चिन्नुहोस् टाटाका लोकिप्रय ५ कारलाई

काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो-शो चलिरहेको छ । नाडामा टाटाको स्टलमा ठूलो भीड लागेको देख्न सकिन्छ । केही वर्षअघिसम्म प्यासेन्जर कार सेगमेन्टमा खासै विश्वास नगिरएको टाटा अहिले नेपाली बजारमा निकै बलियो सावित भइसकेको छ ।

टाटाको आधिकारिक बिक्रेता सिप्रदी अटो ट्रेडिङका असिस्टेन्ट जनरल म्यानेजर अनुर्ज कार्की नाडामा ग्राहकबाट निकै राम्रो प्रतिक्रिया प्राप्त भइरहेको बताउँछन् । टाटाले यो वर्ष नाडामा टिगोरको इलेक्टि्र भर्सन पनि प्रदर्शनमा राखेको छैन । हाल यो विद्युतीय कारको बुकिङ लिइएको छैन । कार्की नाडामा नेक्सनप्रति नै धेरै ग्राहकको ध्यान खिचिएको बताउँछन् । त्यस्तै जेस्ट, टिगोर, टियागो, हेक्जाको बुकिङ लिने पनि कम छैनन् ।

नेक्सन
कम्प्याक्ट एसयूभी नेक्सन टाटाको सबैभन्दा बढी रुचाइएको गाडीमध्ये एक हो । निकै प्रतिस्पर्धी मूल्यमा नेपाली बजारमा आएको नेक्सनले निकै राम्रो प्रभाव छाड्दै गएको कम्पनी बताउँछ ।

टाटा नेक्सनमा केही भागका डिजाइनहरु ल्याण्ड रोभर मोडेलहरु, विशेष गरी रेञ्ज रोभर इभोकबाट प्रेरित छ । कर्भ डिजाइन, पृथक स्टाईल र स्मार्ट फिचरहरुका साथ नेक्सनले कम्प्याक्ट एसयूभी स्पेसको वर्गमा नयाँ आयाम ल्याएको छ । डुअल कलरटोनमा उपलब्ध यो कार केही नवीन र चाख लाग्दो स्टाईल फ्याक्टरहरुबाट सुसज्जित छ । यसमा प्रोजेक्टर हेडल्याम्पस्, एलइडी डे टाइम हेडल्याम्प र एलइडी टेलल्याम्प तथा १६ इन्च एलोय ह्वील महत्वपूर्ण विशेषताका रुपमा छन् ।

नेक्सनको डिजाइन निकै अब्बल किसिमको छ । त्यसैले यो एउटा कम्पलिट कम्प्याक्ट एसयूभी भएको दावी वितरक सिप्रदी ट्रेडिङको छ ।  यसका अलावा डुअल टोन रुफ, १६ इन्च मेसिन कट एलोय हृवील र फ्लेयर्ड हृवील आर्चेजले यसलाई स्पोर्टी र प्रिमियम लुक्स दिएको छ ।

टाटा नेक्सनको इन्टेरियरलाई सजाउन पनि कम्पनीले निकै मिहिनेत गरेको छ । उत्कृष्ट फिनिससहितको उच्चस्तरीय इन्टेरियरका साथै पि्रमियम लुक्सको ड्यासबोर्डले कारलाई थप आकर्षक बनाएको छ । नेक्सनमा रहेको ड्यास टप एचडी इन्फोटेन्मेन्ट डिस्प्ले र मल्टी-ड्राईभिङ मोड सिस्टम पनि मजबुत पाटा हुन् । यसको इन्टेरियर अन्यको भन्दा अलग पनि छ ।

नेक्सनमा थ्री टोन क्याबिन छ । यो एसयूभीमा ६.५ इन्चको फ्लोटिङ ड्यासबोर्ड टचक्रिन लगाइएको छ । कम्पनीकाअनुसार यो सेगमेन्टमै आएको पहिलो सुविधा हो । कम्र्फटका मामिलामा गाडी निकै अब्बल छ । यसको फ्रन्ट र रेयर सिटमा पर्याप्त स्पेस छ । कारको सिटमा राम्रो खालको लेदरको प्रयोग गरिएको छ । यसमा ड्राइभर सिट हाइट एड्जस्टमेन्ट, फूल्ली अटोमेटिक क्लाइमेट कन्ट्रोल लगायतका फिचर्स पनि छन् ।

