ग्लोबल न्यु कार एसेसमेन्ट प्रोग्रामले टाटाको एसयूभी नेक्सनको क्रयास टेस्टको नतिजा सार्वजनिक गरेको छ । टेस्टमा नेक्सनले राम्रो नतिजा ल्याएको छ । यसमा नेक्सनले ४ स्टार रेटिङ पाएको छ । यो टेस्ट भारतमा बनेको नेक्सनमा गरिएको थियो ।
एडल्ट इक्विपमेन्ट प्रोटेक्सनमा नेक्सलाई ४ स्टार मिल्दा चाइल्ड इक्विपमेन्ट प्रोटेक्सनमा ३ अंक मिलेको छ । बडीको मजबुतिको कारण नै नेक्सनले राम्रो नतिजा ल्याएको देखिएको छ । नेक्सनलाई ६४ किलोमिटर प्रतिघण्टाको रफ्तारमा दौडाएर मजबुत संरचनामा ठोक्काइएको थियो ।
जसमा अघिको भागमा क्षति भएपछि एयरब्याग समयमै खुल्यो । परीक्षणकर्ता कम्पनीले नेक्सनका चालक र यात्रुको टाउको र घाँटीको सुरक्षा राम्रो देखिएको जनाएको छ ।
सुरक्षाका मामिलामा पनि कार उत्कृष्ट सावी भएको छ । यसमा डुअल एयरब्याग छ । आईएसओफिक्स, एबीएस र कर्नर स्टेबिलिटी कन्ट्रोलको स्टान्डर्ड फिचर्स पनि छ ।
Download