टाटा मोटर्स र सिप्रदी ट्रेडिङले गरे ‘वाकाथन’

‘शिक्षामा समानता आजको आवश्यकता’ भन्ने मुलनाराको साथ टाटा मोटर्सले तथा सिप्रदी ट्रेडिङ्गले राजधानीमा वाकाथन सम्पन्न गरेको छ ।

टाटा र यसको नेपालस्थित आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङको संयुक्त प्रयासमा आयोजित वाकाथनको प्रमुख उद्देश्य नेपाली शिक्षा जगतमा सकारात्मक योगदान पुर्‍याउनु रहेको जनाइएको छ ।

कार्यक्रममा सहभागी हरेक व्यक्ति बराबर एक हजारका दरले टाटा र सिप्रदीले शिक्षा क्षेत्रको विकासका लागि आर्थिक सहयोग प्रदान गर्नेछ ।

करिब पाँच सय जनाको उत्साहपुर्ण सहभागिता रहेको वाकाथन टाटा मोटर्सको शोरूम रहेको थापाथलीबाट सुरू भई त्रिपुरेश्वर, रत्नपार्क, भद्रकाली, माइतीघर हुँदै पुन थापाथलीस्थित टाटाको शोरूममा आएर टुंगिएको थियो ।

कार्यक्रममा टाटा मोटर्स नेपालको लागि कन्टि्र म्यानेजर अजित नारायण सिंहले यस वर्ष पनि नेपालको शिक्षा जगतको विकास र विस्तारको लागि केहि नयाँ प्रयास गर्न पाएकोमा खुसी गरे । उनँले यस्ता कार्यक्रमले शिक्षा सम्बन्धि व्यापक चेतनाको विकासको लागि ठूलो भूमिका खेल्ने र अरुलाई पनि यस्तै कार्य गर्न उत्प्रेरणा दिने विश्वास व्यक्त गरे ।

त्यसैगरी सिप्रदी ट्रेडिङ्गका कार्यकारी अध्यक्ष सिद्धार्थसम्शेर राणालेसधैं सामाजिक उत्तरदायित्व प्रभावकारी ढंगले पुरा गर्न कटिबद्ध रहेको जनाए ।

 

Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001