त्यसैले यो निकै आरामदायक छ । कारमा ठूलो ग्लो बक्स पनि दिइएको छ । कप होल्डर पनि छन् । नेक्सनमा ३५० लिटरको बुट स्पेस छ । रेयर सिट फोल्ड गरियो भने ६९० लिटर हुन्छ । यसमा स्मार्ट कि र पुस बटन स्टार्टको सुविधा छ । यसमा अटो तथा मेनुअल क्लाइमेट कन्ट्रोल सुविधासहितको एयर कन्डिसनर, पावर आउटलेट लगायतका एसयूभीमा हुनुपर्ने सबै खालमा सुविधा छन् । युएसबी चार्जर, रेयर पावर आउटलेट, पावर विन्डो लगायतका विशेषताबाट पनि यो सजिएको छ ।

सुरक्षाका मामिलामा पनि कार उत्कृष्ट भएको दावी कम्पनीको छ । यसमा डुअल एयरब्याग छ । आईएसओफिक्स, एबीएस र कर्नर स्टेबिलिटी कन्ट्रोलको स्टान्डर्ड फिचर्स पनि छ । किलेस इन्ट्रीको सुविधा पनि नेक्सनमा छ । उत्कृष्ट ग्राउण्ड क्लेयरेन्स र क्षमताका कारण यो गाडी नेपाली बाटोका लागि उपयुक्त छ । यसमा २०९ एमएमको ग्राउण्ड क्लेयरेन्स छ । त्यसैले पनि नेक्सनले यात्रुलाई निकै आत्मविश्वास दिन्छ । गाडीमा रेयर पार्किङ सेन्सरहित विशेष सुविधासहितको क्यामेरा पनि छ ।

नेक्सन इम्प्रेसिभ लुक्सका साथमा दमदार इञ्जिनसहित बनेको छ । नेक्सनमा १.२ लिटरको ३ सिलिण्डरयुक्त रेभोर्टन इञ्जिन छ । डिजेल भर्सनमा भने १५ सय सीसीमा ४ सिलिन्डरको रेभोटर्क इन्जिन छ । पेट्रोल इन्जिनले ११० पीएसको पावरका साथमा १७० एमएमको टर्क उत्पादन गर्छ । डिजेल इन्जिनले भने १०९ पीएसमा २६० एनएमको टर्क दिन्छ । दुबै भर्सनमा ६ स्पीड म्यानुअल ट्रान्समिसन छ । हालै अटोमेटिक ट्रान्समिसन सहज ड्राइभिङका लागि ४ वटा मोडको विकल्प छ ।

जेस्ट
टाटा गाडीले आफ्नै फिलोसोपीमा तयार गरेको सेडान कार हो, जेस्ट । अहिले नेपालमा मध्यमवर्गदेखि सेलिब्रेटिसम्मको रोजाइमा पर्नुले यसका विशेषतालाई प्रतिबिम्बित गर्छ । नायिका पि्रयंका कार्की र क्रिकेटर ज्ञानेन्द्र मल्ल लगायतले चढिरहेको जेस्ट सबै कोणबाट नेपालमा सबैभन्दा धेरै रुचाइएको सेडान बनेको छ ।

फ्रन्ट ग्रीलको साथमा प्रोजेक्टर हेड ल्याम्पका कम्बिनेशनले जेस्टलाई आकर्षक बनाएको छ । १५ इन्चको एलो-हृवीलले स्पोर्टी लुक्स दिन्छ । ओभरअल लुक्समा यो टाटा फेमिलीको बिल्कुलै फरक कारका रुपमा प्रस्तुत भएको छ । यसले अहिलेको जेनेरेशनको लगाव र धारणालाई प्रतिनिधित्व मात्रै गर्दैन, प्रतिबिम्बित पनि गर्छ । अझ यसको असली मज्जा त इन्टेरियरमा छ । यसको इन्टेरियर एउटा फ्रेस एटिट्युडको साथमा तयार छ । यसको इन्टेरियरको तुलना अरु कम्पनीका सेडानसँग गर्ने हो भने यो पछि पर्ने अवस्था छैन । खासमा इन्टेरियरमा कलर कम्बिनेशन निकै सानदार छ ।

