टाटा मोटर्सद्वारा स्प्रिङ्ग बोनान्जा कार्यक्रमको आयोजना
नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले स्प्रिङ्ग बोनान्जा कार्यक्रमकोे आयोजना गर्न लागेको छ । उक्त कार्यक्रम यहि फाल्गुन ३० देखि चैत्र ०२, २०७६ (१३ मार्च देखि १५ मार्च, २०२०) सम्म  थापाथली स्थित टाटा मोटर्सको सोरुममा आयोजना गर्न लागेको  हो । ग्राहक महानुभावहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर र एनआरजी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन । 
साथै उक्त कार्यक्रममा टाटाको जुनसुकै गाडीको खरिदमा आकर्षक नगद छुट, जेन्युइन एसोसेरीज, एक वर्षको सवारी कर, गाडिको डेलिभरीमा मोवाईल फोन, प्रत्येक गाडीको मुल्याङ्कनमा कार पफर््युम, डोर प्राईज र प्रत्येक टेस्ट ड्राईभमा एक जोडीलाई मुभि टिकेट तथा विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रम लगायतका विशेष आर्कषणहरु रहेका छन ।  
 
यस विशेष कार्यक्रमको अवसरमा टाटा मोटर्सको अत्याधुनिक सोरुममा पाल्नुभइ नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउनुहुन कंम्पनिले अनुरोध गरेको छ । 
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स् र सिप्रदी अटोपार्टसद्वारा ‘टाटा गुरु भेला’ सम्पन्न
टाटा मोटर्स् र सिप्रदी अटोपार्टसद्वारा हालैमात्र टाटा गुरु कार्यक्रम सम्पन्न भएको छ । पोखरामा आयोजित उक्त कार्यक्रममा जनकपुर देखि महेन्द्रनगर र पोखरा सम्म ... 06 January 2019
टाटाको नयाँ ‘विंगर मिनीबस’ नेपालमा
टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङले “विंगर मिनिबस“ सार्वजनिक गरेको छ । नेपालमा बढ्दो टुर र ट्राभललाई लक्षित गरेर नयाँ उत्पादन ... 06 January 2019
सिप्रदी अर्थमुभर्सले ल्यायो नयाँ प्रोडक्ट
नेपालका लागी टाटा हिटाचीको अधिकृत बिक्रेता सिप्रदी अर्थमुभर्स प्रालीले हालैमात्र एक कार्यक्रममा आफ्नो नयाँ प्रोडक्ट टाटा EX- १३० र EX-७० सार्वजनिक गरेको ... 06 January 2019