म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न
यही असार २७, २०७६ मा सिप्रदी  ट्रेडिङ्ग प्रा. लि. तथा भारत पेट्रोलियमले काठमाडौंको हायात होटलमा म्याक ल्युब्रिकेन्टस्को डिलर मिट २०१९ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनिको उक्त कार्यक्रममा सिप्रदीले अधिराज्य भरि रहेका आफ्नो अधिकारीक डिलरहरुलाई आमन्त्रित गरि कार्यक्रम सम्पन्न गरेको हो ।
 
सो कार्यक्रममा पाहुनाहरुलाई कम्पनिको तर्फबाट सिप्रदी कम्पनिका कार्यकारी निर्देशक श्री राजन बाबु  श्रेष्ठले स्वागत गर्नुका साथै कम्पनिको आगामी योजनाको वारेमा सहभागिहरुलाई प्रष्ट पार्नुभएको थियो । उक्त कार्यक्रममा भारत पेट्रोलियमको लागि नेपालका प्रबन्धक श्री मुकुन्द धमलाले नेपालको मार्केट प्रति भारत पेट्रोलियम सकारात्मक रहेको र सिप्रदी र सिप्रदीको डिलर्सहरुबाट आशा पनि धेरै रहेको कुरामा जोड दिनु भयो ।  साथै सिप्रदीका उप जनरल म्यानेजर रोशन कुमार श्रेष्ठले कम्पनीको हाल अपनाई रहेको रणनिति तथा आगामी कार्ययोजनाको बारेमा स्पष्ट पार्नुभएको थियो ।
 
कार्यक्रममा नेपाल भरी रहेका सिप्रदी सँग आबद्ध डिलरहरु मध्ये उत्कृष्ट डिलरहरुलाई विभिन्न दश विधामा पुरस्कृत तथा सम्मान  गरिएको थियो । कार्यक्रमको अन्त्यमा कम्पनिको तर्फबाट प्रमुख संचालन अधिकृत श्री राजेश प्रसाद गिरीले सबै सम्मानित सहभागीहरुलाई बधाई दिदैं आगन्तुक पाहुनालाई धन्यवाद मन्तव्य दिनुभयो, साथै कम्पनिले अपनाउने आगामीे रणनितिमा प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
 
विगत १७ वर्ष देखि सिप्रदी नेपालको नम्बर १ ल्युब्रिकेन्टस् - म्याक ल्युब्रिकेन्टस्को लागि एक मात्र आधिकारिक वितरक हो । 
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001