सँगै क्याबिन स्पेशको मामिलामा यो अरुमाथि भारी परेको छ । जेस्टको पछिल्लो सीटमा ३ जना आरामसँग बस्न सकिन्छ । यो बाहेक हेडरुम रलेगरुममा पनि कुनै कमी महसुस हुँदैन । टाटाका इञ्जिनियरले ठूलो अनुसन्धान र मेहेनतका साथ जेस्टको डिजाइन तयार गरेका छन् । यसैको बलमा अटो दुनियाँको एउटा उत्कृष्ट र बलियो खेलाडीको रुपमा देखिएको छ । हाइवेमा सिधा बाटो होस् या घुमाउरो मोड चालकको कन्फिडेन्टमा कमी हुँदैन । हाइटेक म्युजिक सिस्टम बनाउने कम्पनीले जेस्टका लागि इन्फोटेन्मेन्ट सिस्टम डेभलप गरेको छ । त

बेसिक फिचर्सका अलावा जेस्टमा सुरक्षाका विभिन्न सुविधाहरु पनि छन् । सवारी चलाउँदा चालक र यात्रु सुरक्षित रहनुपर्ने माान्यतालाई महत्व दिँदै टाटाले अनुसन्धानमार्फत आएका निश्कर्षहरुलाई जेस्टमा लागु गरेको छ । सुरक्षामा सम्झौता नगर्ने टाटाको नीति यहाँ पनि प्रस्तुत छ । डुअल एयर ब्याग, एबीएस सिस्टम, सेन्ट्रल लक, पार्किङ सेन्सर, अटो एसी, डे-नाइट रनिङ लाइट जस्ता फिचर्स यसमा छन् ।

टाटा जेस्टको नयाँ पेट्रोल इञ्जिनलाई लिएर सुरुमा उत्साहित थियो । वाटर कुल्ड टर्बो चार्जर लगाइएको यो इञ्जीन ८९ बीएचपीको पावर र १४० एनएमको टर्क उत्पादन गर्छ । इञ्जनको पावर रपीक अप दुबै उत्कृष्ट छ र यसको स्मुथनेशले पनि चालकलाई सुन्तुष्ट बनाउँछ । जेस्टको पेट्रोल भेरियन्टमा ११९३ सीसी इन्जिन छ । यसमा भएको अत्याधुनिक वाटर कुल्ड टर्बो चार्जरले उल्लेखनीय इन्जिन पर्फमेन्स दिन्छ ।

उच्च क्षमताको यसले प्रतिघन्टा १ सय ५४ किलोमिटरको उच्च गति र १७.६ किलोमिटरको माइलेज दिन्छ । त्यस्तै, डिजेल १.३ लि क्वाड्राजेटले प्रतिघन्टा १ सय ५८ किलोमिटर गति र प्रतिलिटर २३ किलोमिटर माइलेज दिन्छ । यसको ग्राउण्ड क्लेयरेन्स १७५ मिलिमटिरको छ । समग्रमा भन्दा डिजाइन, इन्टेरियर, इन्जिन तथा पर्फमेन्समा टाटाको अन्य मोडलहरुभन्दा उत्कृष्ट छ टाटा जेस्ट ।

टिगोर
टिगोर टाटाको अर्को महत्वपूर्ण कम्प्याक्ट सेडान गाडी हो । कम्पनीले यसलाई ‘स्मार्ट, स्टाइलिस एण्ड सेन्सेस्नल’ गाडीका रुपमा चिनाएको छ । युनिक कभ्र्ड ब्याक, ग्लामरस लुक र अल्ट्रा कोजी इन्टेरियरसहितको यो गाडी ‘स्टाइल-ब्याक’ अवधारणामा बलियो रुपमा प्रस्तुत भएको छ ।

यसमा डुअल कलर बम्परसँगै टाटा सिग्नेचर ग्रील, क्रोम र स्मोक्ड प्रोजेक्टर हेडल्याम्प छ । यसको अलावा यसको हेडलाइटमा एलईडी ट्रिटमेन्ट दिइएको छ । एलईडी स्टप लाइट्स र टेल ल्याम्पस् पनि दिइएको छ । यसले कारलाई निकै आकर्षक बनाएको छ ।

टिगोर रेयर र साइड लुक्स प्रोफाइलमा एकदम अलग लुक्सका साथ आएको छ । डिजाइनको मामिलामा अब्बल देखिएको यो कार बजारमा नयाँ तरंग ल्याउने गरी उत्रिएको छ । यो कारमा १५ इन्चको डुअल टोन एलो ह्वील छ । फ्रन्ट प्रोफाइल टेल ल्याम्प्स, टाटा सिग्नेचर ग्रील, क्रोम फिनिस भेन्ट्स र बडी कलर्ड बम्परले यसलाई स्पोर्टी लुक्स दिएको छ ।

