टाटा मोटर्सले ल्यायो नयाँ टियागो डुअल टोन मोडल

टाटा मोटर्सले आफ्नो पछिल्लो गाडी टियागो मोडलको अपार सफलतापछि आˆनो पुरानातथानयाँ संभावित ग्राहकहरुको लागि नयाँ टियागो डुअल टोन मोडल सार्वजनिक गरेको छ । फूलअप्सन मोडलको रु २६.९५ लाखमा पाईने यो गाडी एकदमै नयाँ, स्पोर्टी र विश्वसनीय देखिन्छ । यो गाडी १.२ लि. को रिभोटोर्न ईन्जिन सहित ८५ पि.एस. पावर भएको छ भने प्रति लिटर २३.८४किमि माइलेज दिने कम्पनीको दाबी छ ।

अरु थप विशेषताहरुमा दुईवटा एसआरएसएअर ब्याग्स, अटोमेटिक ब्रेकिङ्ग सिस्टम, रिभर्स पार्किङ्ग सेन्सर, मल्टी ड्राईभ मोड छ भने यसमा आठ वटा स्पिकर सहित हर्मनको ईन्फोटेनमेन्ट सिस्टम, २४ वटा युटिसलटी स्पेस र २४२ लिटरको बुट स्पेस उपलब्ध छ । यीबाहेक अन्य थप विशेषताहरु पनि यसमा रहेको छ ।

सिप्रदीका प्रतिनिधि भन्छन् “हामी ग्राहकहरुलाई आफूले लगानी गरेको मूल्यमा राम्रो मोबिलिटी दिन चाहन्छौं । टाटा टियागोको सफलता मनाउँदै हामीले वर्तमानतथा सम्भावित ग्राहकहरुलाई नयाँ मोडलमा केही विशेष दिन खोजेका छौं । टियागो डुअल टोन स्टाईलिस र फ्रेस हुनुका साथै आकर्षक मूल्यमा उपलब्ध छ । नयाँ थप आकर्षक विशेषताहरु सहित आएको टियागो डुअल टोन टाटा ब्राण्डका गाडीहरु थप आकर्षक, सामाजिक प्रतिष्ठा र प्रगतिको थप पहल हो भन्ने हामीलाई लागेको छ ।”

 

Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटाको कार किन्नेलाई हेलिकप्टरबाट लाङटाङ लगेर साँचो
नेपालको सडक सुहाउँदो सवारी साधनका रूपमा ख्याति कमाएको टाटा ब्रान्डका गाडी नाडा अटो सोमा पनि आकर्षणको केन्द्र बनेको छ  । नेपालमा टाटाको ... 14 September 2018
चिन्नुहोस् टाटाका लोकिप्रय ५ कारलाई
काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो-शो चलिरहेको छ । नाडामा टाटाको स्टलमा ठूलो भीड लागेको देख्न सकिन्छ । केही वर्षअघिसम्म प्यासेन्जर कार सेगमेन्टमा खासै ... 14 September 2018
सिप्रदी अर्थमुभर्सको शाखा कार्यालय अब पोखरामा
नेपालका लागी टाटा हिटाचीको एकमात्र आधिकारीक बितरक सिप्रदी अर्थमुभर्स प्रा.ली.ले देशैभरी आफ्नो व्यवसाय बिस्तार गर्ने क्रममा हालै मात्र पोखरामा नयाँ शाखाको उद्घाटन ... 15 October 2018