सिप्रदी अर्थमुभर्स र ज्योति बिकाश बैङ्क बिच सम्झौता
टाटा हिटाचिको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता सिप्रदी अर्थमुभर्स प्रा. लि. र  ज्योति बिकाश बैङ्क बिच कर्जा सम्झौता भएको छ । अब टाटा हिटाचि खरिद गर्न चाहने खरिदकर्ताले ज्योति बिकाश बैङ्कको देशैभरिको जुनसुकै शाखा मार्फत ७० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा सिप्रदी अर्थमुभर्सका तर्फबाट कम्पनिका उप महाप्रबन्धक राजेन्द्र कार्कि र ज्योति बिकाश बैङ्कका तर्फबाट नायव महाप्रबन्धक शुशिलकुमार शर्माले हस्ताक्षर गर्नुभएको थियो । सम्झौता पश्चात् ग्राहकलाई कर्जा लिन सहज हुने बताइएको छ ।
सिप्रदी अर्थमुभर्स प्रा. लि. ले बिगत १० बर्षदेखी टाटा हिटाचिका करिव १५०० भन्दा धेरै एक्जाभेटर, ब्याहृोलोडर र व्हिललोडर बिक्रीबितरण गरेको छ । टाटा हिटाचिको उच्च प्रतिफल दिने, लामो समय चल्ने तथा सिप्रदी अर्थमुभर्सको देशभरीबाट बिक्री पछिको गुणस्तरीय सेवाका कारणले पछिल्लो समय ग्राहकवर्गको पहिलो रोजाई बन्दै आईरहेको छ ।    
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001