१२ सय सिसीको टिगोरमा शक्तिशाली इञ्जिन राखिएको छ । नेपालमा टिगोरको पेट्रोल भर्सन मात्रै नेपालमा उपलब्ध छ । पेट्रोल भर्सनमा १.२ लिटरको रेबोट्रोन इञ्जिन दिइएको छ । जुन ८५ पीएसको पावर र ११४ एनएमको टर्क प्रदान गर्न सक्षम छ ।

यसमा ५ स्पीड म्यानुअल ट्रान्समिसन छ । इम्प्याक्ट डिजाइन थीममा तयार भएको यो कार १ हजार २ सय सिसी क्षमताको हो । ग्राउण्ड क्लेयरेन्सका मामिलामा पनि यो सबल छ । यसमा १७० एमएमको ग्राउण्ड क्लेयरेन्स छ । इन्टेरियरमा पनि टियागो र अन्य कम्पनीको भन्दा अब्बल इन्फोटेन्मेन्ट सिस्टम छ । यसमा डुअल टोन इन्टेरियर विद प्रिमियम फिटनेश, जीपीएस नेभिगेशन, ग्लोब बक्स लगायतका फिचर्स छन् ।

कार इन्टेरियरलाई फरक थिममा प्रस्तुत गरिएको छ । डोर पकेट, कप होल्डर, बोटल होल्डरलाई विशेष तरिकाबाट सजाइएका छन् । प्रिमियम निटेड रुफ लाइनरले यसलाई थप आकर्षक बनाएको छ । कारमा विश्वमै उत्कृष्ट मानिने हार्मनको म्युजिक सिस्टम जडान गरिएको छ ।  यसमा विभिन्न २४ वटा युटिलिटी स्पेशहरु सिर्जना गरिएका छन् । यसले गाडीमा स-साना सामान राख्न नित्रै सजिलो हुनेछ ।

टिगोरमा आरामलाई ध्यानमा राखेर स्पीड स्टेबिलिटीको सुविधा दिइएको छ । यात्राको दौरान स्पीड कन्ट्रोलमा राख्दा गाडीमा झड्का लाग्ने छैन । यसको सस्पेन्सन उच्च स्तरीय तवरले बनाइएको छ । यो गाडीमा ५ जनाले आरामसँग यात्रा गर्न सक्छन् । लामो यात्रामा निस्कँदा धेरै सामान लैजान कुनै समस्या पनि हुने छैन । किनभने यसमा ४१९ लिटरको बूट स्पेश छ ।

खराब बाटोमा पनि यसको परफरमेन्स स्मार्ट हुने कम्पनीको दावी छ । लक्जरियस सिटले यात्रुलाई आनन्दित र रोमाञ्चित बनाइराख्छ । ड्राइभर एडजेस्टेबल ड्राइभिङ सिट र स्टेयरिङले यसलाई थप कम्फर्टेबल बनाएको छ । सेफ्टीको मामिलमा पनि यो कार सबल देखिएको छ । यसमा एयरब्याग, एबीएसका साथमा इबीडी विद सीएससी र कर्नर स्टेबिलिटी लगायतका फिचर्स छन् । यसमा डुअल एयर ब्याग सुविधा छ भने फ्रन्ट डिस्क ब्रेकले पनि यात्रालाई सुरक्षित बनाउन सहयोग गर्छ । सेन्ट्रल लकिङ, अटो डोर लक, इम्मोब्लिजर लगायतका फिचर्सले यात्रु निश्चिन्त भएर यत्रामा रमाउन सक्छन ।

हेक्जा
टाटाले स्पोर्ट्स युटिलिटी भेहिकल (एसयूभी) हो ‘हेक्जा’। गत वर्षको नाडामा सार्वजनिक गरिएको हेक्जा यतिबेला पि्रमियम गाडी रुचाउनेहरुको आँखामा परेको छ । टाटाले प्यासेन्जर कार सेगेमेन्टमा बलियो उपस्थिति जनाउन हेक्जालाई बजारमा ल्याएको हो ।

कमर्सियल सवारीमा अग्रणी टाटाले पछिल्ला वर्षहरुमा प्यासेन्जर कार सेगमेन्टमा आˆनो ध्यान केन्द्रित गरिरहेको छ । पि्रमियम स्तरका एसयूभी चढ्नका लागि अति नै ठूलो बजेट चाहिन्छ भन्ने भ्रमलाई चिर्ने गाडी हो, हेक्जा । यसमा नेपालमा सिलिब्रेटीहरुको नै आँखा परेको छ ।

