टाटा नेक्सन अब नेपालमा

टाटा मोटर्सको नयाँ कार नेक्सन नेपालमा आइपुगेको छ। कम्पनीको थापाथलीस्थित सोरुममा सो गाडी राखिएको छ। कम्पनीले केही दिन पहिले देखि गाडी बुकिङ गर्न सक्ने व्यवस्था गरेको थियो ।

अब टाटा नेक्सन टेष्ट ड्राइभ समेत गर्न सकिने छ । पहिले बुकिङ गरेकाले गाडी मन नपराएमा बुकिङ गरेको रकममा २५ प्रतिशत थपेर फिर्ता गरिने समेत कम्पनीले दावी गरेको थियो ।

सहरका लागि सहज र उत्कृष्ट मानिएको बोल्ड र स्पोर्टी एसयूभी टाटा नेक्सनमा कारमा हुनुपर्ने सबै विशेषतालाई समावेश गरिएको कम्पनीको भनाइ छ । उत्कृष्ट पर्फमेन्स र स्पोर्टी लुक भएको टाटा नेक्सन ‘इम्प्क्याट डिजाइन’ दर्शनमा आधारित टाटा मोटर्सको चौथो उत्पादन हो ।

टाटा मोटर्सको प्रभावशाली डिजाइन दर्शनमा आधारित चौथो उत्पादन टाटा नेक्सनलाई टाटा मोटर्सले २१ सेप्टेम्बर २०१७ मा भारतीय भूमिमा सार्वजनिक गरेको थियो । कर्भ डिजाइन, पृथक स्टाइल र स्मार्ट फिचरका साथ नेक्सनले कम्प्याक्ट एसयूभी स्पेसको वर्गमा नयाँ आयाम ल्याएको कम्पनीको भनाइ छ।

स्टाइलिङ ड्युअल कलर विकल्पमा उपलब्ध यस कारमा भएका केही नवीन र चाख लाग्दो स्टाइल तत्वले कारको लुक्स र शोभा अझ बढाएको छ । प्रोजेक्टर हेडल्याम्प, एलईडी डे टाइम हेडल्याम्प र एलईडी टेलल्याम्प तथा १६ इञ्च एलोई ह्वीलजस्ता यस कारका महत्वपूर्ण विशेषता छन् । यसको क्याबिनमा रहेको उच्चस्तरीय इन्टेरियर, उत्कृष्ट फिट तथा फिनिसका साथै सर्वोत्कृष्ट ड्यासबोर्डले यस कारलाई थप आकर्षित बनाएको कम्पनीको भनाइ छ ।

यसमा रिभोट्रोन सिरिजमा १.२ लिटरको टर्बो चार्जयुक्त पेट्रोल इन्जिन र १.५ लिटर डिजल इन्जिन रहेको एसयूभीमा सहज र सरल ड्राइभको लागि ६–स्पिड ट्रान्समिसन समावेश गरिएको छ।

यसको पेट्रोल इन्जिनले १ सय १० पिएस पावरमा १ सय ७० र डिजल इन्जिनले १ सय १० पिएस पावरमा २ सय ६० एनएम टर्क उत्सर्जन गर्छ। यो आफ्नो सेग्मेन्टमा सबैभन्दा धेरै टर्कयुक्त गाडी भएको कम्पनीको दावी छ।

गाडीको २ सय एमएमको ग्राउण्ड क्लियरेन्सले ठूलो खाल्डो तथा स्पिड ब्रेकरहरुलाई सजिलै पार गर्न सक्ने खालको भएको कम्पनीले जनाएको छ। अफरोड यात्राको लागि पनि गाडी उत्कृष्ट रहेको कम्पनीको भनाइ छ। यसमा ६. ५ इन्चको टच स्क्रिन फ्लोटिङ ड्यासबोर्ड म्युजिक सिस्टम समावेस गरिएको छ। सुरक्षाको लागि यसमा डुअल फ्रन्ट एयरब्याग र कर्नर स्थिरता युक्त ‘एन्टीलक ब्रेकिङ सिस्टम विथ इबिडी’ समावेश छ। रियर सिटमा ‘आइएसओ फिक्स चाइल्ड रिस्ट्रेन सिस्टम’ लगायतका उच्चस्तरीय फिचर्स समावेस छन्।

आरामपुर्वक गाडी चलाउन नेक्सनमा उच्चस्तरीय ‘फोम’बाट बनाइएको सीटहरु, यू–टर्नहरुमा सहजता पुर्वक ड्राइभिङको लागि ईलेक्ट्रिक पावर स्टेरिङ समावेश गरिएको

Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001