सिप्रदी र ट्राफिक प्रहरीको 'सुरक्षित सडक' अभियान शुरु
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा “सुरक्षित सडक“ अभियान सुरु भएको छ । सडक सुरक्षा तथा सवारी सम्बन्धि बृहत ज्ञान प्रदान गरी सडक दुर्घटना न्यूनिकरण गर्ने लक्ष्यका साथ असोज ११ गतेका दिन देखि राजधानीमा सुरक्षित सडक अभियान सुरु गरेको हो । अभियानको पहिलो चरणको कार्यक्रम चापागाउँ लेलेबाट शुरु गरिएको थियोे ।
उक्त कार्यक्रममा चापागाउँ लेलेका १०५ जना टिपर चालकहरुलाई ललितपुर ट्राफिक प्रहरी महाशाखा प्रमुख इन्स्पेक्टर सिताराम हाछेथु, सिप्रदीका इन्जिनियर, तालिम प्रबन्धक र महानगरीय ट्राफिक कार्यालयका प्रतिनिधिद्वारा व्यवहारिक विषय वस्तुमा आधारित सडक सुरक्षा तालिम दिई जानकारी गराईएको थियो ।कार्यक्रममा उपस्थित ट्रक-टिप्पर चालक, व्यवसायी, यातायात कर्मचारीसम्पूर्ण ग्राहकलाई धन्यबाद दिदै सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृ राजनबाबु श्रेष्ठले आफु नाडाको तर्फबाट सडक सुरक्षा र वातावरणको प्रतिनिधित्व गर्दै आउने दुई वर्षको योजनामा काम भैरहेको जानकारी गराएका थिए ।
'सडक सुरक्षा केवल ट्राफिक र सरकारको मात्र नभई सबैले जान्ने, बुझ्ने र अपनाउनु पर्ने कुरा हो र यस सडक सुरक्षासंग सम्बन्धित विभिन्न योजना र कार्यक्रम नेपाल सरकार, महानगरीय ट्राफिक प्रहरी महाशाखा र नाडा अटोमोबिल्स एशोशियसन अफ नेपाल (नाडा) संग सहकार्य आउने दिनहरुमा गर्दैछौ',  श्रेष्ठले भने । कम्पनीले यस अभियानका आगामी चरणका कार्यक्रम राजधानीलगायत देशभरि विभिन्न स्थानमा गर्ने जनाएको छ ।

 

 

Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001