६ स्पीड गियरबक्स भएको यो कारमा २.२ लिटरको भेरिकोर डिजेल इन्जन छ । यसमा १५६ पीएस पावरमा ४ सय एनएम टर्क उत्सर्जन गर्छ । हेक्जा २२०० सीसीमा उपलब्ध छ । यो अटोमेटिक र म्यानुअल दुबै गियरमा उपलब्ध छ । त्यसैले यो यो निकै शक्तिशाली गाडी बनेको छ । साथै हेक्जामा चार थरीका अटो, कम्र्फट डाइनामिक र रफ रोड ड्राइभ मोड छन् ।

यि चार मोडमध्ये अटो मोडमा कारको सिस्टम आफैंले सडकको अवस्था आँकलन गरी एक्सन बदल्छ । त्यस्तै कम्र्फटमा भने आरामदायी रुपमा गाडी लगातार एकै दिशामा दौडिरहन्छ । डाइनामिक मोडमा भने सिधा बाटोको लागि प्रयोग हुन्छ । रफ रोड मोड भने कार चलेको अवस्था मूल्यांकन गर्दै ब्रेकलाई लक अप गर्न सघाउ पुर्‍याउँछ ।

यसको ग्राउन्ड क्लियरेन्स २०० मिलिमिटर रहेको छ । ग्राउण्ड क्लेयरेन्समा अब्बल रहेका कारण पनि यो नेपाली माटो र बाटो सहाउँदो देखिएको छ । यसको बुट स्पेस ६७१ लिटरको छ । यसको पर्याप्त बुट स्पेशले परिवारिक यात्रा सहज गराउँछ ।

यसको एक्सटेरियरलाई आकर्षक तवरले बनाइएको छ । हेक्जाको अगाडि र पछाडिको भाग स्पोर्टी बनाइएको छ । यसको हेड र टेल लाइट आकर्षक डिजाइनमा छ । यसको अघि र पछि एलईडी ल्याम्प्स छ । हेक्जामा बिलासी यात्राको आभास दिलाउन ड्राइभर सिटलाई ८ वे एडजस्टको सुविधा दिइएको छ । आकर्षक किफायती बडी र शक्तिशाली इञ्जिनसहितको चलाउन आरामदायी हेक्जाले एसयुभीको बढ्दो बजारमा आˆनो अलग्गै पहिचान स्थापित गर्ने दावी कम्पनीको छ ।

‘इम्प्याक्ट डिजाइन फिलोसोफी’ मा आधारित हेक्जाले उपभोक्ताको आराम, सुरक्षा र स्टाइलमा कुनै सम्झौता गरेको छैन । उत्कृष्ट ग्राण्ड क्लियरेन्स, धेरै स्पेस र ड्राइभरका लागि उत्कृष्ट भिजिबिलिटीले यसलाई अब्बल एसयूभी बनाएको छ । यसमा टाटा सिग्नेचर ग्रील छ । जसले गाडीलाई स्पोर्टी लुक्स दिन्छ । यसमा स्मोक्ड प्रोजेक्टर हेडलाइट छ । यसमा स्ट्राइकिङ डे-टाइम रनिङ लाइटको पनि सुविधा छ ।

गाडीभित्रको इन्टेरियर पनि आकर्षक छ । हेक्जाको क्याबिन कम्पनीले निकै आकर्षक र व्यावहारिक ढंगले बनाएको देेखिन्छ । यसमा फूल्ली अटोमेटिक क्लाइमेट कन्ट्रोल विद डुअल एचभी एसी, फराकिला सिट, आधुनिक हार्मन इन्फोटेनमेन्ट म्युजिक सिष्टम लगायतका सुविधाहरु राखिएका छन् । हेक्जा सुरक्षाका मामिलामा अन्यभन्दा उत्कृष्ट छ । यसका सबै भेरियन्टमा डुअल एयरब्याग छ भने भेरियन्टअनुससार प्यासेन्जरका लागि पनि एयर ब्याग छ । अन्य फिचर्स पनि छन् ।

टियागो
भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको टियागो स्र्पोटी ह्याचब्याक हो टियागो । उत्कृष्ट डिजाइनसहित विभिन्न फिचर्सका कारण टिगोरले धेरैको ध्यान तानेको छ ।

