
टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले विद्यार्थी, शिक्षक र सञ्चालकहरुलाई सडक सुरक्षा तथा ट्राफिक नियमका बारेमा सचेत गराउने उद्देश्यले विभिन्न कार्यक्रम गर्दै आएको छ। सोहीअनुरुप कम्पनीले रोड सेफ्टी फेन्सी ड्रेस प्रतियोगिता सम्पन्न गरेको छ।
राष्ट्रिय सभागृहमा ‘सुरक्षाका लागि पोशाक लगाऔं’ भन्ने नाराका साथ कम्पनीले कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा सुरक्षाका लागि उपयुक्त ड्रेस, सुरक्षित रहन अपनाइने उपायका बारेमा जानकारी दिइएको थियो। सिप्रदीले यस वर्ष विभिन्न कार्यक्रमहरु संचालन गरी देशभर ६४ हजारभन्दा धेरै विद्यार्थीलाई ट्राफिक सुरक्षाका लागि सचेतना कार्यक्रम गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि, पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले सडक सुरक्षा प्रमुख चिन्तालाग्दो विषय भएको उल्लेख गर्दै हरेक व्यक्तिले सुरक्षाका उपाय हरबखत अपनाउनुपर्ने बताए।
उनले बालबालिकाको कलिलो उमेरदेखि नै यो अभियानमार्फत सुरक्षाप्रतिको धारणा बदल्न सिप्रदीले गरेको प्रयासको प्रशंसा गरे।
सडक सुरक्षाप्रति आफ्नो महत्वपूर्ण पहल देखाउनका लागि १५ वटा विद्यालयहरु प्रतियोगितामा सहभागी थिए।
Download