टाटाको ‘एस’ विशेष एप्लिकेसन नेपालमा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ् प्रालिले ‘गो गि्रन टु किप इट क्लिन’ भन्ने नारा सहित, टाटा एस स्पेसियल एप्लिकेसन सार्वजनिक गरेको छ । लाजिम्पाट स्थित र्‍याडिसन होटलमा टाटा एस का एस हुपर टिप्पर, एस स्किप लोडर, एस स्काईलिˆट, एस कन्टेनर र एस रेफ्रिजिरेसन भ्यान गरि ५ ओटा विशेष एप्लिकेसन को भिडियो मार्फत उपयोगिता प्रदर्शन गरिएको थियो ।

एस हुपर टिप्परले नगरपालिकाको फोहोर संकलन तथा ब्यवस्थापनलाई सहज बनाउँछ । त्यसैगरी एस स्किप लोडर ले कुनै पनि कोलोनी, हस्पिटल, औद्योगिक क्षेत्र अथवा घर को फोहोर संकलन तथा ब्यवस्थापन गर्न अत्यन्त सहज बनाउने कम्पनीले जानकारी दिएको छ ।

‘एस स्काईलिफ्टले उचाइमा गर्नु पर्ने काम हरुलाई डबल बुम मार्फत सजिलो बनाउँछ । यसैगरी कुरियर तथा अन्य सामाग्रीलाई आधिकारिक ठाउमा पुर्‍याउन एस कन्टेनरले मद्दत गर्छ भने एस रेफ्रिजिरेटर भ्यानले फ्रिजमा राख्नु पर्ने सामानहरुको ओसार पसार सहज बनाउँछ ,’ कम्पनीले भनेको छ ।

समारोहमा सिप्रदी ट्रेडिङ्ग प्रालिका सिइओ राजनबाबु श्रेष्ठ लगायत टाटाका लागि सार्क राष्ट्रका क्षेत्रिय प्रबन्धक आशिफ समिम, नेपाल र भुटानका बिजिनेस अपरेसन प्रमुख, बोध प्रकाश मुखिया, नेपालका क्षेत्रिय प्रबन्धक तुसार गुप्ता लगायत अन्य थुप्रै टाटा संग सम्बन्धित व्यक्तिहरुको उपस्थिति रहेको थियो।

Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001