टाटा मोटर्सको नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यसलाई नेपाली बजारमा यसलाई सफल बनाइसकेको छ । विभिन्न फिचर्सहरु समावेश भएको यो १२ सय सीसीको कार मोटरसाइकलको विकल्प खोज्नेहरुका लागि एउटा राम्रो ‘अप्सन’ हो । यो कारको बनोट आकर्षक छ भने सार्प लाइन, सिग्नेचर हेग्जागन ग्रीलसहित प्रस्तुत गरिएको छ । कारमा सिटी र इकोसहित मल्टि ड्राइभ मोड राखिएकाले फ्युल इफिसियन्सी पनि राम्रो छ । यसैका कारण गाडी चढ्नेबारे योजना बनाएकाहरुले यसलाई विकल्पका रुपमा राख्न सक्छन् ।

यसअघिको इन्ट्री लेभल हृयाचब्याक इण्डिकालाई रिप्लेस गर्नेगरी ल्याइएको हो टियागो । यसअघिका कुनैपनि कारमा नभएको डिजाइन दर्शनअनुसार यो कारलाई तयार पारिएको छ । अग्रभाग र पछाडीतिरको डिजाइनमा निकै मेहेनत गरेको देखिन्छ । इन्ट्री लेभल हृयाचब्याक भएपनि डिजाइनका कारण पि्रमियम ह्याचब्याकको झल्को दिन्छ । यसले टाटाका उत्पादनहरुमा नयाँ डिजाइन ट्रेन्ड सेट गरेको छ । यो मोडल टाटाका अन्य मोडलभन्दा योङ र फ्रेस लाग्छ । इन्टेरियर डिजाइनमा पनि टियागोमा धेरै फरकपन देख्न सकिन्छ । कालो र खैरो मिश्रति ड्यासबोर्ड र आर्कषक क्याबिन डिजाइन झट्ट आँखा तान्छ । सेन्टर कन्सोलमा बोल्टकै जस्तो इन्फोटेन्मेन्ट सिस्टम रहेको छ । जुन यो सेगमेन्टका अन्य प्रतिस्पर्धीभन्दा धेरै उन्नत हो ।

स्टेयरिङ र इन्स्ट्रुमेन्ट कन्ट्रोलमा धेरैजसो पि्रमियम ह्याचब्याक बोल्टकै फिचर राखेर टाटाले प्रतिस्पर्धामा अगाडी देखिन खोजेको छ । भित्री भाग स्पेशियस छ, इन्टेरियर अघिल्ला कारभन्दा निकै भिन्न छ । टाटाले टियागोलाई पेट्रोल र डिजेल दुवै इन्जिनमा ल्याएको छ । १२ सय सीसी क्षमताको तीन सिलिण्डरयुक्त इन्जिन अन्य इन्ट्री लेभल ह्याचब्याकभन्दा निकै पावरफुल छ । यसमा १.२ लिटरको पट्रोल इञ्जिन छ ।

हुण्डाईको ग्राण्ड आईटेन र सुजुकी सेलेरियोभन्दा पनि इन्जिन शक्तिशाली रहेको कम्पनीको दावी छ । यसमा इको र सीटी गरी दुई मोडमा इन्जिन चलाउन सकिन्छ । बोल्टमा जस्तो स्पोर्ट मोड भने छैन् । तीन वटा भेरियन्टमा उपलब्ध हुने कार ६ वटा कलरमा रहेको छ । एक्सइ, एक्स एम र एक्सजेड भरेयिन्टकाम कार नेपाल आएको छ । यो गाडीमा १७० मिलिमिटरको ग्राउण्ड क्लेयरेन्स दिइएको छ । प्रिमियम इन्टेरियर डिजाइन भएको टियागोमा क्रोम ह्याण्डल, निटेड फ्याब्रिक, कलर हार्मेनी, ड्युल टोल इन्टेरियर लगायतले गाडी सुसज्जित छ ।

यसैगरी सुरक्षाका लागि फ्रन्ट एयर ब्याग, अत्याधुनिक एबीएस, इबीडी कर्नर स्टेलिबिलिटी कन्ट्रोल छ । यो कार डुअल कलर थिममा पनि आएको छ । यो सहित इन्फोटेन्मेन्ट डिस्प्ले, रियर पार्किङ सेन्सर, इनर्जी अब्र्जभिङ बडी पनि यसमा छ । यसले प्रतिलिटर २३.८४ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ ।

 

 

 

Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001