टाटा नेक्सन कर्पोरेट क्षेत्रको पहिलो रोजाई
टाटा मोटर्सको नेपालका लागी एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले नेपाली बजारमा ल्याएको टाटा नेक्सन, कर्पोरेट क्षेत्रको पहिलो रोजाई बन्न पुगेको छ । टाटा नेक्सन ग्लोबल एनक्याप बाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल कम्प्याक्ट क्रसओभर एसयूभी हो । यात्रुको पूर्ण सुरक्षाका लागि नेक्सनको बाहिरी बनावट तथा भित्र राखिएको प्रविधिमा विशेष ध्यान दिईएको  छ । २०९ एम एम ग्राउन्ड क्लियरेन्स र डुअल फ्रन्टल एअरब्यागहरू तथा जस्ता विशेषताहरूले चालक तथा यात्रुहरुलाई आरामदायी यात्रा र पूर्ण सुरक्षा प्रदान गर्दछ । 
 
हालैमात्र नेपाल एसबिआई बैङ्क (काठमाण्डौं) र गोदावरी आइरन स्टोर (हेटौंडा) लाइ टाटा नेक्सनका बिभिन्न भेरियन्टहरू भव्य रुपमा डेलिभरि गरिएको छ भने अन्य बैङ्क तथा बित्तिय संस्थाहरु र व्यवसायीक क्षेत्रहरुबाट अग्रिम बुकिङ्ग भैरहेको छ । एरोडाइनमिक सिलुएट भएको र स्पोर्र्टी डिजाइन रहेको टाटा नेक्सन छ वटा भेरियन्टहरू डिजेल र पेट्रोल इन्जिनमा उपलब्ध छ ।
 
साथै नयाँ वर्षको अवसरमा टाटा मोटर्सले ल्याएको नयाँ वर्षमा नयाँ कार योजनाले पनि ग्राहक वर्गमा थप उत्साह बढेको कम्पनिले जानकारी दिएको छ । यो योजना अनुसार जनवरी महिनाभरि नै   जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा रु १,००,००० सम्मको एक्सचेन्ज बोनस, टेष्ट ड्राइभमा आर्कषक उपहार र प्रत्येक गाडीको खरिदमा एक जोडीलाई स्योर सर्ट सिंगापुर क्रुज, डिनर लगायतका विशेष आर्कषणहरु रहेका छन् ।   
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स् र सिप्रदी अटोपार्टसद्वारा ‘टाटा गुरु भेला’ सम्पन्न
टाटा मोटर्स् र सिप्रदी अटोपार्टसद्वारा हालैमात्र टाटा गुरु कार्यक्रम सम्पन्न भएको छ । पोखरामा आयोजित उक्त कार्यक्रममा जनकपुर देखि महेन्द्रनगर र पोखरा सम्म ... 06 January 2019
टाटाको नयाँ ‘विंगर मिनीबस’ नेपालमा
टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङले “विंगर मिनिबस“ सार्वजनिक गरेको छ । नेपालमा बढ्दो टुर र ट्राभललाई लक्षित गरेर नयाँ उत्पादन ... 06 January 2019
सिप्रदी अर्थमुभर्सले ल्यायो नयाँ प्रोडक्ट
नेपालका लागी टाटा हिटाचीको अधिकृत बिक्रेता सिप्रदी अर्थमुभर्स प्रालीले हालैमात्र एक कार्यक्रममा आफ्नो नयाँ प्रोडक्ट टाटा EX- १३० र EX-७० सार्वजनिक गरेको ... 06 January 2019