टाटाको योद्धा पिकअपः एक वर्षमै एक हजार बिक्री, नम्बर एक बन्ने लक्ष्य

टाटा कम्पनीको योद्धा पिकअप गाडीले नेपाली बजारमा आफुलाई निकै अगाडि ल्याएको छ। टाटा कम्पनीका लागि नेपालको आधाकारिक बिक्रेता सिप्रदि ट्रेडिङका अनुसार एक वर्षमै यो पिकअप भ्यान एक हजार बिक्रि भैसकेको छ र अर्को एक वर्षमा नम्बर एक बन्नेतर्फ उन्मुख छ।

सिप्रदि ट्रेडिङमा टाटाका पिकअप सेग्मेन्ट म्यानेजर रामेश्वर घिमिरे योद्धा पिकअप गतवर्ष सार्वजनिक हुनुअघि जुन अपेक्षा गरिएको थियो त्यो अहिले यथार्थमा परिणत भएको बताउँछन्।

‘एक वर्षमै नेपालमा योद्धा पिकअप एक हजार बढी बिक्रि भैसकको छ र यसको माग दिन प्रतिदिन बढ्दै गएको छ’, घिमिरे भन्छन्, ‘बिक्रिदर धेरै हुनु र माग बढ्नुमा धेरै पक्षले प्रभाव पारेको छ।’

गाडी किन्नु पहिले त्यसको क्षमता र फिचरहरु हेर्ने गरिन्छ। नयाँ गाडी बजारमा आउँदा त्यो कस्तो छ भन्ने कौतुहलता ग्राहकलाई हुन्छ। सिप्रदीले योद्धा पिकअप नेपालमा सार्वजनिक हुनुअघि नै यो गाडी नेपाली ड्राइभरहरुलाई देखाउने र बुझाउने काम गरेको थियो। अहिले बिक्रि धेरै हुनुमा त्यसले काम गरेको घिमिरे बताउँछन्।

गत वर्ष भदौमा यो गाडी नेपाली बजारमा सार्वजनिक हुनु पहिले नै सिप्रदीले १५ सय जनालाई ‘टेस्ट ड्राइभ’ गराइसकेको थियो, जो पेशागत रुपमै ड्राइभिङ गर्नेहरू थिए। उनीहरुको प्रतिक्रिया लिएर मात्रै कम्पनीले बजाारमा यो गाडी सार्वजनिक गरेको थियो।

पेशागत रुपमा ड्राभिङ गर्ने तथा पिकअप गाडी चलाउनेहरुका लागि योद्धा पिकअप चिन्न यो राम्रो अवसर बन्यो। आफ्नो उत्पादनको गुणस्तरप्रति विश्वस्त रहेको टाटाले गाडी लन्चपछि ग्राहकलाई अर्को अवसर पनि प्रदान ग¥यो। जस अन्तर्गत यो गाडी खरिद गर्न चाहनेले २–३ दिन गाडी चलाएर हेरेपछि मात्रैै खरिद गर्न सकिने अफर जारी ग¥यो। त्यसले योद्धा पिकअपप्रति ग्राहकहरु बढी आकर्षित भएको घिमिरे बताउँछन्।

नेपालमा बजार मुल्य २१ लाख ५० हजार रहेको यो गाडीको छुट सहितको मुल्य २० लाख १५ हजार रुपैयाँ रहेको छ। ग्राहको हितलाई मध्यनजर गरि कम्पनीले दुई वर्षसम्म निःशुल्क मर्मतको व्यवस्था गरेको छ।

नेपालका सडकका लागि उत्कृष्ट भनिएको यो पिकअपको ग्राउण्ड क्लियरेन्स २१० एमएम रहेको छ। उत्कृष्ट ग्राउन्ड क्लियरेन्सले गर्दा फलफूल, तरकारी, पोल्ट्री, माछा, दूध लगायत जुनसुकै सामान ढुवानीमा यो पिकअप प्रयोग गर्न सकिन्छ। क्यास भ्यान र कन्स्ट्रक्सन साइटहरुमा सर्भिस सपोर्ट भेहिकलका रुपमा ढुक्कले प्रयोग गर्न सकिन्छ। योद्धा पिकअपमा ८५ एचपीको ३.० लिटरको इञ्जिन छ जसले २५० एनएम टर्क उत्सर्जन गर्छ। यसको अगाडि हाइड्रोलिक, ट्वीन पट क्यालिपर डिक्स ब्रेक र पछाडि ड्रम ब्रेक छ।

अधिक सुरक्षाका लागि फराकिलो १६ इञ्चको टायर राखिएको योद्धा पिकअप आरामदायी यात्राका लागि निकै उपयोगी छ।

पिकअपमा २ जनाका लागि आरामदायी सिट छ। साथै ड्युअल रिडिङका साथमा ट्रिप मिटर रहेको छ जसले गाडिको गति र यात्रा अवधिभरको रुटलाई सजिलै ट्रयाक गर्न सक्छ। यो गाडी १० हजार किलोमिटर वा ६ महिनामा एक पटक सर्भिसिङ गरे पुग्छ, ग्रिजिङ गर्नु पर्दैन। ४५ लिटर इन्धन क्षमता रहेको योद्धा पिकअपको कम्पनी वारेन्टी ३ वर्ष वा ३ लाख किलोमिटर रहेको छ। 

योद्धा पिकअपबाट धेरै आशा राखेको टाटाले अबको एक वर्षमा यो पिकअप नेपालकै नम्बर एक बनाउने लक्ष्य राखेको छ।

 

 
 

 

Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001