लि।का श्री राजनबाबु श्रेष्ठले भन्नुभयो, ूटाटा मोटर्ससँगको हाम्रो सम्वन्ध अगस्त १९८२ देखिको हो । यी वर्षहरूमा, टाटा मोटर्सले नेपाली बजारमा उसको स्थान विस्तार गरेको छ र सिप्रदीमा रहेर हामीले यी उत्पादनहरूलाई समृद्ध खरीद अनुभव र विक्रीपछिको उच्च स्तरीय सेवा सहायताको माध्यमबाट सहयोग जारी राख्नेछौं । हामीले चार महिनाअघि टाटा विंगर मिनिबसको आयात गरेका थियौं र यो नयाँ उत्पादनलाई देशका विभिन्न स्थानहरूमा कठीन र निरन्तर परीक्षणमा राखेका थियौं । हामीले टाटा विंगरलाई पुर्ण क्षमतामा नेपालको पश्चिमदेखि पूर्व र पुनः पश्चिममा र दार्चुलाको उत्तरी पहाडी क्षेत्रमा पनि परीक्षण गरेका छौं र यो उत्पादनले यसको तेज र चुस्ततालाई प्रमाणित गरेको छ र हाम्रो अविश्वसनीय सडकका लागि उपयुक्त मेल बनेको छ । नेपालमा आकर्षक मूल्यमा विकसित विशेषतासहित टाटा विंगर मिनिबसलाई परिचित गराउन पाउँदा हामी एकदमै ढुक्क छौं । बसहरू अझै पनि नचल्ने साँघुरो सडकमा आरामदायी यात्राका लागि बढ्दो मागलाई सम्बोधन गर्नका लागि, हामी टाटा विंगर मिनिबसले देशको अन्तिम माइलको यात्रुको मागलाई बढावा दिदैं देशभर उद्यमशीलता विकास जारी राख्ने कुरामा विश्वास राख्दछौं ।ू
 
रूट एप्लिकेसन र टुर र ट्राभल्स खण्डका लागि विशेष रूपमा विकास गरिएको विंगर मिनिबसले यात्रुहरूका लागि अद्वितीय आराम र अपरेटरका लागि किफायती प्रदान गर्दछ । टाटा विंगर मिनीबस ५४५८ मिमी लामो छ र १५ इन्चको ह्विल क्याप भएको टायरसहित आउँछ जसले सवारी साधनलाई स्टाइलिस देखाउँछ र ग्राउन्ड क्लियरेन्स १८० मिमी दिन्छ । १९०० मिमीर६।३ इन्चको आन्तरिक उचाइँले यात्रुहरूको चाललाई सजिलो बनाउन मदत गर्दछ । लामो दूरीको यात्राका लागि, विंगर मिनीबसले ६०० लिटरको पर्याप्त लगेज स्थान उपलब्ध गराउँछ । 
 
आरामदायक भित्री माहौलले आरामको विकसित मात्रा र उच्चतम सडक अनुभव प्रदान गर्दछ । यो सवारीसाधनमा आरामदायी पछाडि धकेल्ने सिटहरू, व्यक्तिगत वातानुकुलीत भेन्टहरू, सिटको हरेक पंक्तिमा युएसबी चार्जिङ प्वाइन्ट प्रदान गर्दछ जसले छोटो र लामो दुबै यात्रालाई स्मरणीय बनाउँछ । साथै, विंगरको मोनोकोक बडि निर्माणले कारजस्तै कम मात्राको ध्वनी, कम्पन ९एनभीएच० सुनिश्चित गर्दछ । स्वतन्त्र अगाडिको सस्पेन्सन र हाइड्रोलिक शक एब्जर्वरसहितको एन्टिरोल बारले नझ्याक्ने यात्राको सुनिश्चितता गर्दछ । 
 
अधिकतम कार्यसम्पादन र इन्धनको किफायतीका लागि, विंगर मिनीबसमा टाटा मोटर्सको २।२ लिटरको डाइकर इन्जिन छ जसले १०० हर्सपावरको शक्ति र १९० एनएमको फ्ल्याट टर्क दिन्छ र कम आरपीएममा पनि धेरै तान्न् शक्ति सुनिश्चित गर्छ । १५ सिट भएको यो सवारी साधनमा अगाडि स्वतन्त्र एमसी फेर्सन स्ट्रुट सस्पेन्सन सिस्टम छ जसले राम्रो गतिशीलता र उच्चतम आराम प्रदान गर्दछ । टाटा विंगर मिनीबसमा अगाडिको एक्सेल ड्राइभ छ जसले कारको जस्तो कम ध्वनी, कम्पन ९एनभीएच० दिन्छ । अगाडिको एक्सेलले कम वजन, राम्रो संकर्षण प्रदान गर्दै ट्रान्समिसन नोक्सानी घटेको सुनिश्चित गर्छ ।
 
यो सवारीसाधनमा ३ वर्ष वा ३ लाख कि मी जुन अगाडि हुन्छे को विस्तारित वारेन्टी छ जसले यसलाई यसको श्रेणीमा सबैभन्दा भरपर्दो र विश्वासिलो भ्यान बनाएको छ । 
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001