विश्वकै अग्रणी टायर कम्पनी मिसेलिन आधिकारिक रूपमा नेपाली बजारमा सार्वजनिक
प्रेस विज्ञप्ति
विश्वकै अग्रणी टायर कम्पनी मिसेलिन आधिकारिक रूपमा नेपाली बजारमा सार्वजनिक
– सिप्रदीद्वारा औपचारिक रूपमा सुरक्षित र प्राविधिक रूपमा अत्याधुनिक टायरहरू सार्वजनिक 
– मिसेलिन तथा सिप्रदीका कमर्चारीहरू र संचारकर्मीहरू उपस्थित एक विशेष कार्यक्रमका माझ सार्वजनिक गरिएको 
– नेपाली बजारका लागि तीन फरक(फरक सेग्मेण्टअन्तर्गत उत्पादनहरू सार्वजनिक  
 
काठमाण्डौ, असोज ७ – नेपालकै सबैभन्दा ठूलो व्यवसायिक कम्पनी सिप्रदी ट्रेडिङ प्रा. लि. द्वारा नेपाली बजारमा एक सय तीस वर्ष पुरानो इतिहास बोकेको फ्रान्सेली टायर कम्पनी मिसेलिन आधिकारिक रूपमा सार्वजनिक गरिएको छ । होटल अन्नपूर्णमा आज आयोजित एक विशेष कार्यक्रमका बीच मिसेलीन टायरहरू नेपाली बजारमा सार्वजनिक गरिएको हो । मिसेलिन टायर्सका महाप्रबन्धक श्री प्रदीप थम्पी र सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत श्री राजनबाबु श्रेष्ठले संयुक्त रूपमा मिसेलिनका लोगो र उत्पादनहरू सार्वजनिक गर्नुभयो ।
सन् १८८९ मा स्थापना गरिएको मिसेलिनका टायरहरू एक सय सत्तरी देशहरूमा उपलब्ध छ र विश्वभर नै ६९ वटा उत्पादन केन्द्रहरू रहेका छन् । नवीनता तथा दिगो विकासको नेतृत्वकर्ता मिसेलिनको तीनवटा उत्पादन रेन्जहरू
(कमर्सियल, प्यासेन्जर तथा टु–ह्वीलर सेग्मेण्टहरू) नेपाली बजारमा उपलब्ध छ ।
सिप्रदीले सन् २०१६ मा मिसेलिनलाई आफ्नो कम्पनी पोर्टफोलियोमा समावेश गरेको थियो । त्यसयता सडकको अवस्थाअनुसार ग्राहकका निश्चित आवश्यकताहरू अनुसारका टायरहरू आपूर्ति गर्न नेपाली सडकहरूमा व्यापक र गहन अध्ययन गरिरहेको छ । अहिले अनुभव र ज्ञानको मिश्रण मिसेलिन टायरहरूका साथमा उपभोक्ताहरूले सुरक्षित र प्राविधिक अत्याधुनिक टायरहरू अनुभव गर्न सक्छन् ।
सो कार्यक्रममा बोल्दै मिसेलिन टायर्सका महाप्रबन्धक श्री प्रदीप थम्पीले भन्नुभयो, “सिप्रदीमार्फत् नेपाली बजारमा मिसेलिन टायरहरू सार्वजनिक गरेर नेपालमा आफ्नो बजारको बिस्तार गर्न पाएर हामी एकदम खुसी छौँ । मिसेलिनका उत्पादनहरूले एकदम राम्रो प्रतिक्रिया पाइरहेका छन् । त्यसैलै हामीले यहाँको लागि भनेर हाम्रो विज्ञ टोलीले गरेको विस्तृत अध्ययन पश्चात् तीनवटा फरक सेग्मेण्टहरू अन्तर्गत सार्वजनिक गरेका छौँ । मिसेलिनका टायरहरू टिकाउ हुनुका साथै मिसेलिनले हवाईजहाज, अटोमोबाइल्स, साइकल, अर्थमुभर, कृषि उत्पादनका लागि प्रयोग हुने गाडीहरू, हेभी ड्युटी ट्रकहरू र मोटरसाइकलहरूका जस्ता हरेकखाले यातायातका साधनहरूका लागि हुने टायरहरू डिजाइन गर्ने र उत्पादन तथा बिक्री गर्ने गर्छ ।”
मिसेलिनको आधिकारिक ब्रान्ड लोगोका साथै मिसेलिनका उत्पादन रेन्जहरू सार्वजनिक गर्दै सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत श्री राजनबाबु श्रेष्ठले भन्नुभयो, “सबै सेग्मेण्टहरूमा ग्राहकहरूको पहिलो रोजाइ बन्ने हाम्रो लक्ष्यका साथमा विश्वकै अग्रणी टायर कम्पनी मिसेलिन टायर्ससँग आफ्नो साझेदारी बिस्तार गर्न पाउँदा हामी हर्षित भएका
