नेपालमै पहिलो पटक क्यासलेस ईन्श्योरेन्स
नेपालका लागि टाटा कम्पनीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र शिखर ईन्श्योरेन्स कम्पनी बीच क्यासलेस ईन्श्योरेन्समा सम्झौता भएको छ । शिखर ईन्श्योरेन्सको प्रधान कार्यलय शिखर विजमा भएको एक कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा. लि.को तर्फबाट  संस्थाको प्रमुख कार्यकारी अधिकृत श्री राजन बाबु श्रेष्ठ साथै शिखर ईन्श्योरेन्सको तर्फबाट संस्थाको प्रमुख कार्यकारी अधिकृत श्री दिप प्रकाश पाण्डेद्वारा संयुक्त रुपमा हस्ताक्षर गरेका हुन । 
नेपालमै पहिलोपटक सञ्चालनमा ल्याउन लागेको यस योजना अन्तर्गत टाटा कम्पनीका जुनसुकै मोडलका गाडीहरु दुर्घटना भएको अवस्थामा ग्राहकले सिधै सिप्रदी ट्रेडिङ्ग प्रा. लि. को आफुलाई पाएक पर्नै नेपाल अधिराज्यभरीको कुनै पनि आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बिमा दावी गर्न सक्नेछन् । ग्राहकहरुलाई सुलभ, छिटो र झन्झट रहित सेवा दिन यस व्यवस्थाले सहयोग पुर्याउने दुवै कम्पनीको दावी छ । यसबाटै आउने दिनहरुमा अन्य बिमा कम्पनीहरुसंग पनि सहकार्य गर्दै धेरै भन्दा धेरै ग्राहकहरुलाई सेवा दिने सिप्रदीको योजना छ । 
उक्त कार्यक्रममा आ-आफ्नो ब्यापार ब्यबसायका Progressive Insurance  बारेमा  जस्ता विभिन्न नया प्रवृति र प्रयोगहरुको छलफल भयो । साथै यस्तै तरिकाले आगामी दिनहरुमा निजी कम्पनीहरु मिलेर काम गर्दा विभिन्न फाइदा हुने कुराकानी भए ।

 

Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001