Increasing Popularity Of Tata Vehicle In Banking Sector
बैंकिङ्क क्षेत्रमा टाटाका गाडीहरुको लोकप्रियता बढ्दै
04 February 2020
टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले गत वर्ष नेपाली बजारमा ल्याएको टाटा नेक्सन, बैंकहरुको पहिलो रोजाई बन्न पुगेको छ । हालैमात्र हिमालयन बैंक लिमिटेडलाई टाटा नेक्सनका बिभिन्न भेरियन्टहरू भव्य रुपमा हस्तान्तरण गरिएको छ ।
टाटा नेक्सन ग्लोबल एनक्यापबाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल कम्प्याक्ट क्रसओभर एसयूभी हो जसमा यात्रुको पूर्ण सुरक्षाका लागि बाहिरी बनावट तथा भित्र राखिएको प्रविधिमा विशेष ध्यान पु¥याइएको छ । २०९ एम एम ग्राउन्ड क्लियरेन्स र डुअल फ्रन्टल एअरब्यागहरू तथा जस्ता विशेषताहरूले चालक तथा यात्रुहरुलाई आरामदायी यात्रा र पूर्ण सुरक्षा प्रदान गर्दछ । एरोडाइनमिक सिलुएट भएको र स्पोर्र्टी डिजाइन रहेको टाटा नेक्सन पाँच वटा भेरियन्टहरूमा उपलब्ध छ ।
नेपाली बजारमा लोकप्रिय बन्दै गएको टाटा नेक्सन ग्राहकहरुको पहिलो रोजाइमा पर्न सफल छ भने यस अघि नेपाल एसबिआई बैङ्क तथा अन्य बैङ्कहरुलाई पनि टाटा नेक्सन लगायतका गाडीहरू डेलिभरि गरिएको थियो । साथै अन्य बैङ्क तथा बित्तिय संस्थाहरु र व्यवसायीक क्षेत्रहरुबाट अग्रिम बुकिङ्ग भैरहेको छ ।