छौँ । नेपालको सडकको अवस्था बुझ्न हामीले केही समय अध्ययन ग¥यौँ र तीन विभिन्न सेग्मेण्टहरू अन्तर्गत उत्पादनहरू पेश गर्न आज हामी यहाँ उपस्थित भएका छौँ । हामी ढुक्क छौँ कि हाम्रा ग्राहकहरूको सवारी साधनहरूको कार्यक्षमतामा सुधार आउनेछ र सहज हुनेछ ।”
एसयूभी र प्यासेन्जर भेइकलमा
केही वर्षदेखि यो सेग्मेण्ट अन्तर्गत नेपाली ग्राहकहरूको छनोट टिकाउ र माइलेजबाट सुरक्षा र आरामदायीतर्फ मोडिएको छ । यो परिवर्तन मिसेलिन टायरहरूका लागि एकदमै उपयुक्त हो किनकि मिसेलिनका टायरहरू विश्वभर सुरक्षा, आरामदायी र सहजताका लागि प्रचलित छन् ।
टु ह्वीलर सेग्मेण्ट
टु ह्वीलर सेग्मेण्टमा पनि ग्राहकहरूको रोजाइ परिवर्तित हुँदैछ । अहिलेको समयमा ग्राहकहरूसँग औसतमा २५० सिसि इन्जिन क्षमता भएका बाइकहरू रहेका छन् । यो सेग्मेण्ट अन्तर्गतका बृहत् उत्पादनहरूले जस्तोसुकै बाटोमा पनि सुरक्षा र आरामदायी सुनिश्चित गर्दछ ।
सिभी सेग्मेण्ट
कमर्सियल सेग्मेण्ट अन्तर्गत मिसेलिनका टायरहरू क्षमता र टिकाउ हुनका लागि परिचित छन् । नेपालमा कार्यक्षमताको उच्च गुणस्तर सुनिश्चित गर्न सबैभन्दा खराब अवस्थाका सडकहरूमा परीक्षण गरिएको थियो । सबैभन्दा अत्याधुनिक सुविधाको टायर रिट्रिड सेन्टर बुटबलमा स्थापना गरिएको छ । बुटबलमा स्थापित सो रिट्रिड सेन्टर मिसेलिन स्टायन्डर्डअनुसार निर्माण गरिएको हो र मिसेलिन कम्पनीबाट सिधै सबै प्रोसेसिङ उपकरणहरू र कच्चा पदार्थ आयात गर्ने गरिन्छ । यसले जस्तोसुकै सडक अवस्थामा पनि टायरको लामो आयु र उच्च कार्यक्षमता प्रदान गर्दछ । 
मिसेलिनका उत्पादनहरू बजारमा सजिलै उपलब्ध होस् भन्नका लागि काठमाण्डौँ र बुटवलमा एक्सक्लुसिभ शोरूमहरूसहित डिलरहरूको बलियो संजाल विकसित गरिएको छ ।
सिप्रदीका बारेमा
देशकै ठूलो प्रतिष्ठित ब्राण्ड सिप्रदी टेड्रिङ्ग मुख्यतः अटोमोटिभ तथा एलाइड व्यवसायमा संलग्न रहेको छ । ३७ बर्ष देखि यो व्यवसायमा संलग्न सिप्रदीको वार्षिक आय ३३३ मिलियन अमेरिकी डलर भन्दा बढी छ । अटोमेटिभ, इनर्जी, लुब्रीकेन्ट, वित्तीय सेवाहरु तथा इक्यूपमेन्ट व्यवसायको क्षेत्रमा द्रुत गतिमा फस्टाइरहेको छ । करिब ७५० कर्मचारीहरु र ६५० सपोर्ट स्टाफहरू एउटै साझा उद्देश्य अर्थात् गुणस्तरीय सेवा र उत्पादन प्रदान गर्नमा प्रतिबद्ध छन् । सन १९८२ देखि टाटा मोटर्स्को एकमात्र विक्रेता भएको सिप्रदी टेड्रिङ्ग ISO 9001:2015 प्रमाणित कम्पनी हो । सिप्रदीको नेपालभर सबैभन्दा ठूलो बिक्री तथा सेवा वितरण संजाल रहेको छ । टाटा मोटर्सका सम्पूर्ण रेन्जका प्यासेन्जर र कमर्सियल गाडीरुको बिक्री वितरण गर्न सिप्रदीको नेपालभर ३० वटा बिक्री कार्यालयहरु र ५१ वटा सर्भिस सेन्टरहरू रहेका
छन् । साथै देशभर ३०० वटा स्पेयर आउटलेटहरू रहेका छन् । सिप्रदी एक्साइड ब्याट्रीज, म्याक लुब्रिकेन्ट्स र मिसेलिन टायरको पनि वितरक हो । सिप्रदी ४ वर्षसम्म लगातार नेपालकै सबैभन्दा बढी कर तिर्ने ट्रेडिङ कम्पनी पनि हो ।
थप जानकारीका लागि
सिप्रदी ट्रेडिङ प्रा. लि
इमेल: rupam.shrestha@sipradi.com.np
वेबसाइट: www.sipradi.com.np
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001