सिप्रदीयन सहायताद्धारा १० जिल्लाका ३०० भन्दा धेरै विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
18 December 2018
सिप्रदी वाकाथनबाट संकलन भएको पैसाबाट देशभरिका १० जिल्लामा ३० ओटा विद्यालयका ३०० भन्दा धेरै विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा पोशाक वितरण ।
सिप्रदियन सहायता संस्थाद्धारा हालैमात्र देशभरिका १० जिल्लामा ३० ओटा विद्यालयका ३०० भन्दा धेरै विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा पोशाक वितरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाद्धारा विद्यार्थीहरुलाई विद्यालय पोशाक, जुत्ता मोजा, झोला तथा ज्यामिति बक्स र स्टेशनरीहरु वितरण गरेको होे । टाटा मोटर्सको सहकार्यमा सबैका लागि शिक्षा भन्ने मुल नारा सहित सिप्रदी वाकाथन २०१८, यहि ३१ मार्च, २०१८ मा सम्पन्न गरिएकोे थियो । सिप्रदियन सहायता संस्थाका अध्यक्ष श्री सिद्धार्थ शमशेर ज.ब.रा ज्युको प्रमुख उपस्थितिमा ६०० भन्दा धेरै सिप्रदीयनहरु र अन्य अतिथिहरुको संंलग्नतामा आयोजित उक्त वाकाथन कार्यक्रम बाट रु ६००००० रकम संकलन भएको थियो । उक्त सहयोग देशभरीका बिभिन्न जिल्लामा सिप्रदीयन सहायता संस्थामार्फत प्रदान गरिएको हो । कार्यक्रमको प्रमुख उदेश्य गरिबीमा रहेका विद्यार्थीहरुको शिक्षामा पहुच पुर्याउनु, विद्यालयमा विद्यार्थीहरुका उपस्थिति सुनिश्चित गर्नु, शिक्षामा पहुचका लागि समुदायलाई उत्तरदायी बनाउनु र आर्थिक रुपमा उनिहरुको परिवारलाई सशक्त बनाउनु रहेको कुरा संस्थाले जनाएको छ ।
सिप्रदियन सहायता संस्था क्रियाशिल रुपमा संलग्न क्षेत्र मध्य प्रमुख क्षेत्र शिक्षा हो । जस अन्तर्गत यस संस्थाले विभिन्न सरकारी विद्यालय र विद्यार्थी हरुलाई छात्रावृद्दि प्रदान गर्दै आईरहेको छ । सिप्रदियन सहायता संस्था र टाटा ट्रष्टको समन्वयमा शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी तथा सरसफाई जस्ता क्षेत्रहरुमा जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । साथै उक्त संस्थाद्धारा हालै मात्र विभिन्न जिल्लाका ६५ जना विद्यार्थी, २ जना शिक्षक र १ जना विद्यालय सहायकलाई सहयोग पनि प्रदान गरेको छ । भुकम्प प्रभावित ६ ओटा विद्यालयहरु पुर्ननिर्माण गरिरहेको र उक्त कार्य अन्तिम चरणमा पुगेको संस्थाले जनाएको छ ।
यस भन्दा अघि पनि सिप्रदी सहायताद्वारा सामाजिक उतरदाईत्व अन्तरगत अटो मेकानिक बन्न ईच्छुक युवाहरुलाई निशुल्क रुपमा ६महिने तालिम दिदै आएको छ। यो बाहेक सिप्रदी सहायताद्वारा विभिन्न स्कूलहरुमा प्रशिक्षण,सरसफाई कार्यक्रम, योग शिविर, स्वास्थ्य शिविर आदि को आयोजना गरेको थियो।