एच फाइभः प्यासेन्जर भेइकल परिवारमा टाटाको विरासत कायम गर्ने एसयूभी
06 January 2020
कमर्सियल भेइकल उत्पादनमा आफ्नो विरासत बनाएको ‘टाटा’ प्यासेन्जर भइकलमा पनि आफ्नो नाम कमाउन हरदम प्रयासरत छ । आफ्नो सोही प्रयास सफल बनाउने टाटाले प्रस्तुत गरेको नयाँ गाडी हो, एच फाइभ । भारतमा ह्यारियरका नामले चिनिने एच फाइभ कम मूल्यमा पनि किन्न सकिने प्रिमियम स्पोर्ट युटिलिटी भेइकल (एसयूभी) हो । एच फाइभ ल्यान्डरोबरको डी–एट प्लेटफर्ममा निर्माण गरिएको हो । कम्पनीले ‘दी अल न्यु एचफाइभ’लाई लेजेन्ड्री डीएनए भनेको छ ।
कम्पनीले दाबी गरेझैं इम्प्याक्ट डिजाइन २.० मा आधारित यो गाडी हेर्दा प्रिमियम त देखिन्छ नै, सुरक्षा र अन्य फिचरका आधारमा पनि प्रतिस्पर्धी सबै गाडीभन्दा अब्बल छ ।सुक्ष्म डिजाइनका साथ विलासी इन्टेरियर, अद्वितीय एक्स्टेरियरले यो गाडीलाई सबै गाडीभन्दा विशिष्ट देखाउँछ । गाडीको अघिल्लो भागमा जेनन एचआईडी प्रोजेक्जर हेडल्याम्प, डेटाइम रनिङ ल्याम्प, कर्निङ सुविधासहित फ्रन्ट फग ल्याम्प दिइएको छ । आर–सेभेन्टिन (१७) एलोय ह्विल दिइएको छ भने पछिल्लो भागमा फलो–मी होम फङ्सनसहित एलईडी टेललाइट्स आदि सुविधा छन् ।
गाडीको इन्टेरियर डिजाइनमा टाटाको कुशलता देख्न सकिन्छ । सिटमा प्रिमियम ‘बेनेको कालिको’ ओक ब्राउन लेदर प्रयोग गरिएको छ । यसका लेगरुम, फ्रन्टस्पेस, बुटस्पेस निकै फराकिला छन् । स्टेरिङ ह्विल टिल्टेड तथा टेलिस्कोपिक एड्जस्टेबल छ र अगाडिको सिटसँगै आर्मरेस्ट र त्यसभित्र कुल्ड स्टोरेज रहेको छ । गाडीमा रियर एसी भेन्ट पनि उपलब्ध छन् ।
युटिलिटी स्पेसमा यो कारसँग बजारमा पाइने सबै कारलाई जित्ने क्षमता छ । एच फाइभको युटिलिटी स्पेसमा २८ भिन्न वस्तु राख्न सकिन्छ ।
कारको ड्यासबोर्डको बीचमा ८.८ इन्चको टचस्क्रिन उपलब्ध गराइएको छ । यो हाइ रिजोल्युसन डिस्प्लेयुक्त सिस्टमले एन्ड्रोइड अटो र एपल कार–प्लेलाई सपोर्ट गर्दछ । एच फाइभको इन्स्ट्रुमेन्ट क्लस्टर पनि निकै आकर्षक छ । ७ इन्चको रंगिन टीएफटी डिस्प्लेमा स्क्रिन मिररिङ फिचर उपलब्ध छ ।
यसबोहक अडियो, फोन र क्रुज कन्ट्रोल स्टयेरिङ ह्विलको सुविधाजनक स्थानमा उपलब्ध छ । कारभित्र आल्मुनियम ब्रस फिनिसका साथ वुड फिनिस पनि दिइएको छ । एच फाइभको बुट स्पेस ४ सय २५ लिटर क्षमताको छ जसलाई पछाडिका दुई सिट फोल्ड गरेर ८ सय १० लिटरसम्म विस्तार गर्न सकिन्छ ।
म्युजिक सिस्टममा यो गाडीले विशेष ध्यान दिएको छ । जसमा एम्प्लिफायरसहित जेबीएलको ४ स्पिकर, ४ ट्विट र एक सबवुफर उपलब्ध छन् । यसका साथै पुस बटन स्टार्ट–स्टप, रेन सेन्सिङ वाइपरको सुविधा एच फाइभमा दिइएको छ ।
सुरक्षा फिचरमा एच फाइभले कुनै सम्झौता गरेको छैन । कारका केही सुरक्षा फिचर हुन् : ६ वटा एअर ब्याग, ईपीएस, चाइल्ट सिट आइसोफिक्स एन्कर प्वाइन्ट, रियर डिफगर, रिभर्स पार्किङ क्यामेरा, रियर पार्किङ सेन्सर, रिमोट सेन्ट्रल लकिङ, सिट बेल्ट रिमाइन्डर, पेरिमेट्री अलार्म र स्पिड सेन्सिङ अटोमेटिक डोर लक ।
कारको ईपीएसमा एबीएस, ईबीडी, कर्नर स्टाबिलिटी कन्ट्रोल, अफ रोड एबीएसलगायत थप १४ फिचर छन् । ती १४ विशेषतामा हिल होल्ड कन्ट्रोल, रोल ओभर मिटिगेसन, हाइड्रलिक ब्रेक प्रि–फिललगायत हुन् । त्यसैले सुविधासम्पन्न सुरक्षा फिचर खोज्नेहरुका लागि यो गाडी नै सबैभन्दा उत्कृष्ट विकल्प हो ।
एच फाइभमा रहेको क्रायोटेक २.० लिटर टर्बो डिजेल इन्जिनले १ सय ३ किलोवाट प्रति ३७५० आरपीएमको उच्चतम शक्ति र ३५० एनएमप्रति १७५० देखि २५०० आरपीएमको टर्क पैदा गर्दछ । बीएस आईभी इनलाइन फोर सिलिन्डर इन्जिनयुक्त १ हजार ९ सय ५६ सीसीको यो गाडीमा सिक्स स्पिड म्यानुअल ट्रान्समिसन दिइएको छ ।
गाडीको लम्बाइ ४५ सय ९८ मिलिमिटर, चौडाइ १८ सय ९५ मिलिमिटर र उचाइ १७ सय ६ मिलिमिटर रहेको छ । यसको लामो ह्विलबेस २७ सय ४१ मिलिमिटरको रहेको छ । एचफाइभको ग्राउन्ड क्लियरेन्स २ सय ५ मिलिमिटरको छ, जुसलाई नेपाली सडकका लागि अति उत्तम मानिन्छ ।
एच फाइभ सिटी, इको र स्पोर्ट गरी तीन ड्राइभिङ मोडमा चलाउन सकिन्छ । यसमा टेरेन रेस्पोन्स सिस्टम पनि छ जसमा नर्मल, वेट र रफ मोडको विकल्प उपलब्ध छ ।कम्पनीले यसलाई विभिन्न ५ रङ्गमा नेपाली बजारमा पठाएको छ । गाडीको सुरुवाती मूल्य ५८ लाख ९९ हजार रहेको टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जानकारी दिएको छ ।