एक्साइड ब्याट्रीको डिलर मिट, उत्कृष्ट डिलर पुरस्कृत

सिप्रदी ट्रेडिङ्गअन्तर्गतको एक्साइड ब्याट्रीले हालै आफ्ना डिलरहरुलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ । एक्साइड ब्याट्रीले पूर्वी क्षेत्रीय डिलर मिट २०१७/१८ को आयोजना गर्दै उत्कृष्ट डिलरलाई सम्मान गरेको हो ।

उक्त कार्यक्रममा उत्कृष्ट प्रतिफल दिने डिलरहरु क्रमशः डाइमण्ड, प्लाटिनम र गोल्डेन डिलरको उपाधिले सम्मानित गरिएको थियो । नेशनल इन्टरप्राइजेज, इटहरीलाई डाइमण्ड डिलरको उपाधि प्रदान गरिएको थियो भने टायर सेन्टर, विराटनगरलाई प्लाटिनम डिलरको उपाधि प्रदान गरिएको थियो । यसैगरी गोल्डेन डिलरको उपाधि राम कृष्ण इलेक्ट्रो पावर, झुम्कालाई प्रदान गरिएको थियो ।

नयाँ विधामा मोष्ट सर्भिस इफिसेन्ट डिलरको उपाधि फातिमा ब्याट्री ट्रेडर्स, धरान र आकर्षक शोरुमको उपाधि नेशनल इन्टरप्राइजेज, इटहरीलाई प्रदान गरिएको थियो । कार्यक्रममा डिलरहरुको उत्सुकतालाई देखेर यस्ता कार्यक्रम आगामी दिनहरुमा पनि देशका विभिन्न शहरहरुमा समेत आयोजना गरिने कुरा कम्पनीका महा–प्रबन्धक सुरेश कुमार तिवारीले जानकारी  दिए ।

 

 

Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटाको कार किन्नेलाई हेलिकप्टरबाट लाङटाङ लगेर साँचो
नेपालको सडक सुहाउँदो सवारी साधनका रूपमा ख्याति कमाएको टाटा ब्रान्डका गाडी नाडा अटो सोमा पनि आकर्षणको केन्द्र बनेको छ  । नेपालमा टाटाको ... 14 September 2018
चिन्नुहोस् टाटाका लोकिप्रय ५ कारलाई
काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो-शो चलिरहेको छ । नाडामा टाटाको स्टलमा ठूलो भीड लागेको देख्न सकिन्छ । केही वर्षअघिसम्म प्यासेन्जर कार सेगमेन्टमा खासै ... 14 September 2018
सिप्रदी अर्थमुभर्सको शाखा कार्यालय अब पोखरामा
नेपालका लागी टाटा हिटाचीको एकमात्र आधिकारीक बितरक सिप्रदी अर्थमुभर्स प्रा.ली.ले देशैभरी आफ्नो व्यवसाय बिस्तार गर्ने क्रममा हालै मात्र पोखरामा नयाँ शाखाको उद्घाटन ... 15 October 2018